उपप्रधान तथा अर्थमन्त्री पौडेलद्धारा रण अम्बिका आँखा अस्पतालको आधुनिक शल्यक्रिया भवन शिलान्यास

स्वास्थ्यसमाचार/ उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान एवं रिसर्च सेन्टर श्री रण अम्बिका आँखा आधुनिक शल्यक्रिया भवन शिलान्यास गर्नु भएको छ। भैरहवामा रहेको लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान एवं रिसर्च सेन्टर श्री रण अम्बिका आँखा अस्पतालको ४२औँ अस्पताल स्थापना दिवस समारोह तथा आधुनिक शल्यक्रिया भवन शिलान्यास कार्यक्रममा अर्थमन्त्री पौडेलले यस क्षेत्रकै लागि महत्वपूर्ण रहेको योजनाको डिपिआर निर्माणकै क्रममा केही पक्षले मुद्दा हालेकोमा अहिले अदालतले उक्त योजना अगाडि बढाउने पक्षमा फैसला गरेको बताउनुभएको हो । नेपाल नेत्रज्योती सङ्घद्वारा विसं २०४० मङ्सिर १३ गते स्थापना गरिएको नेपाल नेत्रज्योती…

नर्सिङ संघको चुनावमा कांग्रेस-समाजवादी र एमाले-माओवादी गठबन्धन

स्वास्थ्यसमाचार/ नेपाल नर्सिङ सङ्घको चुनावमा चार प्रमुख राजनीतिक दलका प्रभाव वा निकटताका आधारमा दुई अलग–अलग प्यानल बनेका छन् । रोचक त के छ भने एमाले–माओवादी तथा काँग्रेस–एकीकृत समाजवादी गठबन्धन गरेर चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । एमाले–माओवादी गठबन्धनबाट एमालेकी चन्द्रकला शर्मा र काँग्रेस–एकीकृत समाजवादीबाट एकीकृत समाजवादीकी गङ्गाकुमारी थापा अध्यक्षका उम्मेदवार छन् । सँगै एमालेबाट बसन्ती थापाले बागी उम्मेदवारी दिएकी छिन् । मङ्सिर २८ गते नर्सिङ सङ्घको निर्वाचन हुँदै छ । महासचिवमा एमाले–माओवादी गठबन्धनबाट एमालेनिकट डा देवका कुमारी आचार्य र काँग्रेस–समाजवादी गठबन्धनबाट काङ्ग्रेसनिकट मिनाकुमारी कार्कीको उम्मेदवारी परेको छ । त्यस्तै, महासचिवमै जानकी…

सुधारिएको स्वास्थ्य मन्त्रालय बनाउनुपर्नेछ : स्वास्थ्य मन्त्री पौडेल

स्वास्थ्य समाचाररस्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सुधारिएको स्वास्थ्य मन्त्रालय बनाउने गरी आफूले काम गरिरहेको बताउनुभएको छ । बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफूहरू फेरिएको स्वास्थ्य मन्त्रालय नभई सुधारिएको स्वास्थ्य मन्त्रालय बनाउने गरी अघि बढेको बताउनु भयो । उहाँले टिप्पणीरहित स्वास्थ्य मन्त्रालय बनाउन सक्नुपर्ने बताउनु भयो । उहाँले स्वास्थ्य क्षेत्रमा विगतमा भन्दा प्रभावकारिता बढेको महसुस गराउन सक्नुपर्ने उल्लेख गर्नुभयो । स्वास्थ्य मन्त्री पौडेलले आपसमा समन्वय गरेर उपचार प्रणालीलाई व्यवस्थित गर्ने र सीमित श्रोत सधानभित्र प्रभावकारी बनाउने गरी काम गरिरहेको उल्लेख गर्नुभयो । उहाँले…

छरिएका स्वास्थ्य कार्यक्रमलाई स्वास्थ्य बीमा बोर्डअन्तर्गत ल्याई कार्यान्वयन गरौँ : स्वास्थ्यमन्त्री पौडेल

