भीममा १० बर्षपछि पुन सुरु भयो एपेन्डिक्स र हर्नियाको शल्यक्रिया

स्वास्थ्यसमाचार/ भैरहवास्थित भीम अस्पतालमा असोज महिनामा ६ जना बिरामीको एपेन्डिक्सको शल्यक्रिया (अपरेशन)भएको छ ।एपेन्डिसाइटिस भइ उपचारका क्रममा भीम अस्पतालमा आएका ६ जना बिरामीको शल्यक्रिया गरिएको मेडिकल सुपरिटेण्डेण्ट (मेसु) डा मोहम्मद नुरुल होदाले बताए । त्यस्तै भदौ महिनामा २ जना बिरामीको एपेन्डिक्सको शल्यक्रिया गरिएको डा। होदाले जानकारी दिए । ‘म भीम अस्पतालमा गत भदौ १ गते हाजिर भए । भदौमा २ वटा शल्यक्रिया भयो । एपेन्डिक्सका बिरामी अस्पतालमा आउने क्रम बढेको छ, ’उनले भने ।हाल भीम अस्पतालमा मेसु डा मोहम्मद नुरुल होदासहितको टीमले एपेन्डिक्सको शल्यक्रिया गरिरहेको छ । उनले लुम्बिनी प्रदेश…

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्वस्थ, नर्भिकमा उपचार जारी

स्वास्थ्यसमाचार/प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अस्पताल भर्ना भएका छन्।मंगलबार साँझ असहज महसुस भएपछि उनलाई थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए। ‘छातीमा समस्या देखिएपछि नर्भिक भर्ना हुनुभएको छ’, उनले भने, ‘दिउँसोदेखि नै अप्ठ्यारो भयो भनिरहनुभएको थियो।’अस्पतालका सिइओ अजय मिश्रले प्रधानमन्त्रीको चेकजाँच भइरहेको बताए। ‘उहाँको चेकजाँच भइरहेको छ’, उनले भने,‘डाक्टरहरूसँग मेरो कुराकानी भएको छैन।’

किन दिए स्वास्थ्य बीमा बोर्डका ५ सदस्यले सामूहिक राजीनामा?

स्वास्थ्यसमाचार/स्वास्थ्य बिमा बोर्डका ५ जना सदस्यले सामूहिक राजीनामा दिएका छन् । मंगलबार उनीहरुले स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई सामूहिक राजीनामापत्र बुझाएका हुन्। ९ महिनादेखि बोर्ड अध्यक्ष नियुक्त नगरेको, बीमा कार्यक्रम गिजोल्न गलत मनसायले कार्यकारी निर्देशकलाई निलम्वन गरेको, आवश्यक जनशक्ति व्यावस्थापन नगरेको भन्दै उनीहरूले राजिनामा दिएका हुन् । बीमालाई स्वायत्त बन्न नदिएको उनीहरूको आरोप छ । राजीनामा दिनेहरुमा बोर्डका मनोनित सदस्यहरु डा सुरेश तिवारी, डा तारा साह, चन्द्र थापा, टीका चापागाई भट्टराई र इन्द्रकला राई रहेका छन् । उनीहरूले स्वास्थ्य तथा जनसंख्यामन्त्री बस्नेत र सरकार बिमालाई सक्न लागी परेको आरोप लगाएका…

एमाले स्वास्थ्य विभागद्वारा मर्चवारमा निःशुल्क स्वास्थ्य शिविर

स्वास्थ्य समाचार/ स्वास्थ्य तथा जनसंख्या विभाग नेकपा (एमाले) रूपन्देहीले जिल्ला मर्चवारमा निःशुल्क स्वास्थ्य शिविर गरेको छ । आधारभूत स्वास्थ्यको पहुँचमा नरहेका जिल्लाको दक्षिणी क्षेत्रका जनतालाई लक्षित गरी समरीमाईको पिपरिवरवाँसी आधारभूत विद्यालयमा हेल्थ क्याम्प गरेको हो । देवदह मेडिकल कलेज एण्ड रिसर्च इन्ष्टिच्यूट भलूहीको प्राविधिक सहयोगमा गरिएको शिविरको नेकपा एमालेका केन्द्रीय सदस्य कमल गौतमले उद्घाटन गरे । अवसरमा बोल्दै मजदुर नेता समेत रहेको गौतमले जनताको पहिलो प्राथामिकतामा राज्यले स्वास्थ्य क्षेत्रलाई राख्नुपर्ने बताए । उनले राज्यले गर्नुपर्ने काम स्वास्थ्य तथा जनसंख्या विभाग नेकपा एमाले रूपन्देहीले गरेकोमा संगठनलाई धन्यवाद ज्ञापन गरे । सो…

