स्वास्थ्यसमाचार /लुम्बिनीका स्वास्थ्यमन्त्री खेम बहादुर सारुले स्वास्थ्य क्षेत्रको सुधारमा लागिपरेको वताउनु भयो ।उहाले स्वास्थ्य क्षेत्र सुधार गर्न मन्त्रालयको जिम्मेवारी सम्हालेपछि ५५ बुँदा लिएर अगाडि बढेको वताउनु भएको छ । भीम अस्पताल भैरहवा, रुपन्देहीमा आयोजना गरेको अस्पतालबाट प्रवाह हुने सेवा तथा गुणस्तरकोबारे छलफल तथा अन्तरक्रिया कार्यक्रममा मन्त्री सारुले यस्तो वताउनु भएको हो । उहाले भीम अस्पतालप्रति सेवाग्राहीको विश्वसनीयता बढ्नु सकारात्मक पक्ष भएको वताउनु भयो । ‘अस्पतालको स्तरोन्नतिमा लाग्नुपर्छ । यो अस्पतालमा बिरामीको चाप बढेको छ । सरसफाईमा ध्यान दिइएको छ उहाले भन्नु भयो, यो कायम राख्नुहोला । नेतृत्व र व्यवस्थापन महत्वपूर्ण…
www.swasthyasamachar.com is a online health news portal. It share News Reports & Information related to health & health sectors. Email - [email protected]/Visit in facebook - www.facebook.com/SwasthyaSamacharOnline .
विश्व एड्स दिवस : रुपन्देहीका पालिका स्तरीय क्वीचमा मायादेवी प्रथम
स्वास्थ्यसमाचार/विश्व एड्स दिवसकाे अवसरमा रुपन्देहीमा पालिका स्तरीय क्वीच प्रतियोगिता गरिएकाे छ । एचआईभी एड्सकाे क्षेत्रमा कार्यरत विभिन्न गैरसरकारी संस्थाहरुकाे सहयोगमा जिल्ला समन्वय समिति रुपन्देहीकाे आयोजनामा भएकाे उक्त प्रतियोगितामा मायादेवी गाउपालिका प्रथम भएकाे छ । प्रतियोगितामा कञ्चन गाउपालिका द्वितीय, देवदह नगरपालिका तृतीय र मर्चवारी गाउपालिका सान्त्वना भएका छन् । प्रतियोगितामा रुपन्देहीका १६ वटै पालिकाकाे सहभागिता रहेकाे थियाे । प्रतियोगितामा प्रथम भएकाे मायादेवी गाउँपालिकालाई ८ हजार रुपैया नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिएकाे छ । त्यस्तैगरी द्वितीय भएकाे कञ्चनलाई ६ हजार, तृतीय भएकाे देवदहलाई ४ हजार र सान्त्वनामा समेटीएकाे मर्चवारी गाउँपालिकालाई नगद…
बुटवलको ट्राफिक चोक,सहित तीन स्थानमा घुम्ती शौचालय
स्वास्थ्यसमाचार/बुटवलका ३ स्थानमा घुम्ती शौचालय राखिने भएको छ । बुटवल उपमहानगरपालिकाले बुटवलको ट्राफिक चौक, अस्पताललाईन र राजमार्ग चौराहामा घुम्ती शौचालय राख्न लागेको हो । त्यसका लागि नगरपालिकाले आईतबार सञ्चालनको लागि जिम्मा पाएको बुटवल सेनेटरी प्रालिलाई सम्झौता तथा शौचालयको चाँपी हस्तान्तरण गरेको छ ।सम्झौता अनुसार ट्राफिक चौकको दुर्गा मन्दिरको पूर्वपट्टि, अस्पताल लाइनमा पुष्पलाल चोकको पूर्वपट्टि र राजमार्ग चौराहमा घुम्ती शौचालय रहनेछन् । सम्झौता तथा चाँपी हस्तान्तरण कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले पैदल यात्री, यातायातको साधान प्रयोग गर्ने यात्रीहरुको लागि घुम्ती शौचालय प्रभावकारी हुने बताउनु भयो । उहाँले कुनै मेला…