स्वास्थ्यसमाचार/स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सबै छरिएका स्वास्थ्य सहयोग कार्यक्रमलाई स्वास्थ्य बीमा बोर्डअन्तर्गत ल्याई कार्यान्वयन गर्नुपर्ने बताउनुभएको छ । सातौं समामाजिक सुरक्षा दिवसको अवसरमा काठमाडौंमा मङ्गलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । मन्त्री प्रदीप पौडेलले केही समयमा कानुन नै बनाएर एकीकृत गर्नसके झनै राम्रो हुने बताउनुभयो । उहाँले लक्षित वर्ग स्पष्टसँग छुट्याउनसके मात्रै लक्षित वर्गलाई थप सुविधा दिन सकिने स्पष्ट पार्नुभयो।नागरिकलाई दिने सेवा छिचोलेर नभई एकीकृत गरेर प्रभावकारी ढङ्गबाट धेरै सुविधा दिनेतर्फ ध्यान दिन आवश्यक रहेको उहाँले उल्लेख गर्नुभएको छ । यस्तै, मन्त्री प्रदीप पौडेलले सामाजिक सुरक्षामा…

सेवाग्राहीले बुझ्ने गरी सूचना राख्न स्वास्थ्य मन्त्रालय लुम्बिनीको निर्देशन

स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले सेवाग्राहीले सहज रुपमा देख्ने र पढ्न मिल्ने गरी सेवा शुल्कसहितको विवरण राख्न सबै अस्पताल तथा स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ । स्वास्थ्यमन्त्री खेमबहादुर सारुले जनतालाई सहज र सरल रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउने गरी सेवा शुल्कसहितको विवरण सबैले सजिलोसँग देख्ने, पढ्न मिल्ने गरी राख्न निर्देशन जारी गरेका हुन् । ‘स्वास्थ्य सेवा लिन जाने तर, कुन सेवा निःशुल्क हो । कुन सेवामा शुल्क लाग्छ थाहा नहुँदा समस्या परेको देखिन्छ’मन्त्री सारुले भने–‘सेवा प्रवाहलाई सहज र सेवाग्राही मैत्री बनाउन सूचना प्रवाहलाई चुस्त बनाउने गरी निर्देशन जारी गरेका हौं ।’…

लामो समय फाइल नरोक्न कर्मचारीलाई स्वास्थ्यमन्त्री पौडेलको निर्देशन

स्वास्थ्यसमाचार/स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले कर्मचारीहरूलाई लामो समय कुनै पनि फाइल नरोक्न निर्देशन दिनुभएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आयोजना गरेको प्रथम त्रैमासिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा मन्त्री पौडेलले सो निर्देशन दिनुभएको हो । “कुनै फाइल ४८ घण्टा बढी रोकिन भएन”, उहाँले भन्नुभयो, “सरकारी कामको यो रवैया हुनुभएन ।” मन्त्री पौडेलले आफूले परीक्षणका लागि तीन महिना बढी पालो कुर्न परे फोन गर्न सर्वसाधारणलाई जानकारी गराएकामा हालसम्म तीन वटा मात्र फोन आएकाले केही सुधार भइरहेको सङ्केत गरेको बताउनुभयो । मन्त्री पौडेलले सेवा सुधारमा लाग्न आग्रह गर्नुभयो…

स्वास्थ्य प्रणालीमा विश्वास निर्माण गर्न सक्नुपर्छ :मन्त्री पौडेल

स्वास्थ्यसमाचार/स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य सेवा प्रणालीमा विश्वास निर्माण गर्न सक्नुपर्ने बताउनुभएको छ । सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री पौडेलले स्वास्थ्य सेवा प्रणालीलाई विश्वासिलो बनाउनुपर्नेमा जोड दिनुभएको हो । उहाँले स्वास्थ्य प्रणालीलाई जिम्मेवार र जवाफदेही बनाउँदै लैजान आवश्यक रहेको बताउनु भयो । उहाँले स्वास्थ्य प्रणालीलाई थप वैज्ञानिक बनाउनुपर्ने पनि बताउनु भयो । उहाँले स्वास्थ्य अनुसन्धानमा गर्ने कामले लाखौँ मानिसहरु प्रभावित हुने भन्दै अनुसन्धान गर्दा नैतिक अभ्यासको महत्व बुझ्न जरुरी रहेको उल्लेख गर्नुभयो । उहाँले स्वास्थ्य अनुसन्धान अभ्यासहरु सुधार गर्ने यात्रा जारी रहेको बताउनु भयो । मन्त्री पौडेलले…

