स्वास्थ्यसमाचार/रूपन्देहीको सम्मरीमाई गाउँपालिका, फरेनामा एचपीभी खोप अभियान २०८१ अन्तर्गत पालिका स्तरीय खोप समन्वय समितिका पदाधिकारी, विद्यालयका प्रधानाध्यापकहरू, पत्रकार तथा संचारकर्मीहरूबीच अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
उक्त कार्यक्रम सम्मरीमाई गाउँपालिका गाउँ कार्यपालिकाका अध्यक्ष बिनोद कुमार श्रीवास्तवको अध्यक्षता र प्रमुख प्रशासकीय अधिकृत राजेश मल्लाहको प्रमुख आतिथ्यता मा सम्पन्न भएको हो। साथै, कार्यक्रम स्वास्थ्य शाखा प्रमुख मुन्सी प्रसाद माझीको सञ्चालनमा सम्पन्न भएको थियो।
कार्यक्रममा एचपीभी (Human Papillomavirus) खोपको महत्त्व, लक्षित उमेर समूह (११–१४ वर्षका किशोरीहरू), खोप अभियानको प्रभावकारिता, र समुदायमा यससम्बन्धी जनचेतना फैलाउने विषयमा छलफल गरिएको थियो। खोप अभियानलाई प्रभावकारी बनाउन सञ्चारकर्मीहरूको भूमिकालाई विशेष रूपमा जोड दिइएको थियो।
स्वास्थ्य शाखा प्रमुख मुन्सी प्रसाद माझीले खोप अभियानलाई सफल बनाउन सबै पक्षको समन्वय आवश्यक रहेको बताउँदै, यस अभियानले किशोरीहरूलाई पाठेघरको क्यान्सर जस्ता गम्भीर रोगबाट सुरक्षित राख्न मद्दत गर्ने उल्लेख गरे।
प्रतिकया दिनुहोस्