स्वास्थ्यसमाचार/नेपाल फार्मेसी संघ रुपन्देहीको अध्यक्षमा चोकलाल सापकोटा निर्वाचित हुनुभएको छ । संघको शनिबार बुटवलमा सम्पन्न तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनले सापकोटाको अध्यक्षतामा सर्वसम्मत १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा भरत गिरी र सुशिला वञ्जाडेलाई चयन गरिएको छ । त्यसैगरी महासचिवमा महेश पाण्डे, कोषाध्यक्षमा पिताम्बर अधिकारी, सचिवमा सञ्जिता ढकाल र नारायण विक्रम कुवँर तथा सहकोषाध्यक्षमा रिना केसीलाई चयन गरिएको निर्वाचन समितिका संयोजक तथा संघका सल्लाहकार धर्मराज भट्टराईले जानकारी गराउनु भयो । त्यसैगरी कार्यसमिति सदस्यहरुमा खेमराज ज्ञवाली, दिलिपकुमार जयसवाल, आशिष आचार्य, निरज गुरुङ, पवनकुमार कोहार र…
www.swasthyasamachar.com is a online health news portal. It share News Reports & Information related to health & health sectors. Email - [email protected]/Visit in facebook - www.facebook.com/SwasthyaSamacharOnline .
युवा रेडक्रस सर्कल, पक्लिहवा क्याम्पसद्वारा ३३ प्वाइन्ट रगत संकलन
स्वास्थ्यसमाचार/अंग्रेजी महिनाको ‘८ मे’ अर्थात् विश्व रेडक्रस दिवसको अवसरमा युवा रेडक्रस सर्कल, पक्लिहवा कृषि क्याम्पसकोे आयोजनामा बिहीबार खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रेडक्रस सोसाइटी, बेलहिया उपशाखाको सहकार्यमा पक्लिहवा क्याम्पस प्रांगणमा भएको कार्यक्रममा ३३ प्वाइन्ट रगत संकलन भएको आयोजकले जनाएका छन् । युवा रेडक्रस सर्कल, पक्लिहवा क्याम्पसकी अध्यक्ष सुचना थापाको सभापतित्व तथा नेपाल रेडक्रस सोसाइटी रुपन्देहीका उपसभापति एवं युवा समाजसेवी सुशील गुरुङ्गको प्रमुख कार्यक्रममा प्रमुख अतिथि गुरुङ्गले सदैव मानवीय सेवामा समर्पित रेडक्रसले समयानुकुल रक्तदान कार्यक्रम सञ्चालन गरेर रगतको अभाव हुन नदिइ बिरामीको ज्यान जोगाउन महत्वपूर्ण र पवित्र कार्य गरेका…
१५ बेडका आधारभूत अस्पताल सञ्चालनको जिम्मा संघीय सरकारले लिनुपर्छ : मुख्यमन्त्री आचार्य
स्वास्थ्यसमाचार / लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहमा निर्माणाधीन १५ बेडका आधारभूत अस्पतालहरूको सञ्चालन खर्च प्रदेश र स्थानीय सरकारले बोक्न नसक्ने भएकाले संघीय सरकारले नै जिम्मेवारी लिनुपर्ने वताउनु भयो । लुम्बिनी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत रहेको प्रदेश सुशासन केन्द्रले आयोजना गरेको ’प्रदेश सरकार र स्थानीय सरकारका प्रमुखबीच साझा सवालहरूझविषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले आधारभूत अस्पतालहरूको सञ्चालन खर्च प्रदेश र स्थानीय सरकारले बोक्न नसक्ने वताउनु भएको हो । उहाँले आबश्यकता अनुसार नीतिमा प्राथमिकता पाउने तर बजेटमा नपर्ने समस्यालाई अब समाधान गर्दै आगामी वर्षदेखि सुनिश्चित बजेट व्यवस्था…
नेपालमा सबैभन्दा बढी नयाँ कुष्ठरोगका बिरामीहरु मधेस प्रदेशमा
