स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलको मेडिकल सुपरिटेन्डेन्ट (मेसु) पदमा डा. विष्णु गौतम नियुक्त हुनुभएको छ। लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले उहाँलाई अर्को व्यवस्था नभएसम्मका लागि मेसुमा नियुक्त गर्ने निर्णय गरेको हो। स्वास्थ्य मन्त्री खेम सारुले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले अन्तरिम व्यवस्थाका रूपमा डा. गौतमलाई मेसुको जिम्मेवारी दिइएको जानकारी दिनुभयो। अस्पतालको व्यवस्थापन, सेवा प्रवाहको प्रभावकारिता तथा स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले उक्त निर्णय गरिएको जनाइएको छ। डा. गौतम स्वास्थ्य सेवाको जनरल हेल्थ सर्भिस (जहेस) समूह अन्तर्गत ११ तहका वरिष्ठ चिकित्सक हुनुहुन्छ। उहाँ लामो समयदेखि सरकारी स्वास्थ्य सेवामा आबद्ध…
www.swasthyasamachar.com is a online health news portal. It share News Reports & Information related to health & health sectors. Email - [email protected]/Visit in facebook - www.facebook.com/SwasthyaSamacharOnline .
२०० शय्याको ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ जेठ २१ बाट सञ्चालनमा
स्वास्थ्यसमाचार / सिद्धार्थ नगरपालिका ८, अन्नपूर्ण टोलमा निर्माणाधीन २०० शय्याको एडभान्स इन्टरनेशनल हस्पिटल प्रा.लि. जेठ २१ गतेबाट औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ। अस्पतालको भवन तयार भइसकेको छ भने चिकित्सक तथा कर्मचारीको नियुक्ति पनि पूरा भइसकेको अस्पताल ब्यबस्थापनले जनाएको छ । अस्पतालमा ४ अर्ब ५० करोड रुपैयाँ लागतमा सात तलाको अत्याधुनिक भवनमा सेवा निमार्ण गरिएको छ। हस्पिटलमा न्यूरोलोजी, कार्डियोलोजी, अर्थोपेडिक्स, अब्स–गाइनोकोलोजी लगायतका विशेषज्ञ सेवा उपलब्ध हुनेछ। रेडियोलोजी, प्याथोलोजी, अल्ट्रासाउण्ड, इसिजी, इको कार्डियोग्राफी, इण्डोस्कोपी, ब्रोंन्कोस्कोपी, कोलोनोस्कोपी जस्ता अत्याधुनिक परीक्षण तथा उपचार सुविधा पनि उपलब्ध गराइने अस्पतालका अध्यक्ष कमल भण्डारीले बताउनु भयो।…
रास्वपा सरकार : एकपछि अर्को मन्त्री विवादमा, गृहमन्त्रीमाथि प्रश्न
काठमान्डौ/ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वमा सरकार गठन भएको छोटो अवधिमै सरकारका मन्त्रीहरू एकपछि अर्को गरी विभिन्न विवादमा पर्न थालेका छन् । प्रतिनिधिसभामा दुईतिहाइ नजिक मत ल्याएको रास्वपाका वरिष्ठ नेता शाह नेतृत्वमा चैत १३ गते सरकार गठन भएको थियो । गठन भएको एक महिना नपुग्दै सरकारमा सहभागी भएका मन्त्रीहरू एकपछि अर्को गर्दै विभिन्न विवादमा तानिएका छन् । विवादका कारण तत्कालीन श्रममन्त्री दीपक साहले त पद नै गुमाउनुपरेको थियो । चैत १३ गते श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीको शपथ खानुभएका दीपककुमार साह जिम्मेवारी सम्हालेको दुई…
