रुपन्देहीमा पहिलो दिन ७ हजार ४६५ जनालाई एचपिभी खोप लगाइयो

स्वास्थ्यसमाचार/रुपन्देहीमा पहिलो दिन ७ हजार ४६५ जनाले पाठेघरको मुखको क्यान्सर बिरुद्धको खोप लगाएका छन् ।पहिलो चरणमा ८ वटा पालिकामा ३१ हजार ९९५ जना किशोरीहरुलाई खोप लगाउने लक्ष्य लिएको स्वास्थ्य कार्यालय रुपन्देहीले पहिलो दिन ७ हजार ४६५ जनालाई खोप लगाइएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

देशभर आजबाट पाठेघरको मुखको क्यान्सर बिरुद्धको खोप लगाउन शुरु गरिएको छ । रुपन्देहीमा पहिले चरणमा झण्डै ३२ हजारलाई खोप लगाउने तयारी रहेको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका निमित्त प्रमुख चिन्तामणि ज्ञवालीले जानकारी दिनुभयो ।

रुपन्देहीमा हर्षोल्लासपूर्वक खोप लगाएका छन् । पहिले चरणमा आजदेखि २७ गतेसम्म र दोश्रो चरणमा फागुन ६ गते सम्म खोप अभियान सञ्चालन हुने स्वास्थ्य कार्यालयले जनाएको छ ।सरकारले कक्षा ६ देखि १० कक्षासम्म अध्ययन गर्ने र बिद्यालय बाहिर रहेका १० बर्षदेखि १४ बर्ष उमेरका किशोरीहरुलाई खोप लगाइएको कार्यालयले जनाएको छ ।

रुपन्देहीमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीको उपस्थितीमा मायादेवी ८ मा रहेको श्री जनचेतना माविबाट खोप अभियान शुरु गरिएको हो ।

सो अबसरमा बोल्दै मन्त्री कार्कीले सरकारले अभियानको रुपमा शुरु गरेको खोप लगाउने कार्यमा सबै जना सहभागि भएर खोप लगाउन आग्रह गर्नु भयो ।स्वास्थ्य कार्यालयले स्थानिय पालिकाको समन्वयमा दुई चरणमा गरी ५८ हजार ८ सय ९८ किशोरीलाई खोप लगाउँदै छ ।

जिल्ला समन्य समित रुपन्देहीका प्रमुख उमाकान्त चपाईको अध्यक्षता लुम्बिनी प्रदेशका अर्थमन्त्री धनेद्र कार्कीको प्रमुख आतिथ्य तथा जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका निमित्त प्रमुख चिन्तामणि ज्ञावालीको स्वागतमा खोप सुभारम्भ भएको थियो ।

 

 

 

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :