स्वास्थ्यसमाचार/किशोरिहरुमा हुने पाठेघरको मुखको क्यान्सर रोगको बिरुद्ध रुपन्देहीमा अभियान चलाइने भएको छ । आगमी माघ २२ गते शुरु गरिने अभियानमा विद्यालयमा अध्ययनरत १० बर्षदेखि १४ बर्ष उमेर समुहका छात्रालाई खोप लगाइने भएको हो ।
विभिन्न विद्यालयका छात्रालाई पहिलो चरण र दोस्रो चरणमा गरि ५८ हजार ८ सय ९८ किशोरीलाई खोप लगाउने कार्यक्रम रहेको जिल्ला स्वास्थ्य कार्यलयका निमित्त प्रमुख चिन्तामणि ज्ञवालीले बताए ।
रुपन्देहीमा जिल्ला स्वास्थ्य कार्यलयको अगुवाई सबै १६ पालिकाहरुमा किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर बिरुद्धको खोप लगाइने भएको छ ।
पाठेघरको मुखको क्यान्सर ह्युमन प्यापिलोमा भाइरसको संक्रमणबाट हुने गर्दछ । यो रोग लागेपछि योनिबाट रगत आउने, तल्लो पेट दुख्ने, रक्त अल्पता हुने गर्दछ । यौन सम्पर्कबाट यो रोग सर्ने बताए ।
यो रोगको कारण नेपालमा अहिले पनि २ हजार १ सय ६९ जना संक्रमित भईरहेको तथ्यांक सार्वजनिक भएको छ ।
उक्त रोगको लागि एचपिभि खोप लगाउन थालेको हो । उक्त खोपले पाठेघरको क्यान्सरको संक्रमण रोक्ने विश्व स्वास्थ्य संगठनका प्रतिनिधि डा सागर तिवारीले बताए ।
पत्रकार सम्मेलनमा जिल्ला समन्यन प्रमुख उमकान्त चपाई लगायको सहभागीता रहेको थियो।
प्रतिकया दिनुहोस्