युनिभर्सल मेडिकल कलेज भैरहवामा अध्ययन र उपचार सेवा बन्द

स्वास्थ्यसमाचार/रुपन्देहीको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्स (युसिएमएस) एन्ड टिचिङ हस्पिटलमा विद्यार्थीको आन्दोलनलाई आवासीय चिकित्सकले साथ दिएपछि पठनपाठन र उपचार सेवा पूर्ण रूपमा बन्द भएको छ । कलेज प्रशासनले आन्दोलनरत विद्यार्थीका माग सम्बोधन गर्नुको साटो प्रहरी प्रशासन लगाएर हस्तक्षेप गर्दा ‘असुरक्षित र मानसिक रूपमा विक्षिप्त’ भएको दाबी गर्दै आवासीय चिकित्सकहरूले अस्पतालमा कुनै पनि उपचार सेवामा सहभागी नहुने जनाएका छन् । एमबीबीएस र बीडीएस अन्ययनरत तथा इन्टर्न डाक्टरहरू समेत करिब ६ सय विद्यार्थीको आन्दोलनमा आवासीय चिकित्सकले समेत समर्थन जनाएका हुन् । आइतबार आन्दोलनरत विद्यार्थी र कलेज प्रशासनबीच वार्ता भइरहेको समयमा माग…

डा. मदन उपाध्याय बने स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशक

स्वास्थ्यसमाचार/स्वास्थ्य वीमा बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी डा मदन उपाध्यायले पाएका छन् । स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले मन्त्रालयकै गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख रहेका उपाध्यायलाई थप जिम्मेवारीको रुपमा बोर्डको निमित्त कार्यकारी निर्देशक बनाएका हुन् । सरकारले गत २४ असोजमा बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलालाई तीन महिनाका लागि निलम्बन गरेको थियो । कार्यकारी निर्देशक निलम्बन हुँदा बोर्डको दैनिक कार्य सञ्चालनमा समेत अफ्टेुरो परेको थियो । डा उपाध्यक्ष यसअघि पनि बोर्डको कार्यकारी निर्देशक भएर काम गरेका थिए ।पछिल्लो समय बोर्डमा अध्यक्ष रिक्त हुँदा उनैले निमित्त अध्यक्षको भूमिका समेत निर्वाह…

युनिभर्सल मेडिकल कलेजमा विद्यार्थी र प्रहरीबीच हात हालाहाल

स्वास्थ्यसमाचार/ रुपन्देहीको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्स एन्ड टिचिङ हस्पिटलका विद्यार्थीहरूले प्रिन्सिपल प्रा.डा. लक्ष्मी पाठकको राजीनामा माग्दै गरेको आन्दोलनले तनाव सृजना भएको छ । एक साताअघि विद्यार्थीहरुले क्याम्पसमा प्रिन्सिपलले अनावश्यक टर्चर दिएको आन्दोलनमा उत्रिएपछि कलेजमा विवाद बढ्दै गएको छ । आइतबार आन्दोलनरत विद्यार्थीलाई वार्ताका लागि बोलाइएको भएपनि त्यो विषयमा प्रवेश नै नगरी आफूहरुमाथि प्रहरीले दमन गरेर प्रिन्सिपललाई भगाएको जनाएका छन् । क्याम्पस प्रशासनले भने प्रिन्सिपलले ड्रेस कोर्ड अनिवार्य बनाएपछि विद्यार्थीले आन्दोलन गरेको जनाएको छ । एक सातादेखि विद्यार्थीको ‘नजरबन्दमा’ कलेजमै रहेकी प्रिन्सिपल पाठकलाई आइतबार रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश…

