आम्दा अस्पताल २७औं वर्षमा प्रवेश, ३ कोठे शैक्षिक भवनको उद्घाटन

आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई मेडिकल कलेज बनाउन तयारी भइरहेको छ : मेयर पाण्डे

स्वास्थ्यसमाचार/ शैक्षिक भवन समद्धाटन गर्दै आम्दा अस्पताल बुटवलले आज आईतबार एक कार्यक्रमका बीच २७औं वार्षिकोत्सव मनाएको छ । २०५५ साल कार्तिक १६ गते स्थापनाभएको आम्दा –नेपाल सिद्धार्थ बाल तथा महिला अस्पताल बुटवलले स्थापनाको २६औं वर्ष पुरा गरि २७औं वर्षमा प्रवेश गरेको छ ।

अवसरमा शैक्षिक भवन निर्माणमा सहयोगी दाता बाट भवनको समद्धाटन ,विभिन्न सहयोगी संस्थाहरुलाई सम्मान गर्दै २७औं वाषिकोत्सव मनाएको अस्पतालले जनाएको छ ।

कार्यक्रमका प्रमुख अतिथि एवं आम्दा अस्पताल स्थानीय व्यवस्थापन समितिका अध्यक्ष तथा बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेले पानसमा दिप प्रज्ज्वलन गरि वार्षिकोत्सव कार्यक्रमको उद्घाटन गर्नु भएको हो ।

उहाँले कार्यक्रममा बोल्दै आम्दा अस्पताल बुटवललाई बालबालिका र महिलाहरको लागि विशिष्टीकृत अस्पताल बनाउने र आम्दा सवास्थ्य विज्ञान प्रतिष्ठानलाई मेडिकलकलेजको रुपमा स्थापना गनर्नका लागि डिपिआर प्रक्रिया भईरहेको बताउानु भयो ।

यस्तै कार्यक्रमका विशिष्ट अतिथि बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रा देवी अर्यालले आम्दा अस्पताल बुटवलको आवश्यकतालाई बुटवल उपमहानगरपालिकाले पहिलो प्राथमिकतामा राखेर सहयोग गरेको र यसको निरन्तरता रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

विशिष्ट अतिथि अस्पतालका स्थानीय व्यवस्थापन समितिका उपाध्यक्ष एवं बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि प्रसाद अर्यालले संघले अस्पताल स्थापनाकाल देखिनै सहयोग गर्दै आएको बताउँदै चालु आर्थिक वर्षमा अस्पतालमा आउने सेवाग्राहीलाई स्वच्छ खानेपानी उपलब्ध गराउने प्रतिवद्धता जनाउँदै अस्पतालको थप प्रगतिको कामना व्यक्त गर्नुभयो ।

कार्यक्रमका विशिष्ट अतिथि शैक्षिक भवन निर्माण सहयोगी दाता आम्दा माइन्ड्स जापानका अध्यक्ष सुन्सके सुजुकीले नव निर्मित ३ कोठे शैक्षिक भवनको उद्धाटन गर्दै नेपाली विद्यार्थीहरको शिक्षामा सहयोग गर्न पाउकोमा खुशी व्यक्त गर्नु भयो ।

३२ लाख रुपैयाँ लागत खर्चमा सम्पन्न शैक्षिक भवनका लागि आफू लगायत जापानी नागरिकहरको सहयोग रहेको बताउँदै आगामी दिनमा पनि सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

कार्यक्रमका अध्यक्ष एवं सिद्धार्थ बाल तथा महिला अस्पतालका मेडिकल सुपरिंटेन्डेन्ट डाक्टर बिनोद पराजुलीले अस्पतालको परिचय संगै आर्थिक वर्ष २०८१/०८२ को कार्य प्रगती प्रस्तुत गर्नु भएको थियो ।

सिमित साधन स्रोतमा आम्दा असपताल बुटवलले पहुँचयोग्य र गुणस्तरिय सेवा प्रदान गर्दै आएको बताउँदै मेसु पराजुलीले आम्दा जापान,आम्दा नेपाल ,बुटवल उपमहानगरपालिका,बुटवल उद्योग बाणिज्य संघ लगायत स्थानीय सामाजिक संस्थाहरुको सहयोगमा अस्पतालमा देखिएका चुनौतिहरको समाधान गर्दै आगामी योजना सम्पन्न गर्ने गरि कार्य अगाडि बढाइएको बताउनु भयो ।

यसै विच आम्दा अस्पताल बुटवललाई विभिन्न विधामा सहयोग गर्ने संस्थाहरु आम्दा माइन्ड्स जापान,आम्दा ह्रोगो जापान,बुटवल उपमहान गरपालिका वडा नम्बर ७ वडा कार्यालय, प्रहरी चौकी श्रवणपथ, शिवनगर सामुदायिक वन उपभोक्ता समिति,रोटरी क्लब अफ बुटवल डाउनटाउन,लायन्स क्लब अफ सिद्धार्थनगर युथ, र लायन्स क्लब अफ बुटवल मखमलीलाई सम्मानपत्रद्धारा सम्मान गरिएको थियो ।

