गण्डकी प्रदेशले महिलाको प्रजनन क्यान्सर उपचारमा ५० हजार दिने

स्वास्थ्यसमाचार/गण्डकी सरकारले महिलाको प्रजनन अंगको क्यान्सर उपचारमा ५० हजार दिने भएको छ । बुधबार गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा श्रीराम तिवारी र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतमले निःशुल्क उपचार सहायता कार्यक्रमको सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

सचिव तिवारीले गण्डकी प्रदेश सरकारको चालु वर्षको योजनामा रहेको कार्यक्रम कार्यान्वयनका लागि अस्पतालसँग सम्झौता गरिएको बताए । गण्डकी प्रदेशका महिलाहरुले स्तन, पाठेघर, पाठेघरको मुखको क्यान्सर लगायतको उपचारमा यो सहुलियत पाउनेछन् । गण्डकी प्रदेशमा बसोबास गरेको प्रमाणित भएकाहरुले यो सुविधा लिन पाउने प्रदेश सरकारले जनाएको छ ।

सम्बन्धित शिर्षक :