पूर्वमन्त्री संजय गौतमद्वारा बुटवल हस्पिटलको अवलोकन

बुटवल स्वास्थ्य क्षेत्रमा पनि अब्बल बनेको दावी

स्वास्थ्यसमाचार/नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुवं मन्त्री संजय गौतमले बुटवल मेडिकल हवका रुपमा विकसित हुदै गएको बताउनु भएको छ । उहाँले बुटवलमा नीजि क्षेत्र र सरकारी अस्पतालहरुको अवस्था हेर्दा मेडिकल हवका रुपमा चर्चा गर्न सकिने अवस्था देखिएको बताउनु भयो ।

उहाँले बुटवल हस्पिटल प्रा लि को अवलोकन गर्दै नीति क्षेत्रको निकै ठुलो लगानी र हिम्मतका साथ अन्तराष्ट्रिय स्तरकै भौतिक संरचनाको अस्पताल निमार्ण भएको बताउनु भयो ।

बर्दिया जिल्लाबाट प्रतिनिधि सभामा निर्वाचित नेता गौतमले सरकारले नीति क्षेत्रलाई संगै लिएर हिँडेमा मात्र नागरिकहरुको स्वास्थ्य समस्याको समाधान गर्न सक्ने बताउनु भयो । सरकारले आफ्नै डम्फु बजाउने, नीजि क्षेत्रलाई उपेक्षा गरे सरकारले नागरिकहरुको स्वास्थ्यमा काम गर्न नसक्ने ठोकुवा गर्नु भयो ।

उहाँले दलहरूकै कारण अहिलेको अवस्था आएको भन्दै सरकारले गर्न नसकेका कामहरु नीति क्षेत्रबाट भैरहेको भन्दै प्रशंसा व्यक्त गर्नु भयो ।

पूर्वमन्त्री गौतमलाई स्वागत गर्दै बुटवल हस्पिटल प्रा लि का अध्यक्ष चुन्न प्रसाद पौडेलले बुटवलबाट धेरै बिरामीहरुको उपचारका लागि भारतीय शहरहरुमा जानु पर्ने र लुटिएको अवस्था आएकोले त्यसलाई रोक्न अस्पताल निमार्ण गरिएको बताउनु भयो ।

उहाँले भौतिक संरचना संगै अस्पताल उपकरण र दक्ष जनशक्तिपुर्णरहेको दावी समेत गर्नु भयो ।सो अवसरमा नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सदस्य विष्णु पोख्रेल, वालकुमारी भण्डारी, कुमार केसी, रवि विक, सुमित्रा आचार्य,बुटवल हस्पिटल प्रा लि का सचिव मोहन पाण्डे बिक्रम खड्का लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित शिर्षक :