नेपालमा २८ आफै २२ डोज नपुराइ र ७० प्रतिशत कडा प्रयोग गर्दछन् एण्टिबायोटिक

स्वास्थ्यसमाचार /लुम्बिनीका स्वास्थ्य मन्त्री खेमबहादुर सारूले एण्टिबायोटिक औषधीहरूको जथाभावी प्रयोगले निकट भविश्यमा मानव स्वास्थ्यमा गंभीर असर देखापर्ने बिश्व स्वास्थ्य संगठनको निष्कर्ष रहेको बताए । दाङको राप्ती गाउँपालिका–५ सिसहनिया भएको कार्यक्रममा मन्त्री मगरले मेरो स्वास्थ्य–मेरो जिम्मेवारी सम्झेर नागरिकहरुको स्वास्थ्यमाथि ख्याल गरेर मात्र एण्टिबायोटिक औषधीहरूको प्रयोग गर्न आग्रह गरे । उनले एण्टिबायोटिक्स प्रयोग गर्ने हुन्न भन्ने मान्यता होईन तर मेडिकल र फार्मेसिहरुबाट आम नागरिकहरुले डाक्टरको सिफारिस विना जथाभावि प्रयोग गर्नाले मानव शरिरमा गंभीर प्रकारका समस्याहरु देखापर्ने गरेको वताए । स्वास्थ्य सचिव डा.बासुदेव उपाध्यायले बिश्व स्वास्थ्य संगठनको तथ्यांक बमोजिम नेपालमा २८ प्रतिशत मानिसहरुले…

मृत्युपछि मानवअंग दान गर्ने परिवारलाई दुई लाख दिने स्वास्थ्य मन्त्री पौडेलको निर्णय

स्वास्थ्यसमाचार/स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई रु दुई लाख दिने निर्णय गरेको छ । यसअघि भक्तपुरस्थित मानव अङ्ग प्रत्यारोपण केन्द्रमार्फत रु एक लाख दिने गरिएकामा स्वास्थ्यमन्त्री प्रदीप पौडेलले दाताका परिवारलाई रु एक लाख थप गरी रु दुई लाख उपलब्ध गराउने निर्णय गर्नुभएको हो । अङ्ग दानमा सघाउने अस्पताललाई यसअघि दिने गरिएको रु ५० हजारमा मन्त्रालयले रु २५ हजार थप गरेर रु ७५ हजार पु-याएको छ । उक्त निर्णय कार्यान्वयनमा अर्थ मन्त्रालयले आन्तरिक स्रोतबाट व्यवस्थापन गर्नेगरी सहमति दिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्यमन्त्री पौडेल…

निरोगीताकोलागि योग र प्राकृतिक चिकित्सा स्वास्थ्य जरुरीः मुख्यमन्त्री आचार्य

स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले योग र प्राकृतिक चिकित्सा रोग निवारणको लागि मात्र नभई स्वास्थ्य प्रवद्र्धन र जीवनशैली सुधारका लागि महत्वपूर्ण रहेको बताउनु भएको छ । सैनामैना नगरपालिका–१ मा रहेको पदमपाणि योग तथा प्राकृतिक चिकित्सालयको अवलोकनको क्रममा मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले नागरिकको समग्र स्वास्थ्य सुधारमा योगदान पु¥याउन योग र प्राकृतिक चिकित्सा स्वास्थ्यलाई प्राथमिकतामा राखेको बताउनु भएको हो । निरोगी प्रदेशवासी अभियानलाई सफल बनाउन योग तथा प्राकृतिक चिकित्सा स्वास्थ्य जरुरी रहेको भनाई उहाँको छ । प्रदेश सरकारले नीति तथा कार्यक्रममा प्राथमिकताका साथ समावेश गरेको जानकारी दिदै मुख्यमन्त्री आचार्यले स्वास्थ्य सेवामा सबैको…