शुद्धोधनको खडवा बनगाई स्वास्थ्य चौकीमा निःशुल्क भिडियो एक्सरे सेवा शुभारम्भ

स्वास्थ्यसमाचार/रुपन्देहीको शुद्धोधन गाउँपालिकाको आयोजनामा ग्रामीण गर्भवती महिलाहरुको लागि निःशुल्क भिडियो एक्सरे सेवा शुभारम्भ कार्यक्रम खडवा बनगाई स्वास्थ्य चौकीमा आइतबार एक समारोहबीच सम्पन्न भएको छ।

उक्त कार्यक्रममा ग्रामीण क्षेत्रका गर्भवती महिलाको अवस्था र पेटभित्रको बच्चाको स्वास्थ्य अवस्था थाहा पाउनको लागि यो सेवा सञ्चालन गरिएको शुद्धोधन स्वास्थ्य शाखा प्रमुख समीर भण्डारीले जानकारी दिनुभयो ।

गर्भमा रहेको शिशुको अवस्था थाहा पाउन र जटिल अवस्था देखिए समयमै पहिचान गरी आमा र शिशुको स्वास्थ्य अवस्था समाधान गर्न यो सेवाले टेवा पुग्ने बताउदै शुभारम्भकै दिन २२ जना गर्भवती महिलाहरुले सेवा लिएको खडवा बनगाई स्वास्थ्य चौकीका प्रमुख मदन पोख्रेलले बताउनुभयो ।

ग्रामीण गर्भवती महिलाका लागि निःशुल्क ग्रामिण भिडियो एक्सरे सेवाको एक कार्यक्रमकाबीच खडवा बनगाई स्वास्थ्य चौकीमा शुद्धोधन गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्यालले शुभारम्भ गर्नुभयो । उहाँले पालिका बासीलाई सहज र सुलभ रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउन गाउँपालिका लागिरहेको बताउनुभयो।गाउँपालिका भित्र भिडियो एक्सरे सेवा नहुँदा यहाँका गर्भवती महिलाहरु समय र पैसा खर्च गरेर बुटवल,भैरहवा र अन्य अस्पतालहरुमा जानुपर्ने बाध्यता रहेकोमा अब स्थानीयस्तरमा सहज हुने अध्यक्ष बस्यालले बताउनुभयो।

शुद्धोधन २ का वडा अध्यक्ष कमल खड्का क्षेत्रीको अध्यक्षतामा र शुद्धोधन गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्यालको प्रमुख आतिथ्यतामा र शुद्धोधन गाउँपालिका उपाध्यक्ष शान्तादेवी ज्ञवालीको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा वडा सदस्य,वडा सचिव, विभिन्न टोल विकास संस्थाका प्रतिनिधि स्थानीय गर्भवती महिलाहरुको उपस्थितिमा भएको कार्यक्रममाशुद्धोधन स्वास्थ्य शाखा प्रमुख समीर भण्डारीको स्वागतमा र खडवा बनगाई स्वास्थ्य चौकीका प्रमुख मदन पोख्रेलको सञ्चालनमा सो कार्यक्रम सम्पन्न भएको थियोे।

सम्बन्धित शिर्षक :