ग्यास्ट्रो सेन्टरले मनायो प्रथम बार्षिक उत्सव :एक बर्षमा २५८७ को उपचार, ३०५ जनाको निःशुल्क उपचार
स्वास्थ्यसमाचार/बुटवल उपमहानगरपालिका वडा नम्बर ८ तिलोत्तमा पथमा रहेको ग्याष्ट्रो सेन्टर प्रालिले एक बर्षमा २ हजार ५ सय ८७ जनाको सफल उपचार गरेको छ । प्रथम बार्षिक उत्सवको अवसरमा बुटवलमा आयोजित पत्रकार सम्मेलन कार्यक्रममा प्रालिका डा. मोहन भुषालले स्थापनाको पहिलो बर्ष संस्थाको उदेश्य अनुसार सफल भएको जानकारी दिए । एक बर्षमा उपचार भएका विरामीहरु मध्ये ३ सय ५ जनालाई निःशुल्क रुपमा सेवा प्रवाह गरेको डा. भुसालको भनाई रहेको छ । एक बर्षमा ७५ जना विरामीमा क्यान्सर समेत देखिएको देखिएको र उपचारको लागी सिफारिस गरिएको थियो । देखिएको क्यान्सर कुनै पहिलो चरणको…
नेपाल फिजीयो थेरापी संघ लुम्बिनीको पदस्थापन कार्यक्रम सम्पन्न
स्वास्थ्यसमाचार / नेपाल फिजीयो थेरापी संघ लुम्बिनी प्रदेशको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ। मिलनचोक स्थीत एसियन होटलमा भएको कार्यक्रममा अध्यक्ष डा. अबिनास लम्सालको अध्यक्षतामा कार्यक्रम भएको थियो। डा. प्रकाश चापागाईको अध्यक्षतामा ११ जनाको कार्यसमिति चयन भएको सचिब डा. आशिष ढकालले बताउनु भयो।
दाङमा हात्तीपाइले रोग नियन्त्रण गर्न आइडिएफ इम्प्याक्ट सर्भे गरिने
स्वास्थ्यसमाचार/ दाङमा हात्तीपाइले रोग नियन्त्रण गर्न आइडिएफ इम्प्याक्ट सर्भे गरिने भएको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रम अन्तर्गत दाङमा आइडिएफ इम्प्याक्ट सर्भे कार्यक्रम सञ्चालन हुन लागेको हो । सर्भेपछि प्राप्त नतिजा अनुसार मात्रै नेपाल सरकारले दाङमा हात्तीपाइले विरुद्धको औषधी अभियान पुनः सञ्चालन गर्ने वा यो अभियानलाई बन्द गर्ने भन्ने निर्णय लिने बताइएको छ । आइडिएफ इम्प्याक्ट सर्भेका लागि प्राविधक टोली खटिइसकेको जिल्ला स्वास्थ्य कार्यालय दाङले जनाएको छ । सर्भेका लागि दाङ जिल्लाका १० वटा पालिकालाई ३० वटा क्लस्टरका रूपमा विभाजन गरिएको छ ।…
नेपालमा ९१ प्रतिशतले एचआइभी सङ्क्रमण घट्यो
स्वास्थ्यसमाचार/नेपालमा सन् २०२३ मा ९१ प्रतिशत एचआईभीको सङ्क्रमण घटेको पाइएको छ । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले विश्व एड्स दिवसको अवसरमा जारी गरेको तथ्याङ्कमा सन् २००० को तुलनामा सन् २०२३ मा ९१ प्रतिशत एचआईभीको सङ्क्रमण घटेको पाइएको हो । केन्द्रका निर्देशक डा सर्वेश शर्माका अनुसार सन् २०२३ मा ४५७ जना मात्र नयाँ एचआईभीका सङ्क्रमित भेटिएका छन् । सन् २००० मा पाँच हजार १०० जना नयाँ सङ्क्रमित भेटिएका थिए । उनले सरकारले एचआइभी उपचारमा उल्लेखनीय काम गरेकाले नयाँ सङ्क्रमित कम भइरहेको बताए । उनले सङ्क्रमतिलाई उपचार प्रक्रियामा ल्याइएकाले सर्न…
