स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गढवा स्वास्थ्य चौकीमा इमर्जेन्सी सेवाको उद्घाटन गर्नु भएको छ । २४ सै घण्टा इमर्जेन्सी स्वास्थ्य सेवा उपलब्ध गराउन छुट्टै कक्षको स्थापना गरिएको हो ।
दुर्घटना तथा अकस्मात बिरामी परेका व्यक्तिलाई तत्काल उपचार सेवा पु¥याउने गरी इमर्जेन्सी सेवा दिन थालिएको छ । अहिले गढवामा १५ वेडको आधारभुत अस्पताल निर्माणको काम भइरहेको छ । अस्पताल निर्माण सम्पन्न भएर सेवा दिन थाले स्वास्थ्यउपचारकालागि अनेत्र जानुपर्ने बाध्यता अन्त्य हुने मुख्यमन्त्री आचार्यले विश्वास व्यक्त गर्नु भयो ।
‘यहाँ अस्पताल बन्दैछ । यो बन्यो भने उपचारकालागि टाढा जानुपर्दैन’उहाँले भन्नुभयो,‘उपचार सेवालाई प्रभावकारी बनाउदै सबैको पहुँचमा पु¥याउन सरकारले ध्यान दिएको छ ।’ गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले इमर्जेन्सी सेवालाई प्रभावकारी बनाउन छुट्टै कक्षको स्थापना गरिएको र सेवा विस्तार गरिएको बताउनु भयो ।
स्वास्थ्य चौकीबाट अहिले प्रसुती सेवा, भिडियो एक्स–रे, एक्स–रे लगायत सामान्य सर्जरी र ल्याब सहितको सुविधा प्रदान गर्दै आएको छ ।
प्रतिकया दिनुहोस्