स्वास्थ्यसमाचार/ नेपाल औषधी थोक व्यवसायी संघ (पडान)रुपन्देही शाखाको प्रथम साधारण सभा तथा दोस्रो अधिवेशन तथा साधारण सभाबाट नयाँ नेतृत्व चयन गरिएको छ ।
देवदह नगरपालिका वडा नम्बर १० चरेङ्गेमा आयोजना गरिएको कार्यक्रमबाट कृष्ण जि सि को अध्यक्षता सात कार्यसमिति गठन गरिएको छ । जसको उपाध्यक्षमा सुदिप पाण्डे, सचिवमा मनिलाल तिवारी, कोषाध्यक्षमा महेश राज पन्थी, सदस्यमा महेश बिष्ट, सरोज घिमिरे, भेषराज वस्ती रहेका छन् ।
कार्यक्रममा संस्थाका लुम्बिनी प्रदेश पुर्व वरिष्ठ उपाध्यक्ष बुद्धि प्रसाद ज्ञवाली, नेपाल औषधि थोक व्यवसायिक संघ केन्द्रिय सदस्य शरद राज शर्मा, लुम्बिनी प्रदेश अध्यक्ष तुफान बाबु श्रेष्ठ, नेपाल आयुर्वेद उत्पादक संघ केन्द्रिय वरिष्ठ उपाध्यक्ष चन्द्रकान्त खनाल लगायतले बधाई तथा शुभकामना दिएका थिए ।
कार्यक्रममा कार्यक्रम सुदिप पाण्डे, मनिलाल तिवारी, महेश कुमार श्रेष्ठ, लुम्बिनी प्रदेश सचिव बिक्रम कुवँर, प्रदेश पुर्व सदस्य श्री छत्र कुमार क्षेत्री, रुपन्देही जिल्ला सल्लाहकार महेश कुमार श्रेष्ठ, दाङ जिल्ला अध्यक्ष बिमल शर्मा, नेपाल औषधिगत बिक्रि प्रबन्धक संगठन लुम्बिनी प्रदेश अध्यक्ष चिरनजिबि पाण्डे, दाङ जिल्ला निवर्तमान अध्यक्ष शेषकान्त ढकाल, बुटवल इकाईका अध्यक्ष राज बन्धु लामिछाने, नेपाल औषधिगत बिक्रि प्रबन्धक संगठन लुम्बिनी प्रदेश सदस्य युवराज डुम्रे लगायतको सहभागीता रहेको थियो ।
प्रतिकया दिनुहोस्