प्रदेश अन्तर्गतका पुराना अस्पतालको संगठन र व्यवस्थापन सर्वे गरिने

स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले प्रदेश अन्र्तगतका पुराना अस्पतालको पूनः सँगठन तथा व्यवस्थापन (ओ एण्ड एम ) सर्वे गरिने बताउनु भएको छ । स्थापनाका समयमा रहेको भौतिक पूर्वाधार, विरामीको चाप लगायतलाई आधार मानेर गरिएको कर्मचारि व्यवस्थापनले अहिलेको चाँपलाई धान्न नसक्ने देखिएकाले पूनः ओ एण्ड एम सर्वे गर्नुपर्ने भएको मन्त्री खनालले बताउनु भयो । रोल्पा अस्पताल र स्वास्थ्य कार्यालय रोल्पामा भएको छलफलका क्रममा स्वास्थ्य मन्त्री खनालले तिहार पछि प्राविधिकहरु अस्पतालहरुको सँगठन तथा कर्मचारि व्यवस्थापनको काम गर्न अस्पतालहरुमा जाने जानकारी दिनुभएको हो । कतिपय अस्पतालमा सुविधा सम्पन्न अस्पताल भवन र बिरामीको…

लुम्बिनीमा आयुर्वेद सेवाको न्युनतम सेवा मापदण्ड प्रभावकारी बनाइने

स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशमा पहिलो पटक आयुर्वेद अस्पताल तथा स्वास्थ्य संस्थाको न्युनतम सेवा मापदन्ड कार्यन्वयन हुने भएको छ। बुटबलमा दुई दिन सम्म प्रदेशका २ अस्पताल १२ स्वास्थ्य संस्थाका प्रमुख तथा मेसुलाई न्युनतम सेवा मापदन्ड कार्यन्वयनको लागि स्रोतव्यक्ति अभिमुखीकरण कार्यक्रम गरिएको हो। संघियता कार्यन्यन पछि लुम्बिनीमा आयुर्वेद क्षेत्रमा पहिलो पटक कार्यक्रम सुरु भएको स्वास्थ्य निर्देशनालय लुम्बिनीमा एम एस एम फोकल पशन कौशल भण्डारीले बताउनु भयो।अरु प्रदेशमा सुरु भएको थियो तर हाम्रोमा यस पटकबाट आयुर्वेदमा पनि न्युनतम सेवा मापदन्ड कार्यन्वयन कार्यक्रम सुरु गरिएको बताउनु भयो। यो कार्यक्रम सुरु भएपछि आयुर्वेद अस्पतालको अबस्था अस्पतालबाट सेवा…

कपिलवस्तुको चन्द्रौटामा (डिआरटिबी)उपचार केन्द्र सञ्चालनमा

स्वास्थ्यसमाचार/कपिलवस्तुमा पहिलो र लुम्बिनी प्रदेशमा चौथो औषधि प्रतिरोधक क्षयरोग(डिआरटिबी) उपचार केन्द्रको उद्घाटन गरिएको छ । एक कार्यक्रमको आयोजना गरी आधारभूत स्वास्थ्य सेवा अस्पताल चन्द्रौटामा उक्त केन्द्रको उद्घाटन गरिएको हो । औषधि प्रतिरोधक क्षयरोग (डिआरटिबी) का बिरामीको सङ्ख्या बढ्न थालेपछि कपिलवस्तुको चन्द्रौटामा उपचार केन्द्र सञ्चालनमा ल्याइएको छ । जिल्लाका क्षयरोगका बिरामीहरू उपचारका लागि अन्य ठाउँमा जानुपर्ने बाध्यतालाई अन्त्य गर्न केन्द्रको उद्घाटन गरिएको हो । राष्ट्रिय क्षयरोग कार्यक्रमका उपसचिव शरदकुमार शर्माका अनुसार लुम्बिनी प्रदेशमा चौथो र कपिलवस्तुमा पहिलो उपचार केन्द्रको रूपमा चन्द्रौटामा सुरु गरिएको बताउनुभयो । उहाँले नेपालभर २३ वटा डिआर सेवा…