बुटवलमा असुरक्षित गर्भपतनको क्रममा महिलाको मृत्यु, तीन जना पक्राउ
स्वास्थ्यसमाचार/बुटवलस्थित क्लिनिकमा उपचारका क्रममा चरम लापरबाही हुँदा एक गर्भवती महिलाको ज्यान गएको भन्दै जाहेरी परेको छ। पाल्पाको बगनासकाली गाउँपालिका-२ की गीता पाण्डेको गर्भपतन गराउने प्रक्रियामा स्वास्थ्य बिग्रिएर मृत्यु भएपछि प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको हो। आइतबार साँझ पाण्डेको मृत्यु भएपछि आक्रोशित आफन्तले पाँच जनाविरुद्ध इलाका प्रहरी कार्यालय बुटवलमा किटानी जाहेरी दर्ता गराएका छन्। रेडक्रस सोसाइटीकी कर्मचारी समेत रहेकी ३१ वर्षीया पाण्डे करिब १२ हप्ताको गर्भ अस्वस्थ भएपछि श्रीमान्सहित उपचारका लागि बुटवल आएकी थिइन्। चैत २७ गते प्रारम्भिक जाँच गराएकी उनी वैशाख ५ गते फलोअपका लागि बुटवलस्थित खत्री नर्सिङ होम पुगेकी…
श्रृङ्गेश्वर धाममा ज्येष्ठ नागरिकको सक्रिय फुतिलो र अर्थपूर्ण जीवन यात्रा
तिलोत्तमा–४ मा अवस्थित श्रृङ्गेश्वर धामको परिसरमा पुग्दा एउटा फरक संसार भेटिन्छ—जहाँ उमेर ढल्किँदै गए पनि जीवनप्रतिको आशा, ऊर्जा र जिज्ञासा झन् प्रखर हुँदै गएको छ। यहाँका ज्येष्ठ नागरिकहरूका अनुहारमा देखिने सन्तोष र शान्ति, केवल समय बिताउने थलो नभई आत्मिक पुनर्जागरणको केन्द्र बनेको संकेत हो। यो ज्येष्ठ नागरिक मिलन केन्द्रमा तुल्सीराम पौडेल ९२ वर्षका हुनुहुन्छ। उहाँसँगै ९४ वर्षका यदुनाथ ज्ञवालीजस्ता ज्येष्ठ सदस्यहरू सक्रिय रूपमा केन्द्रका गतिविधिमा सहभागी रहन ुभएको छ । उमेरको हिसाबले शरीर थाकेको हुन सक्छ, तर यहाँको वातावरणले उहाँहरूलाई मानसिक रूपमा ताजा र उत्साहित बनाइरहेको छ। के सिकाइन्छ त…
लुम्बिनीमा नवजात शिशु मृत्युदर प्रति हजार २२ बाट घटेर १६ मा झर्यो
स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशमा नवजात शिशु मृत्युदर प्रति हजारमा २२ बाट घटेर १६ मा झरेको छ भने पाँच वर्षमुनिका बालबालिकाको मृत्युदर पनि प्रति हजारमा ४० बाट घटेर २९ पुगेको तथ्यांक सार्वजनिक भएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले लुम्बिनी प्रदेश स्तरीय तथ्यांक सार्वजनिक गरेको विवरणमा नवजात शिशु मृत्युदर घट्दै गएको देखिएको हो । यसबाट स्वास्थ्यतर्फ लुम्बिनी प्रदेशमा नवजात शिशु मृत्युदरमा उल्लेखनीय सुधार देखिएको छ । सन् २०१९ मा प्रति हजारमा २२ रहेको नवजात शिशु मृत्युदर सन् २०२४÷२५ मा घटेर १६ पुगेको पाइएको छ । यसले प्रदेशमा नवजात शिशुको स्वास्थ्य सेवामा सुधार भएको…
भिटामिन ‘ए’ र जुकाको औषधि: किन अनिवार्य छ बालबालिकालाई ?
