कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु, १२७ संक्रमित

स्वास्थ्यसमाचार/ पछिल्लो २४ घण्टामा देशभर थप १२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ६७२ जनाको पीसीआर परीक्षण गर्दा १२३ जना र २ हजार २०२ जनाको एन्टीजेन परीक्षण गर्दा ४ जना गरी १२३ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा३ जनाको मृत्‍यु भएको मन्त्रालय जनाएको छ । सोही अवधिमा थप ३२१ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल ७ हजार ७७० जना संक्रिय संक्रमित रहेका छन् ।२४ घण्टामा ३५ हजार ७८८ जनाले खोप लगाएका छन् ।

सम्बन्धित शिर्षक :