स्वास्थ्यसमाचार /पाल्पा अस्पतालमा अप्रेसन कक्षका लागि भवन निर्माण हुने भएको छ । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेम बहादुर सारुको पहलमा विनियोजित बजेटबाट अस्पतालमा अप्रेसन लगायतका थप सेवा दिन भवन निर्माण हुने भएको हो ।
मन्त्री सारुले पाल्पा अस्पतालको व्यवस्थापन तथा सेवा प्रवाह सुधारका लागि ५० लाख रुपैंया बजेट विनियोजन गर्नुभएको थियो । सोही बजेटबाट अस्पतालले भवन निर्माणका लागि ठेक्का खुलाएको छ । अस्पतालले ६९ लाख ६७ हजार १ सय ४५ रुपैंया ६६ पैसा स्टिमेटको ठेक्का खुलाएको छ ।
पाल्पा अस्पताल विकास समितिका अध्यक्ष गुराँस आत्रेयले उक्त बजेटले ओपीडी सेवा विस्तार र अप्रेसन कक्ष निर्माण गर्ने योजना बनाएको बताउनुभयो । अध्यक्ष आत्रेयले भवन बनेपछि अस्पतालको सेवा प्रवाह थप सहज हुने बताउनुभयो ।
उहाँले अस्पतालको श्रोत र साधनको उच्चतम प्रयोग गर्दै गुणस्तरीय सेवा प्रवाहमा अस्पताल विकास समिति लागिपरेको बताउनुभयो । आत्रेयले अस्पतालको सेवा प्रवाह प्रति सर्वसाधारण नागरिकहरुको विस्वास बढ्दै गइरहेको बताउँदै अझ राम्रो गर्ने प्रयास गरिरहेको बताउनुभयो ।
प्रतिकया दिनुहोस्