भागबण्डा नमिल्दा: लुम्बिनी र राप्तीमा अध्यक्ष नियुक्त रोकियो

लुम्बिनीमा नेकपा एकीकृत समाजवादी र दाङमा कांग्रेस, माओवादीको अध्यक्षमा दाबी

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेश सरकारले प्रदेशका जिल्ला र आयुर्वेद अस्पतालमा अध्यक्ष नियुक्त गरेपनि लुम्बिनी राप्ती प्रादेशिक अस्पताल चार आयुर्वेद अस्पतालमा नियुक्ति प्रक्रिया नै रोकिएको छ ।प्रदेश सरकारले केहि दिन अघि प्रदेशका ११ जिल्ला अस्पताल र ७ आयुर्वेद अस्पतालमा अध्यक्ष नियुक्त गरेको थियो ।

प्रदेशको स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालयको सिफारिसमा राजनीतिक भागबण्डाका आधारमा अध्यक्ष नियुक्त गरिएको हो । राजनीतिक भागबण्डा नमिलेपछि प्रदेशका ठूला दुई अस्पताल लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र राप्ती प्रादेशिक अस्पताल दाङमा अध्यक्ष नियुक्त हुन सकेका छैनन् । लुम्बिनीमा नेकपा एकीकृत समाजवादी र दाङमा कांग्रेस, माओवादीको दाबी छ ।

तीन ठूला प्रादेशिक अस्पतालमा ठूला पार्टीले भागबण्डा गर्ने सिफारिस भए पनि अर्का दुई प्रादेशिक अस्पतालको नेतृत्व चयन मन्त्रीपरिषद् बैठकमा पुगेर रोकिएको स्रोतले बतायो ।

स्रोतका अनुसार लुम्बिनी प्रादेशिक अस्पतालमा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य डा. बालकृष्ण चापागाईँको नाम सिफारिस भएको थियो ।तर, राप्ती प्रादेशिक अस्पतालमा माओवादीले दाबी गरेको र कांग्रेसले सहमति नदिएपछि दुवै अस्पतालको नेतृत्व चयन रोकिएको छ ।

स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित थारुले प्रदेशका २४ अस्पतालमध्ये १८ अस्पतालको अध्यक्ष नियुक्त भएको र बाँकी दुई प्रादेशिक अस्पताल र ४ आयुर्वेद अस्पतालको नेतृत्व चयन हुने प्रक्रियामै रहेको बताए ।

 

सम्बन्धित शिर्षक :