नेपाल जनस्वास्थ्य संघ लुम्बिनीले गरायो प्रदेश लोकसेवा आयोगको ध्यानाकर्षण

स्वास्थ्यसमाचार/नेपाल जनस्वाथ्य संघ लुम्बिनी प्रदेश समितिले  प्रदेश लोक सेवा आयोग बुटवलमा ध्यानाकर्षण पत्र बुझाएको छ ।प्रदेश अन्तर्गतका कार्यालयहरु (जिल्ला लगायत) मा जनस्वास्थ्य प्रशासक (९/१० तह) को दरबन्दी १२ जना रहेको मा प्रदेशमा कुल २ जना मात्र कार्य रहेको र १० जनाको दरबन्दी रिक्त रहेको छ। यसै गरी स्वास्थ्य शिक्षा प्रशासक (९/१०तह) को दरबन्दी २ जना रहेकोमा २ जना नै रिक्त रहेको अवस्थमा विज्ञापन नखुलाएको विषयमा ध्यानाकर्षण गराएको हो । प्रदेश तह (जिल्ला लगायत) मा जनस्वास्थ्य अधिकृत (७/८ तह) को दरबन्दी कुल १८ रहेकोमा हाल ९ जना मात्र कार्यरत रहेको र…

स्वास्थ्यमन्त्री खनालद्धारा लुम्विनी प्रादेशिक अस्पतालको क्याथ ल्याब उदघाटन

स्वास्थ्यसमाचार /लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मुटु परीक्षण गर्ने क्याथ ल्याब सेवाको लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालले उदघाटन गर्नु भयो। अस्पतालको ११४ औ बार्षिक उत्सवको अबसरमा खनालले मुटु परीक्षण गर्ने क्याथ ल्याब सेवाको खनालले उदघाटन गर्नु भएको हो।प्रदेश मातहतका अस्पतालहरुमा क्याथ ल्याव सुरु गर्ने लुम्बिनी प्रादेशिक अस्पताल पहिलो हो । संघीय सरकार अर्न्तगतको लुम्बिनी प्रदेशको भेरी अस्पतालमा पनि क्याथ ल्याव सेवा उपलब्ध छ । लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयले क्याथ ल्याब सञ्चालनको लागि चालु वर्ष २२ करोड रुपैंयाँ बिनियोजन गरेको र यहा सेवा सुरु भएको स्वास्थ्यमन्त्री खनालले बताउनु भयो। उहाले बोल्दै यस…

लुम्विनी प्रादेशिक अस्पतालको विकासमा हातेमालो गरौः मन्त्री खनाल

स्वास्थ्यसमाचार/लुम्बिनी प्रादेशिक अस्पताल बुटवल ११४ औ बार्षिक उत्सव मनाएको छ । बुटवलमा मंगलबार एक कार्यक्रमको आयोजना गरी बार्षिक उत्सव, सम्मान तथा पुरस्कार वितरण गरि मनाइएको हो । कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका स्वाथ्य मन्त्री राजु खनालले प्रदेशकै विशिष्टीकृत र राष्ट्रकै अब्बल अस्पतालको रुपमा लुम्बिनी प्रादेशिक अस्पताल बनाउनको लागि कुनै पनि कसर बाँकी नराख्ने बताउनु भयो । उहाले भन्नु भयो यो अस्पताललाई नमुना अस्पताल बनाउनको लागि कस्ले कहाँबाट कस्तो भूमिका खेल्नुपर्छ म तयार छु ।’ लुम्बिनी प्रदेश पुर्वाधार प्राधिकरणले निर्माण गर्न लागेको प्रादेशिक अस्पताल को भवन निर्माण ५ बर्ष भन्दा पनि ३…

दार्चुलाकी नर्स वविता विष्ट उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कार सम्मानित

स्वास्थ्यसमाचार/यो वर्षको उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कारबाट दार्चुला जिल्ला अस्पतालकि नर्स बबिता विष्ट सम्मानित भएकी छन् । ऊनी छैटौ तहकी नर्सिङ अधिकृत हुन् । मंगलबार स्वास्थ्य सेवा दिवसको अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले दार्चुला जिल्ला अस्पतालमा कार्यरत विष्टलाई उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कार प्रदान गरेका हुन् । यो पुरस्कार राशी १ लाख रुपैयाँ रहेको छ । वि सं २०७६ सालदेखि दार्चुला अस्पतालमा कार्यरत उनी त्यसअघि महाकाली अस्पतालमा कार्यरत थिइन् । स्वास्थ्य सेवा पुरस्कारबाट कालिकोटमा कार्यरत छैटौं तहका सिअहेब दीर्घबहादुर नेपाली, २४ वर्षदेखि सुर्खेत अस्पतालमा कार्यरत गाइनोकोलोजिष्ट डा  केशरबहादुर ढकाल, छैटौं…

बुटवलमा स्वच्छ मासुको लागी पशु बधशाला सञ्चालन गर्न छलफल

स्वास्थ्यसमाचार/बुटवल उपमहानगरपालिकाले बधशाला सञ्चालनलाई सबै क्षेत्रले सकारात्मक रुपमा लिन आग्रह गरेको छ। नगरबासीलाई स्वच्छ र सफा मासु उपभोग गर्ने व्यवस्थाअनुसार मासु बधशाला सञ्चालनको तयारीमा रहेको भन्दै बुटवलले बधशालाबाट बध गरी प्रशोधन गरेको मासु उपभोग गर्न आग्रह गरेको हो। सोमबार मासु सँग सम्बन्धित सरोकारवालाहरुसँगको छलफलमा नगर प्रमुख खेलराज पाण्डेयले स्वच्छ र स्वस्थ मासु उपभोग गर्न पाउने उपभोक्ता अधिकार र स्वास्थ्यलाई ध्यानमा राखेर बधशाला सञ्चालन हुन लागेकाले सबै नगरबासीले बधशालामा बध गरेको मासु उपभोग गर्न आग्रह गरे। उनले कानूनी हिसाबले समेत सहज हुने गरी बधशाला सञ्चालन हुने र यसले बुटवलबासीले स्वस्थ र…