सम्मान कार्यक्रम आम्दा अस्पताल बुटवलका मेट्रोन कल्पना बिश्वकर्माले संचालन गर्नु भएको थियो ।

आम्दा अस्पताल बुटवलका एचआर देवी प्रसाद खनालको संचालन तथा मेट्रोन कल्पना विश्वकर्माको स्वागतमा सम्पन्न कार्यक्रममा बुटवल उपमहानगरपालिकाका पूर्व मेयर शिवराज सुवेदी,स्थानीय जनप्रतिनिधि,विभिन्न सामाजिक संस्थाका प्रमुख एवं प्रतिनिधि, सिद्धार्थ बाल तथा महिला अस्पताल बुटवलका डाक्टर,नर्स कर्मचारी,विद्यार्थी लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठानका विद्यार्थी हरुले नृत्य प्रस्तुत गरि सहभागीलाई मनोरञ्जन समेत प्रदान गरेका थिए । गैर सरकारी संस्थामार्फत सन १९९१ मा आधिकारिक रुपमा दर्ता भई कार्यरत रहेको आम्दा नेपाल एक मानवीय,गैर नाफा मूलक र गैर राजनीतिक संस्था हो ।आम्दा नेपाल अन्तर्गत रुपन्देहीको बुटवलमा सिद्धार्थ बाल तथा महिला अस्पताल ,झापाको दमकमा आम्दा अस्पताल,झापाको मेचिनगरमा आम्दा मेची अस्पताल तथा विभिन्न परियोजना संचालन गर्दै आएको छ ।

मिति २०५५ साउन १९ गते आम्दा नेपाल,बुटवल उपमहानगरपालिका र बुटवल उद्योग वाणिज्य संघबिच त्रिपक्षीय सम्झौता भई तत्कालिन बुटवलका मेयर स्वर्गिय सुर्य प्रसाद प्रधानको पहलमा बुटवलमा सिद्धार्थ बाल तथा महिला अस्पताल स्थापना गरिएको हो । २०५५ असोज २१ गते स्वास्थ्य सेवा विभागबाट बाहिरी बिरामी सेवा संचालनका लागि स्वीकृति पाएपछि २०५५ कार्तिक १६ गतेबाट ओपिडि सेवा सुरु गरेको थियो र यसै दिनलाई आम्दा बुटवलले स्थापना दिवस मनाउँदै आएको छ ।

हाल सिद्धार्थ बाल तथा महिला अस्पताल बुटवलले बालबालिका र महिला स्वास्थ्य सेवाहरुका लागि एक विशिष्टीकृत स्वास्थ्य संस्थाको रुपमा विश्वसनीयता हासिल गरेको छ । यस अस्पतालमा रुपन्देही लगायत कपिलबस्तु,नवलपरासी,नवलपरासी पूर्व,पाल्पा,गुल्मी अर्घाखाँची,स्याङ्जा,प्युठान,रोल्पा,दाङ,रुकुम पूर्व पश्चिम जिल्लाका साथै भारतका बिभिन्न स्थानबाट बिरामीहरु सेवाका लागि आउने गरेका छन् ।
१०० वेडमा संचालन गर्दै आएको यस आम्दा बुटवललाई ३०० वेडमा बनाउन डिपिआर प्रक्रिया कार्य भईरहेको छ । गैर नाफामूलक उद्धेश्यका साथ संचालन गरिएको यो अस्पतालले विशेष गरि विपन्न,सिमान्तकृत वर्गका बालबालिका,महिला लगायतको स्वास्थ्यमा सुधार ल्याउने कार्यमा तल्लिन रहेको छ ।

स्वास्थ्य सेवामात्रै नभएर विपन्न र सिमान्तकृत समुदायका विद्यार्थीहरु लाई लक्षित गरि बुटवल उपमहानगरपालिका,बुटवल उद्योग वाणिज्य संघ ,आम्दा इन्टरनेशनल र आम्दा नेपालको संयुक्त सहकार्यमा शैक्षिक सत्र २०८० बाट प्यारामेडिकल अध्यानका लागि आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान संचालन गरिएको छ ।

आम्दा अस्पताल बुटवलको् कम्पाउण्ड भित्र रहेकोे उक्त प्रतिष्ठानमा पिसिएल नर्सिङ डिप्लोमा,फार्मेसी डिप्लोमा र जनरल मेडिसिन(एचए) डिप्लोमा गरि तीनवटा विषयका कार्यक्रमहरु संचालन गरिएको छ ।

सम्बन्धित शिर्षक :