जेनजी आन्दोलनः ट्रमा सेन्टरमा ५ र सिभिलमा २ गरी ७ जनाको मृत्यु

स्वास्थ्यसमाचार/ राष्ट्रिय ट्रमा सेन्टरमा जेन जी प्रदर्शनका क्रममा नयाँ बानेश्वरमा भएको झडपका क्रममा घाइते भएका ५ जनाको मृत्यु भएको छ । सोमबार दिउँसो झडप भएपछि घाइते भएका ट्रमामा ५ जनाको मृत्यु भएको हो । मृतकहरको छातीमा, तिघ्रामा र टाउकोमा गोली लागेको ट्रमा स्रोतले जनाएको छ । ४० जनाको उपचार भइरहेको ट्रमा १५ जनाको गम्भीर र एक अति गम्भीर अवस्थामा घाइते उपचार चलिरहेको छ । निजामती कर्मचारी अस्पतालमा दुई जनाको मृत्यु भएको अस्पतालका कार्यकारी निर्देशक डा. मोहनचन्द्र रेग्मीले जानकारी दिए । अस्पतालमा १०० जनाको उपचार भइरहेको छ भने गम्भीर अवस्थामा १४…

जेनजी आन्दोलनः सिभिल अस्पतालमा दुई र ट्रमा सेन्टरमा एक घाइतेको मृत्यु

स्वास्थ्यसमाचार/ आज काठमाडौंमा भएको जेनजी आन्दोलनका क्रममा तीन जना प्रदर्शनकारीको मृत्यु भएको छ । प्रहरीले आन्दोलन नियन्त्रण गर्न गोली चलाउँदा उनीहरुले ज्यान गुमाएका हुन् । मृत्यू हुनेहरुको पहिचान खुलेको छैन । सिभिल अस्पतालमा उपचारका क्रममा दुई घाइतेको मृत्यु भएको प्रहरी स्रोतले पुष्टि गर्यो ।अर्का एक प्रदर्शनकारी संसद भवनको गेटमै गोली लागेर ढले । उनको ‘अन द स्पट डेथ’ भएको छ ।यसैगरि, ट्रमा सेन्टरमा पनि थप एक आन्दोलनकारीको मृत्यु भएको प्रहरी स्रोतले बतायो । तर यसको स्वतन्न पुष्टि भएको छैन ।

जेनजी आन्दोलनः ट्रमा सेन्टरमा उपचारका क्रममा एक घाइतेको मृत्यु

स्वास्थ्यसमाचार/ जेनजीको आन्दोलनमा घाइते भएकाहरुको उपचार राजधानीका विभिन्न अस्पतालमा भइरहेको छ। सबैभन्दा धेरै बानेश्वरकै सिभिल अस्पतालमा भइरहेको छ भने त्यसपछि राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ। ट्रमा सेन्टरमा उपचारका लागि ३० जना भन्दा बढी घाइते आइसकेको सेन्टरमा प्रमुख मेसु डा बद्री रिजालले जानकारी दिए। उनका अनुसार उपचारका लागि ल्याइएका एक जना घाइतेको अस्पतालमा ल्याउँदा नै मृत्यु भइसकेको थियो। उनले अन्य घाइतेको उपचार भइरहेको जानकारी दिए। सिभिल अस्पतालमा पनि एक जना घाइतेको उपचारका क्रममा मृत्यु भएको छ। अर्का एक जना गम्भीर अवस्थामा रहेका अस्पतालका निर्देशक डा मोहनचन्द्र रेग्मीले जानकारी दिए। उनले…

जेनजी आन्दोलनः सिभिल अस्पतालमा उपचाररत एक घाइतेको मृत्यु

स्वास्थ्यसमाचार/ भ्रष्टाचारविरुद्ध जेनजी पुस्ताले गरेको आन्दोलनमा प्रहरीले गोली चलाएपछि घाइते भएका एक जनाको सिभिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ। शरीरमा गोली लागेका एक युवाको उपचारका क्रममा नै मृत्यु भएको अस्पतालका मेडिकल डाइरेक्टर दिपक पौडेलले जानकारी दिए। अस्पतालमा घाइतेहरुको भिडभाडले थामिनसक्ने अवस्था आएको भन्दै चिकित्सकहरुले अन्य अस्पतालमा घाइतेलाई लैजान पनि आग्रह गरेका छन्।

