जोखिम सञ्चार र स्वास्थ्य रिर्पोटिङ्ग’ बिषयक पत्रकारिता तालिम सम्पन्न

प्रेम सुनार
स्वास्थ्यसमाचार /लुम्बिनी प्रदेशका पत्रकारहरुको तालिम मंगलबार बुटवलमा सम्पन्न भएको छ । युएसएड, सुआहरा दोश्रो र युनिसेफको आयोजना र नेपाल सरकार, राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सुचना केन्द्र र नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशको समन्व्यमा दुई दिन सम्म सञ्चालि ‘ जोखिम सञ्चार र स्वास्थ्य रिर्पोटिङ्ग’ बिषायक पत्रकारिता तालिमको समापन गरिएको हो ।

नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष बसन्त गिरिको अध्यक्षता र नेपाल सरकार , स्वास्थ्य शिक्षा, सुचना तथा सञ्चार केन्द्रका बरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक डा भक्तबहादुर केसीको प्रमुखको आतिथ्यतामा सम्पन्न कार्यक्रममा बिशेष अतिथीको आशनबाट नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव विक्रम खड्काले शुभकामना मन्तब्य राखेका थिए ।

उनले यस आर्थिक बर्षमा मात्रै यस प्रदेशमा २५० जना पत्रकारहरुलाई विधागत तालिम दिईएको जानकारी दिए । प्रबिद्धिको युगको माग अनुसार पत्रकारहरु पनि परिस्कृत हुनु पर्ने भएकाले विधगत पत्रकारितामा जोड दिईएको उनको भनाई थियो । भौगोलिक विकटताका कारण लुम्बिनी प्रदेशका बाँके र बर्दियाका पत्रकारहरुलाई कर्णाली प्रदेशमा सोही तालिमका लागि पठाईएको र बाँकी १० जिल्लाका ३० जना पत्रकारहरु बुटवलमा सहभागि गराईएको उनले बताए ।

बरिष्ठ पत्रकार तथा चर्चित प्रशिक्षक मोहन मैनाली, सुआहरा कार्यक्रम ( दोश्रो चरण ) केन्द्रिय कार्यालयका बरिष्ठ सञ्चार प्रबन्धक ईन्द्रध्वज जिसी , सोही संस्थाकी कोर्डिनेटर संघर्ष पन्त , सुआहरा ( दोश्रो ) कार्यक्रम लुम्बिनी प्रदेश प्रमुख भरत शर्मा लगायतले प्रशिक्षणमुलक मन्तब्य राखेका थिए । तालिममा डब्लु एचओ लुम्बिनी प्रदेश कार्यालयका डाक्टर श्रुती नेपाल, युनिसेफका सिव सुवेदी लगायतको समेत सहजिकरण रहेको थियो । प्रदेश सांसद बिष्णुमाया थापा मगर ,लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर विनोद कुमार गिरि, प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डाक्टर विकास देवकोटाको बिशेष आतिथ्यथामा तालिमको उद्घाटन गरिएको थियो ।

 

सम्बन्धित शिर्षक :