भूमिकास्थानमा अस्पताल बनाउन ९ रोपनी बनको जग्गा प्रदान

स्वास्थ्यसमाचार /सरकारले अर्घाखाँचीको भूमिकास्थान नगरपालिकालाई १५ शैय्याको आधारभुत अस्पताल निर्माणका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्नस्वीकृति प्रदान गरेको छ ।

भबन बनाउन जग्गा नभएपछि भूमिकास्थान नगरपालिका वडा नं. ७ चिदीचौरमा रहेको ९ रोपनी राष्ट्रिय वन क्षेत्र प्रयोग गर्नस्वीकृति प्रदान गर्ने निर्णय भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् नेपाल सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले वताए ।

यस्तै फागुन १६ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय बुधबार सुनाउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् नेपाल सरकारका प्रवक्ता कार्कीले अन्य बिभिन्न निर्णय समेत गरिएको बताए ।

सम्बन्धित शिर्षक :