नेपालमा प्रत्येक वर्ष सञ्चालन हुँदै आएको भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने राष्ट्रिय अभियान बालस्वास्थ्य संरक्षणका दृष्टिले अत्यन्त महत्वपूर्ण, प्रभावकारी र जीवनरक्षक कार्यक्रम हो। विशेषगरी ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई लक्षित गरी सञ्चालन गरिने यस अभियानले कुपोषण न्यूनीकरण, रोग प्रतिरोधात्मक क्षमता वृद्धि, तथा बालमृत्यु दर घटाउन महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ। नेपालजस्तो विकासोन्मुख देशमा अझै पनि पोषणको कमी र सरसफाइसम्बन्धी समस्या विद्यमान भएकाले यस्तो कार्यक्रमको आवश्यकता अझ बढी देखिन्छ। भिटामिन ‘ए’ मानव शरीरका लागि अत्यावश्यक सूक्ष्म पोषक तत्व हो, जसले आँखा, छाला र प्रतिरक्षा प्रणालीको सन्तुलन कायम राख्छ। यसको कमी…
देशभर आज–भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाई राष्ट्रिय अभियान सफल पारौँ
“नयाँ वर्ष २०८३ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनु हुने सम्पूर्ण देशवासीहरूमा शुभ स्वास्थ्य, दीर्घायु एवं उच्च प्रगतिको कामना सहित हार्दिक मंगलमय शुभकामना।” राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने कार्यक्रम नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखा अन्तर्गत रहेका सम्पूर्ण स्वास्थ्य संस्थाहरूमा यही मिति २०८३ साल बैशाख ६ र ७ गते देशैभरि एकैसाथ सञ्चालन हुने भएको हुँदा आफ्ना बालबालिकाहरूलाई तोकिए अनुसार भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन नजिकको स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी तथा सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरूसँग सम्पर्क गरी अनिवार्य रूपमा सेवन गराऔँ। सरकारले…
लुम्बिनीमा स्वास्थ्य नीति तथा कार्यक्रम निर्माणका लागि छलफल
स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेश सरकारले आ.व. २०८३/८४ का लागि ल्याउने स्वास्थ्य नीति तथा कार्यक्रमको तयारी तीव्र पारेको छ। यसै सन्दर्भमा स्वास्थ्य मन्त्रालयको सभाहलमा आयोजित छलफल तथा कार्यशालामा सरोकारवाला निकायहरूको सक्रिय सहभागिता रहेको छ। कार्यक्रममा स्वास्थ्य मन्त्री खेम सारु ले स्वास्थ्य क्षेत्रलाई प्रदेशको समग्र विकासको आधार भन्दै गुणस्तरीय, पहुँचयोग्य र प्रभावकारी सेवा विस्तारलाई प्राथमिकतामा राखिने बताउनुभयो। उहाँले नीति तथा कार्यक्रम जनताको वास्तविक आवश्यकता अनुसार बनाइनुपर्नेमा जोड दिनुभयो। त्यस्तै, स्वास्थ्य सचिव दुर्गा लक्ष्मी श्रेष्ठ ले आगामी वर्षको नीति तथा कार्यक्रममा तथ्यमा आधारित योजना, सेवा प्रवाहमा सुधार, औषधि आपूर्ति व्यवस्थापन, तथा स्वास्थ्य जनशक्ति सुदृढीकरणलाई…
शिवराज अस्पतालबाट ३८ लाखभन्दा बढी रकम रहस्यमय ढंगले गायब
स्वास्थ्यसमाचार/ कपिलवस्तुको शिवराज आधारभूत अस्पताल चन्द्रौटामा ३८ लाख बढी रकम रहस्यमय तरिकाले गायब भएको खुलेको छ । शिवराज नगरपालिकाको आन्तरिक लेखा परीक्षणका क्रममा आर्थिक वर्ष ०८१/८२ मा बैँक दाखिला गरिएका भनिएका १२८ भौचरका रकम खातामा नभेटिए पछि घटना सार्वजनिक भएको हो । आधारभूत स्वास्थ्य सेवा अस्पतालको नेपाल बैँक लिमिटेड चन्द्रौटा शाखामा रहेको खाता नम्बर २२८००१०६९४६१३००००००१ जम्मा गरिएको भौचरको रकम खातामा फेला नपरे पछि हिनामिना भएको आशङ्का गरिएको छ । रकम हराए पछि शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापाले शुक्रबार घटनाको विषयमा अनुसन्धान गर्नका लागि वडा प्रहरी कार्यालय चन्द्रौटालाई पत्राचार गर्नुभएको…




