स्वास्थ्यसमाचार/नेपाल रेडक्रस सोसाइटी तम्घास उपशाखा गुल्मीको सम्पन्न १७ औ सभा तथा ११ औ अधिवेशनले सभापतिमा कृष्णप्रसाद पोखरेलको नेतृत्वमा ११ सदस्यीय उपशाखा समिति निर्विरोध निर्वाचित हुनुभएको छ ।
सदरमुकाम तम्घासमा सम्पन्न भएको उपशाखाको १७ औं जिल्ला सभा तथा ११ औं अधिवेशनबाट आगामी दुई वर्षे कार्यकालका लागि पोखरेल सभापति सहित सम्पूर्ण समिति निर्विरोध निर्वाचित भएका हुन ।
समितिको उपसभापतिमा सीता आचार्य,सचिवमा रामबहादुर कुँवर,कोषाध्यक्षमा गणेश श्रेष्ठ, उप–सचिवमा वीरेन्द्रकुमार श्रेष्ठ,उप–कोषाध्यक्षमा थम्मन बहादुर केसी निर्वाचित हुनुभएको छ । यसैगरी सदस्यहरुमा ईश्वरीप्रसाद पौडेल,रेशम कुँवर,लक्ष्मी पन्थी अर्याल,खगेन्द्रराज पाण्डे र अनिल कक्षपति निर्वाचित भएका हुन।
सामाजिक क्षेत्र र सेवामा सक्रिय पोखरेल सभापतिमा निविरोध निर्वाचित भएसँगै निर्वाचित गराउने सबैमा धन्यवाद ज्ञापन गर्दै मानविय सेवामा थप क्रियाशिल भएर सामाजिक सेवामा तत्पर हुने प्रतिवद्धता ब्यक्त गर्नुभएको छ।
पोखरेल यस अघि उपशाखाको दुई कार्यकाल सदस्य,दुई कार्यकाल सचिव हुँदै अहिले ११ औं अधिवेशनबाट निर्विरोध सभापतिमा निर्वाचित हुनुभएको हो ।यसका अलवा उहाँ जिल्लाका अन्य विभिन्न सामाजिक संघसंस्थामा पनि क्रियाशिल हुनुहुन्छ ।
अधिवेशन अघि भएको यस उपशाखाको १७ औं जिल्ला सभा तथा ११ औं अधिवेशनको उदघाटन सत्रमा उपशाखा उपसभापति सीता आचार्यको सभापतित्व,जिल्ला शाखा गुल्मीका उपसभापति राधा पन्थीको प्रमुख आतिथ्यता रहेको थियो।कार्यक्रमको रेडक्रसका संस्थापक जाँ हेनरी ड्युनाको तस्बिरमा माल्यार्पण तथा रेडक्रसका सात सिद्धान्तहरूको प्रतीकका रुपमा सात वटा दिप प्रज्वलन गरी उद्घाटन गरिएको थियो ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका पूर्व शशी पन्थी,उपशाखा पूर्वद्वय अध्यक्ष चुरामणी पन्थी, ईश्वरी प्रसाद पौडेल,नेपाल नेत्र ज्योति संघ जिल्ला आँखा उपचार केन्द्रका सभापति अखिलेश्वरप्रसाद पाण्डे, नेपाल नेत्र ज्योति संघ लुम्बिनी प्रदेश उपसभापति शेर बहादुर थापा, गुल्मी उद्योग वाणिज्य संघका उपाध्यक्ष रामप्रसाद पन्थी, नेपाल रेडक्रस सोसाइटी गुल्मीका यशस्कर सदस्य ताराप्रसाद भुसाल,रेसुंगा नगरपालिका वडा नम्बर ३ का वडाअध्यक्ष बाबुराम खत्रीको आतिथ्यता रहेको थियो ।
प्रतिकया दिनुहोस्