नेपालमा सबैभन्दा बढी नयाँ कुष्ठरोगका बिरामीहरु मधेस प्रदेशमा फेला परेका छन् । बिहीवार काठमाडौंमा कुष्ठ रोगसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले यस्तो जानकारी गराउनुभएको हो । उहाँकाअनुसार मधेस, लुम्बिनी र कोशी प्रदेशमा क्रमशः रोगको उच्च भार रहेको छ । सबैभन्दा बढी नयाँ कुष्ठरोगका बिरामीहरु मधेस प्रदेशमा देखिएका छन् । मधेस प्रदेशमा कुल केसको एक तिहाई भन्दा बढी रहेका छन् । दोस्रो सबैभन्दा बढी केसहरू लुम्बिनी प्रदेशमा रहेका छन् । जहाँ कुल केसको एक चौथाई भन्दा बढी रोगीहरु रहेको सचिव डा. देवकोटाले बताउनु भयो ।…
धुर्कोटमा नसर्ने रोग नियन्त्रण र स्वस्थ जीवनशैली प्रवर्द्धन अभिमुखीकरण कार्यक्रम सम्पन्न
स्वास्थ्यसमाचार/जिल्ला स्वास्थ्य कार्यालय गुल्मीको आयोजनामा धुर्कोट गाउँपालिकामा संक्रामक तथा नसर्ने रोगहरूको न्यूनीकरण गर्ने उद्देश्यले ‘नसर्ने रोग नियन्त्रण तथा स्वस्थ जीवनशैली प्रवर्द्धन सम्बन्धी अभिमुखीकरण कार्यक्रम’ सम्पन्न भएको छ । जिल्ला अस्पताल गुल्मीकी डा. प्रतिमा केसीकोअध्यक्षता धुर्कोट गाउँपालिका उपाध्यक्ष सिता गिरीको प्रमुख आतिथ्यता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानुराम पन्थीको विशेष आतिथ्यता तथा गाउँपालिकाभित्रका वडाध्यक्षहरु, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, शिक्षक, विद्यार्थी तथा पत्रकारहरूको समेत उपस्थिति रहेको थियो। कार्यक्रममा डा. प्रतिमा केसी, जनस्वास्थ्य अधिकृत सरस्वती शर्मा र जनस्वास्थ्य निरीक्षक तारा बहादुर कार्कीले नसर्ने रोगको अवस्था, जोखिम, पहिचान र रोकथामका उपायबारे विस्तृत जानकारी प्रस्तुत गर्नुभयो।…
तिलोत्तमा नगरपालिका‘सहयोगापेक्षी सडक आश्रित मानवमुक्त’ घोषणा
स्वास्थ्यसमाचार/ मानवसेवा आश्रमको सहकार्यमा आज मंगलबार तिलोत्तमा नगरपालिका ‘सहयोगापेक्षी सडक आश्रित मानवमुक्त’ घोषणा भएको छ । आश्रमको मिसन २०८२ अभियान अन्तरगत यो पहिलो ऐतिहासिक घोषणा हो । २०८२ सालभित्र स्थानीय तह हुँदै सबै प्रदेश र यही वर्षको अन्तसम्ममा मुलुकलाई नै ‘सहयोगापेक्षी सडक आश्रित मानवमुक्त’ घोषणा गर्ने तयारी रहेको आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले बताउनुभयो । मंगलबार, प्रदेश सरकारका मन्त्रीहरू, तिलोत्तमा नगरपालिकाका नगर प्रमुख, जनप्रतिनिधिहरू, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरू र सरोकारवाला सरकारी निकायहरूको उपस्थितिमा तिलोत्तमा नगरपालिकालाई ‘सहयोगापेक्षी सडक आश्रित मानवमुक्त’ घोषणा गरिएसँगै अब तिलोत्तमा नगरपालिकामा कोही पनि बेसहारा बेवारिसे, अशक्त र…
लुम्बिनी सरकारद्वारा एकै साथ १४ अस्पतालका विकास समिति विघटन
स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेश सरकारले मातहतका सबै अस्पताल विकास समितिहरू विघटन गरेको छ। लुम्बिनीमा दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल र बुटवलमा लुम्बिनी प्रादेशिक अस्पताल गरी दुई प्रादेशिक अस्पतालहरू छन्। अन्य जिल्ला अस्पतालहरू छन्। लुम्बनी प्रदेश भरका कुल १४ अस्पतालहरूको विकास समितिहरू एकै साथ विघटन गरिएको हो। ती सबै अस्पतालहरूका विकास समितिहरू विघटन गर्ने निर्णय भएको स्वास्थ्य मन्त्री खेम सारुले जानकारी दिनुभयो । स्रोतका अनुसार प्रदेशभरका अस्पतालहरूमा विकास समिति विघटन गर्ने निर्णय गत चैत २६ गते नै प्रमुख सत्तासाझेदार दलहरू नेपाली कांग्रेस र नेकपा एमालेका बीचमा भइसकेको थियो। वैशाख १६ गते बसेको प्रदेश…