राष्ट्रिय चिकित्सक संघ नेपाल लुम्बिनीमा नयाँ नेतृत्व :अध्यक्षमा डा. आचार्य, महासचिवमा डा. पराजुली
स्वास्थ्यसमाचार/राष्ट्रिय चिकित्सक संघ नेपाल लुम्बिनी प्रदेशको तेस्रो महाधिवेशनले डा समीर आचार्यको नेतृत्वमा २१ सदस्यीय प्रादेशिक कमिटी गठन गरिएको छ । संघ को उपाध्यक्षमा डा. रमेश भट्टराई र डा. पुष्पराज रिजाल साथै महासचिव मा डा.सम्राट पराजुली निर्वाचित भएका हुन । नयाँ गठन गरिएको समितिको कोषाध्यक्षमा डा. अमृता पाण्डे, उपसचिवमा डा. कृतिपाल सुबेदी चयन भएका छन् । यस्तै सदस्य डा. युधिष्ठिर राज खडका, डा. खगेन्द्र आचार्य, डा. अरुण ज्ञवाली, डा. राजेन्द्र पौडेल, डा. बिनोद सिंह, डा. परिधि भट्टराई, डा. कृष्ण खरेल, डा. सुवास शर्मा, डा. संगीता अधिकारी, डा. बिशाल काफले र डा.…
मनोचिकित्सक सङ्घ नेपालको १० औं राष्ट्रिय सम्मेलन नेपालगन्जमा नेपाल सहित भारतका गरेर दुई सयभन्दा बढी साइक्याट्रिष्ट सहभागी
नेपालगञ्ज/नेपालगन्जमा अहिले देशभरिका दुई सयभन्दा बढी साइक्याट्रिष्ट तथा मनोचिकित्सकहरु हुनुहुन्छ । उहाँहरुले मानसिक स्वास्थ्य, दुव्र्यसनी, चुनौती र अवसरका विषयवस्तुमा केन्द्रित रहेर विभिन्न छलफल तथा कार्यपत्रहरुमाथि अन्तरक्रिया गरिरहनुभएको छ । नेपालगन्जमा सुरु भएको मनोचिकित्सक सङ्घ नेपालको १० औं राष्ट्रिय सम्मेलनमा सहभागिताका लागि नेपालसहित भारतका गरेर दुई सयभन्दा बढी साइक्याट्रिष्ट तथा मनोस्वास्थ्य क्षेत्रका विशेषज्ञहरु हाल नेपालगन्जमा रहनुभएको हो । प्रत्येक वर्ष सङ्घले आयोजना गर्ने यस्ता सम्मेलनहरुमा मानसिक स्वास्थ्यका विभिन्न आयामबारे प्राप्त अनुसन्धानका विषयमा विचार विमर्श गर्ने गरिएको सम्मेलनका संयोजक साइक्याट्रिष्ट प्रा डा मोहन बेल्वासेले जानकारी दिनुभयो । पश्चिम नेपालको नेपालगन्जमा पहिलो पटक…
रुपन्देही उद्योग संघको ४७ औं स्थापना दिवसमा रक्तदान ५५ युनिट रगत संकलन
स्वास्थ्यसमाचार/रुपन्देही उद्योग संघले आफ्नो ४७ औं स्थापना एवम् औद्योगिक दिवसका अवसरमा शुक्रबार बुटवलमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रक्तदान कार्यक्रममा ५५ युनिट रगत संकलन गरिएको छ । रक्त सञ्चार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा भएको कार्यक्रमको सुभारम्भ गर्दै कार्यक्रमका प्रमुख अतिथि संघका पूर्व अध्यक्ष दिनेश राज रेग्मीले संघले आयोजना गरेको रक्तदान कार्यक्रमले सबै उद्योगीको शिर उँचो बनाउनुका साथै समाजमा सकारात्मक सन्देश प्रवाह गरेको बताउनु हुँदै उद्योगीहरुलाई सामाजिक उत्तरदायित्व वहन गर्नेतर्फm प्रोत्साहन बढेको बताउनु भयो । कार्यक्रममा संघका अध्यक्ष दिलिप सापकोटाले रुपन्देही उद्योग संघको विगतको इतिहासलाई बचाउँदै समाजमा स्थापित भएर…

