रूरूक्षेत्रको रिमुवा स्वास्थ्य चौकीमा ल्याब सेवाको शुभारम्भ

स्वास्थ्यसमाचार/ रूरूक्षेत्र गाउँपालिका–६, रिमुवा स्थित स्वास्थ्य चौकीमा ल्याब सेवाको औपचारिक शुभारम्भ गरिएको छ। यस सेवा अन्तर्गत स्वास्थ्यसम्बन्धी रगत, पिसाब लगायतका परीक्षणहरू उपलब्ध हुने भएका छन्।

उपलब्ध सेवामध्ये कतिपय निःशुल्क हुनेछन् भने अन्य सेवाका लागि न्यूनतम शुल्क तिर्नुपर्नेछ। सेवा शुल्क बजारमा प्रचलित दरभन्दा धेरै सस्तो हुने जानकारी गराउँदै, सबैलाई गुणस्तरीय र सुलभ स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले यो सेवा शुरू गरिएको हो।

शुभारम्भ कार्यक्रमको अवसरमा गाउँपालिकाका अध्यक्ष यदु ज्ञवाली, उपाध्यक्ष, र प्रमुख प्रशासकीय अधिकृतलगायतका व्यक्तित्वहरूले आफ्नो मन्तव्य राख्दै यस कदमले स्थानीय बासिन्दालाई सहज र प्रभावकारी स्वास्थ्य सेवा प्राप्त गर्न ठूलो मद्दत पुग्ने विश्वास व्यक्त गरे।

रिमुवा स्वास्थ्य चौकीमा उपलब्ध यो सेवा गाउँपालिकाको स्वास्थ्य क्षेत्रमा सकारात्मक योगदान दिने अपेक्षा गरिएको छ।

 

 

सम्बन्धित शिर्षक :