स्वास्थ्यसमाचार/बुटवल हस्पिटल प्रा.लि.संग संघ संस्थाहरुसँग उपचार सम्झौता अभियान जारी रहेको छ । यसैक्रममा बुटवलमा रहेको माछापुच्छ्रे बैक संग एक समारोहका बिच उपचार सम्झौता गरिएको हो ।
बुटवल हस्पिटलले उपचारका लागि माछापुच्छ्रे बैक मार्फत आउने कर्मचारी तथा सेवाग्राहीहरुको लागि सहुलियत प्रदान गर्ने भएको छ । त्यसैगरि बैकले पनि अस्पतालले गर्ने विभिन्न समाजिक कार्यहरुमा सहकार्य गर्ने भएको छ ।
उपचार सझौतासंगै दुई संस्थाका वीचमा व्यवसायीक तथा अन्य सहकार्यको बाटो खोलेको बुटवल हस्पिटल प्रा.लि.का अध्यक्ष चुन्न प्रसाद पौडेलले बताउनु भयो । उहाँले बुटवल हस्पिटल सबै क्षेत्र वर्ग र समुदायका नागरिकहरूकै भएकोले यसको संरक्षण र प्रवर्धनमा पनि सबैको सहयोग आवश्यक रहेको बताउनु भयो ।
सो अवसरमा माछापुच्छ्रे बैकका शाखा प्रमुख लाल वहादुर शाहले बुटवलमा यस क्षेत्रकै नमुना अस्पताल रहेकोले यस अस्पतालबाट बैकका सेवाग्राही हरुलाई पनि सेवा दिन पाउदा निकै खुशी लागेको बताउनु भयो ।
बुटवल हस्पिटल प्रा.लि.का उपाध्यक्ष ललित प्रसाद खरेल, अस्पतालका मेडिकल निर्देशक डा कृष्ण खनाल, जनरल म्यानेजर देवेश कर्ण लगायतले बुटवल हस्पिटले उपचार प्रदान गर्ने सन्दर्भमा नयां नयां टेक्नोलोजी को उपकरण दक्ष चिकित्सक एवं स्वास्थ्यकर्मी र प्रयाप्त भौतिक संरचनामा ध्यान दिदै आएको बताउनु भयो ।
आजभन्दा २४ वर्ष अघि बुटवल हस्पिटल लाईनमा स्थापना भएको बुटवल हस्पिटल अहिले १ सय शैयाका रुपमा संचालनमा रहेको छ । जहाँ आईसीयु, एनआईसीयु, एचडियू सहितका उपचार कक्षहरू संचालनमा रहेका छन् । अस्पतालमा एक पटकमा ४ वटा अप्रेशन गर्न मिल्ने गरि संरचना निमार्ण गरिएको छ । बुटवल हस्पिटलमा चिकित्सक नर्स सहित २ सय ५० जना कर्मचारीहरु कार्यरत रहेका छन् ।
प्रतिकया दिनुहोस्