लुम्बिनी प्रादेशिक अस्पतालको निर्माण कार्य–कुनै बहानामा विलम्ब नहोस:पुर्ब अर्थमन्त्री पौडेल

स्वास्थ्यसमाचार/पुर्व उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले लुम्बिनी प्रादेशिक अस्पतालमा अगाडि बढेको अत्याधुनिक संरचनासहितको अस्पताल भवन निर्माणप्रति चासो देखाएका छन् । रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य पौडेलले समयमै आयोजना सक्ने गरी काम गर्न प्रदेश पूर्वाधार विकास प्राधिकरण र निर्माण कम्पनीलाई आग्रह गरेका छन् । सोमबार अस्पतालको निरीक्षणपछि आयोजनाको बारेमा जानकारी लिंदै पौडेलले कुनै पनि बहानामा आयोजना सम्पन्न गर्ने काममा ढिलाई नगर्न सचेत गराए । लुम्बिनी प्रादेशिक अस्पतालमा ६ अर्ब १८ करोड ७५ लाखको लगानीमा नयाँ १० तले एक हजार दुई सय शैय्याको आधुनिक अस्पताल भवन निर्माणका लागि प्रक्रिया अगाडि…

इन्डोनेशियामा अपाओद्धारा नेत्रज्योति संघका महासचिव चन्द सम्मानित

स्वास्थ्यसमाचार/नेपाल नेत्रज्योती संघका महासचिव भरतबहादुर चन्दलाई एशिया–प्यासिफिक एकेडेमी अफ अफ्थाल्मोलोजीले यस बर्ष Outstanding Service in Prevention of Blindness Awards बाट सम्मानित गरेको छ । फेब्रुअरी २२ देखि २५ सम्म इन्डोनेसियाको बालीमा जारी आँखा रोग विशेषज्ञहरूको वार्षिक सम्मेलन कार्यक्रममा चन्दलाई सम्मानित गरिएको हो । नेपालमा अन्धोपन निवारणमा महत्वपुर्ण भुमिका निर्वाह गरेको भन्दै अपाओले चन्दलाई सम्मान गरेको हो ।यो अवार्ड बार्षिक रुपमा एसिया–प्रशान्त क्षेत्रमा अन्धोपन रोक्न महत्वपूर्ण योगदान गर्ने व्यक्तिहरुलाई प्रदान गर्ने गरिन्छ । नेपालमा आँखा उपचार सेवाको विस्तार र अन्धोपन निवारणमा लामो समयदेखि सक्रिय रहनुभएका चन्दले संघको गुल्मी शाखाको सभापति रहँदा…

अर्घाखाँचीमा दादुरा–रुबेला विरुद्धको खोप अभियान शुभारम्भ

स्वास्थ्यसमाचार/राष्ट्रिय खोप कार्यक्रम दादुरा-रुबेला खोप अभियान २०८०/०८१ एक कार्यक्रमका बिच शुभारम्भ भएको छ।अर्घाखाँची जिल्लामा १२८१० लक्षित बालबालिका लाई खोप लगाइने भएको छ, खोप लगाउनको लागी ३३१ खोप केन्द्र तोकिएको छ भने ३३१ खोप केन्द्रको लागी एक जना स्वास्थकर्मी तथा एक जना सहयोगी खटाइएको जनस्वास्थ अधिकृत शिव नेपालीले बताएका छन। जिल्ला सदरमुकाम सन्धिखर्क को टुँडिखेलमा रहेको बालमन्दिर बाट खोपको शुभारम्भ गरिएको छ ।जिल्ला समन्वय समिति अर्घाखाँची का प्रमुख जिबनारायण कोइरालाले बालबालिकाहरु लाई खोप कार्ड दिएर शुभारम्भ गर्नु भएको कार्यक्रममा सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कृष्ण प्रसाद श्रेष्ठ , प्रमुख जिल्ला अधिकारी कमल राज…

गुल्मी अस्पतालको हेमोडायलाइसिस सेवा मन्त्रालयमा सूचिकृत

स्वास्थ्यसमाचार/गुल्मी अस्पतालमा एक महिना अघिदेखि सुरु भएको हेमोडायलाइसिस सेवाको नेपाल सरकार स्वास्थ्य मन्त्रालयमा सूचिकृत भएको छ । यस अस्पताल विपन्न नागरिक औषधि उपचार कार्यक्रम अन्तर्गत मृगौला रोगको हेमोडायलाइसिस सेवामा सुचिकृत भएको रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले बताउनुभयो । नगरप्रमुख पन्थीका अनुसार निरन्तरको प्रयासबाट गुल्मी अस्पतालको हेमोडायलाइसिस सेवा मन्त्रालयमा सूचिकृत गरिएको हो ।आज आइतबार मृगौला रोगको हेमोडायलाइसिस सेवाको नेपाल सरकार स्वास्थ्य मन्त्रालयबाट सुचिकृत भएको उहाँले बताउनुभयो । अब सम्पूर्ण बिरामीहरुले निःशुल्क सेवा लिने बैधानिक बाटो खुलेको नगरप्रमुख पन्थीले बताउनुभयो । उहाँले अस्पताल प्रशासनलाई अब आर्थिक भार नपर्ने भन्दै गुल्मीबासी सम्पूर्णलाई बधाई…