निजामती सेवा दिवस :स्वास्थ्यका श्रेष्ठलाई प्रदेश निजामती र कवांर लाई शान्तना पुरकार

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशका निजामती कर्मचारीलाई सम्मान गर्ने उद्देश्यले यस वर्ष स्वास्थ्य क्षेत्रका दुई जनालाई प्रदेश निजामति सेवा पुरस्कार प्रदान गरिने भएको छ। निजामती कर्मचारीलाई सर्वोत्कृष्ट निजामति सेवा पुरस्कार, उत्कृष्ट निजामति कर्मचारी सेवा पुरस्कार र निजामति सेवा पुरस्कार दिने मापदण्ड अनुरूप स्वास्थ्यतर्फबाट १ जनाले प्रदेश निजामति सेवा पुरस्कार र १ जनाले सान्त्वना पुरस्कार पाउने भएका छन्। स्वास्थ्य मन्त्रालयको नर्सिङ महाशाखा प्रमुख ईश्वरी केसीका अनुसार सिफारिस हुनेमा स्वास्थ्य कार्यालय रुकुमका कोल्ड चेन निरीक्षक मनोज कुमार श्रेष्ठलाई प्रदेश निजामति सेवा पुरस्कार र स्वास्थ्य कार्यालय रोल्पाकी वरिष्ठ पब्लिक हेल्थ नर्स सिता कवाँर लाई शान्तना…

नसर्ने रोगको संक्रमण फैलनु चिन्ताको विषय : स्वास्थ्य मन्त्री सारु

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले नसर्ने तथा दीर्घ रोगीको संख्या थपिँदै गएको प्रति चिन्ता व्यक्त गरेका छन । लुम्बिनी प्रदेश सरकार प्रदेश निजामती सेवा दिवस मूल समारोह समिति–२०८२ ले प्रदेश निजामती सेवा दिवसको अवसरमा शुक्रबार राप्ती उपत्यका (देउखुरी) मा आयोजना गरेको रक्तदान कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले क्यान्सर, मुटु तथा मृगौला रोगको संख्या अत्यधिक बढ्दै गएको उल्लेख गरे । साथै `मेरो स्वास्थ्य मेरो जिम्मेवारी´ भन्ने मूल मान्यतालाई सबैले अंगाल्नुपर्नेमा जोड दिए । प्रदेश सरकारले मृगौला प्रत्यारोपण, मुटुको भल्भ फेर्न र क्यान्सर उपचारका लागि दुई लाख रुपैयाँ उपचार…

रुपन्देही कुष्ठरोगीको जोखिममा,जिल्लामा १७० जना कुष्ठरोगी भेटिए

स्वास्थ्यसमाचार/ नेपाललाई २०६६ सालमा कुष्ठरोग निवारण देश घोषणा गरिएको १६ वर्ष बितिसक्दा पनि अझै पूर्ण निवारण हुन सकेको छैन। रुपन्देहीका स्वास्थ्य अधिकृतहरूले जनचेतनाको कमी र रोग लुकाउने प्रवृत्तिका कारण नेपालमा कुष्ठरोग निवारण हुन नसकेको बताएका छन्। स्वास्थ्य कार्यालय रुपन्देहीका क्षयकुष्ठ अधिकृत टिकाराम अधिकारीका अनुसार, २०८०/०८१ को अन्त्यतिर नेपालका १८ वटा जिल्ला अझै कुष्ठरोगमुक्त हुन बाँकी रहेको बताउनु भयो। रुपन्देही पनि यस सूचीमा पर्दछ। सरकारले कुष्ठरोगीलाई निःशुल्क औषधी उपलब्ध गराए पनि यहाँ कुष्ठरोग मुक्त हुन नसक्नु चिन्ताको विषय बनेको अधिकारीले बताउनु भयो । स्वास्थ्य कार्यालय रुपन्देहीको तथ्यांकअनुसार, जिल्लामा हाल १७० जना…

