साउन १ बाट कोभिड–१९ का लागि करारमा लिइएका सबै स्वास्थ्यकर्मी हटाइने

स्वास्थ्यसमाचार/ सरकारले कोभिड (१९ उपचार तथा व्यवस्थापनका लागि विगतका वर्षबाट सञ्चालनमा ल्याएका ६४९ स्थानीय तहका कोभिड(१९ अस्थायी अस्पतालमा कार्यरत जनशक्तिलाई साउन १ गतेबाट पारिश्रमिक उपलब्ध नगराउने भएको छ।

स्वास्थ्य मन्त्रालयमा शुक्रबार सचिवद्वय देवकुमारी गुरागाई र डा रोशन पोखरेलको उपस्थितिमा भएको छलफलले उक्त निर्णय गरेको हो।

कोभिड(१९ उपचार तथा व्यवस्थापनका लागि विगत वर्षहरुबाट सञ्चालनमा आएका ६४७ स्थानीय तहका कोभिड(१० अस्थायी अस्पतालमा कार्यरत जनशक्तिका लागि साउन १ गतेबाट पारिश्रमिक उपलब्ध नगराइने सबै स्थानीय तहलाई जानकारी गराउने, निर्णयमा भनिएको छ।

यस्तै काठमाडौं उपत्यकामा कोभिड(१९ को व्यवस्थापनका लागि डेडिकेटेड अस्पतालका रुपमा रहेका शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालबाट हाल करारमा कार्यर्त जनशक्तिको मयाद भने पुस मसान्तसम्म थप गर्ने निर्णय भएको छ।

सम्बन्धित शिर्षक :