लुम्बिनीमा पोषण सुधारका लागि महिला स्वास्थ्य स्वयंसेविका परिचालन गर्ने
स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेश सरकारले सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई पोषण सुधारका लागि समेत सक्रिय रूपमा परिचालन गर्ने रणनीति तयार गर्ने भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले नेपाल स्वास्थ्य स्वयंसेवी संघ (नेभा) लुम्बिनी प्रदेशका प्रतिनिधिहरूसँगको भेटमा प्रदेश सरकारले मातृ मृत्युदर, बाल मृत्युदर घटाउने र पोषण सुधार गर्ने उद्देश्यले महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई परिचालन गर्ने योजना बनाउने जानकारी दिनुभयो । ‘सामुदायिक स्वास्थ्य प्रवर्द्धनमा महिला स्वास्थ्य स्वयंसेविकाहरू मेरुदण्डको भूमिकामा हुनुहुन्छ । प्रदेश सरकारले तपाईंहरूबाट प्रदान हुने सेवालाई थप प्रोत्साहन गर्ने योजनासहित सेवा निवृत्त हुँदा सम्मान गर्ने कार्यक्रम सञ्चालन गरिरहेका छौं,’ मुख्यमन्त्री आचार्यले भन्नुभयो, ‘आगामी दिनमा पोषण…
गुल्मी मदाने–७ मा नि:शुल्क स्वास्थ्य शिविरबाट १४४ जना लाभान्वित
स्वास्थ्यसमाचार/भनभने (गुल्मी)सम्पर्क समाज रुपन्देहीले आयोजना गरेको निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।भनभने (गुल्मी) सम्पर्क समाज रुपन्देहीले मदाने गाउँपालिकामा आयोजना गरेको पालिका स्तरिय स्त्री रोग सम्बन्धी निशुल्क स्वास्थ्य शिविरमा १४४ जनाले स्वास्थ्य सेवा लिएको भनभने (गुल्मी) सम्पर्क समाज रुपन्देहीका अध्यक्ष विष्णु घिमिरेले बताए । शिविर चैत्र २० गते गुल्मीको मदाने ७ को भनभने स्वास्थ्य चौकी परिसरमा बिहान ९ बजे देखि परिक्षण सुरु भएको थियो जहाँ स्त्री रोग सम्बन्धी विविध परिक्षण र निशुल्क औषधी वितरण गरिएको थियो” अध्यक्ष घिमिरेले भने । स्वास्थ्य परिक्षणको औपचारिक सुरुवात गर्दै बिगतमा ३१ बर्ष स्वास्थ्य क्षेत्रमा…
स्वास्थ्य बीमा प्रणाली एकिकृत गरी उपचारको दायरा विस्तार गरिन्छ : मन्त्री पौडेल
स्वास्थ्यसमाचार/स्वास्थ्य मन्त्री प्रदीप पौडेलले सरकारले स्वास्थ्य बीमा प्रणाली एकिकृत गरी उपचारको दायरा विस्तार गरिने बताएका छन् । नेपाल प्रेस युनियन बाँकेले आज नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रममा गम्भीर रोगको उपचारसमेत बिमाबाट हुने व्यवस्था गर्न सुविधा थैली परिमार्जन गर्ने गरी उल्लेख गरिएको बताए । उनले बीमा प्रणालीलाई व्ययभार न्यून गर्न सरकारद्धारा उपलब्ध गराइने आधारभूत तथा अत्यावश्यक औषधिहरु बीमा प्रणालीमा जोडिने पनि बताए । उनले बिमालाई सर्वसुलभ गराउन बिमितहरुले बीमा गरेको महिना दिनबाट सेवा पाउने बताए । यसअघि बीमा गरेको तीन महिनापछि मात्रै…