डा. लेखजंगले पहिलो श्रीमतीसँगको डिभोर्स कागज सार्वजनिक गरे

स्वास्थ्यसमाचार/ रुपन्देही क्षेत्रनम्बर ३ मा हुन लागेको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. लेखजंग थापाले पहिलो श्रीमतीसँग डिभोर्स भइसकेको कागजात सार्वजनिक गरेका छन् । डा. थापाले २०७९ माघ १५ गते जिल्ला अदालत रुपन्देहीमा न्यायाधीश उमेश कोइरालाको इजलाशमा सम्बन्ध विच्छेद गरी मिलापत्र गरेको कागज सार्वजनिक गरेका हुन् ।डा. थापा रास्वपाबाट ९ जना आकांक्षीमध्येबाट उम्मेदवार बनेपछि उनीबारे बहुविवाहको समाचारहरु सार्वजनिक भएका थिए । अदालती कागजात फेसबुकमार्फत् सार्वजनिक गर्दै थापाले लेखेका छन्, ‘परिस्थितिका कारण मैले जीवनमा दुई पटक बिहे गरेको कुरा जति सत्य हो त्यति नै सत्य मेरो एकजना श्रीमतीसँगको सम्बन्ध…

राप्ती स्वास्थ्यविज्ञान प्रतिष्ठान र गङ्गालाल राष्ट्रिय हृदय केन्द्रबीच मुटुरोग उपचारमा सहकार्य

स्वास्थ्यसमाचार/ राप्ती स्वास्थ्यविज्ञान प्रतिष्ठान र शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रबीच मुटुरोग उपचारमा सहकार्य हुने भएको छ। प्रतिष्ठानका रजिष्ट्रार प्रा. डा. श्याम लम्साल र केन्द्रका निर्देशक डा. रवि मल्लबीच भएको सम्झौतामा दुवै संस्थाले पारस्परिक सहयोगमा काम गर्ने प्रतिबद्धता जनाएका छन्। त्यसैगरी, राप्ती प्रतिष्ठानमा अध्ययनरत विद्यार्थी तथा प्रशिक्षार्थीहरूले शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा अधिकतम ६ महिनासम्म प्रयोगात्मक अभ्यास गर्ने अवसर पाउने छन्। यस अवधिमा लाग्ने सम्पूर्ण शुल्क प्रतिष्ठानले नै व्यहोर्नेछ। रजिष्ट्रार प्रा. डा. लम्सालका अनुसार, यस सहकार्यबाट दुवै संस्थाबीचको शैक्षिक तथा चिकित्सकीय सम्बन्ध अझ प्रगाढ हुने र क्षेत्रीयस्तरमै गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा…

राष्ट्रिय आयुर्वेद एशोसियसन नेपालको तेस्रो वार्षिक उत्सव बुटवलमा मनाईयो

स्वास्थ्यसमाचार/ स्वास्थ्यसमाचार राष्ट्रिय आयुर्वेद एशोसियसन नेपाल ( (RAAN) ) लुम्बिनी प्रदेशको आयोजनामा एशोसियसनको तेस्रो वार्षिक उत्सव बुटवलमा सम्पन्न भएको छ । राष्ट्रिय आयुर्वेद एशोसियसन नेपाल लुम्बिनीका अध्यक्ष वरिष्ठ कविराज निरिक्षक नरहरि अर्यालको अध्यक्षता वरिष्ठ कविराज निरिक्षक गणेश भट्टराईको प्रमुख आतिथ्यमा बिशिष्ट अतिथिहरुमा राष्ट्रिय आयुर्वेद एशोसियसन नेपाल ( (RAAN) ) का केन्द्रिय संस्थापक उपाध्यक्ष शालिकराम भुसाल तथा अतिथीहरुमा आयुर्वेद औषधी उत्पादक संघका केन्द्रिय  बरिष्ठ उपाध्यक्ष चन्द्रकान्त खनाल, तथा उद्योग बाणिज्य संघ बुटवलका उपाध्यक्ष सुरज भट्टराई सदस्य नारायण सापकोटा, सदस्य हरिहर भण्डारी रहनु भएको थियो । तेस्रो वार्षिक उत्सवको अबसरमा वोल्दै राष्ट्रिय…