स्वास्थ्यसमाचार/बुटवल हस्पिटल प्रा. ली. ले आफ्नो सेवा र सुविधा विस्तार गर्दै बुटवलमा रहेको वरदान आइभीएफसँग उपचार सम्झौता गरेको छ। यस सम्झौतासँगै अब वरदानमार्फत आइभीएफ सेवा लिएका सेवाग्राहीहरू बुटवल हस्पिटल प्रा. ली. मा प्रस्तुति सेवा लिन सक्नेछन्।
निःसन्तान दम्पतीका लागि आइभीएफ उपचार केन्द्रका रूपमा स्थापित वरदान आइभीएफसँगको यस सहकार्यले बुटवल हस्पिटललाई प्रमुख रोजाइ बनाएको छ। अस्पतालको उत्कृष्ट भौतिक संरचना, दक्ष जनशक्ति र अत्याधुनिक उपकरणले यसलाई सेवाग्राहीहरूको पहिलो विकल्प बनाएको हो।
बुटवलमा निकै सफल रहेको वरदान आइभीएफसँगको सम्झौतासँगै दुवै संस्थाबीचको सहकार्य सेवाग्राहीहरूको लागि अझ सहज भएको छ। सम्झौतापत्रमा बुटवल हस्पिटल प्रा. ली. का जनरल म्यानेजर देवेश कर्ण र वरदानका डाइरेक्टर सबिना सिमखडाले हस्ताक्षर गरेका छन्।
सम्झौतासँगै, बुटवल हस्पिटलका जनरल म्यानेजर कर्णले बुटवलमा आइभीएफ सेवा लिएका सेवाग्राहीहरूलाई अब अन्यत्र जान नपर्ने बताउनुभयो। उहाँले आमा र बच्चाका लागि भरपर्दो र सुविधा सम्पन्न सेवाहरू बुटवल हस्पिटलले प्रदान गर्ने प्रतिबद्धता जनाउनुभयो।
वरदानका डाइरेक्टर सिमखडाले बुटवल हस्पिटललाई सबै हिसाबले उपयुक्त अस्पतालको रूपमा चिन्छन् र यसै कारण सम्झौता गरिएको बताए। यस अघि निःसन्तान दम्पतीहरूले आइभीएफ सेवाका लागि भारत र अन्य सहर जाने गर्थे, तर अब बुटवलमै यो सेवा उपलब्ध भएको छ।
प्रतिकया दिनुहोस्