लुम्बिनी प्रदेशमा अव रगत पुर्ण निशुल्क

स्वास्थ्यसमाचार /सरकारी अस्पतालमा सेवा लिने विरामीहरुका लागि अब रगत सम्वन्धीसबै सेवा शुल्क निशुल्क हुने भएको छ । २०७९ साउन १ गतेदेखि लागु हुनेगरिप्रदेश सरकारले विरामीका लागि आवश्यक पर्ने रगतमा लाग्ने सबै सेवा शुल्कनिशुल्क गरेको हो ।

बुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पताल र बुटवलमारहेको रक्तसंचार केन्द्रका विच रगतका लागि लाग्ने सबै सेवा शुल्क निशुल्क गर्ने सहमति भएको हो ।अस्पतालकातर्फबाट मेडिकल सुपेरिटेण्डेन डा ईन्द्र ढकाल र रक्तसंचारकेन्द्रका तर्फबाट संयोजक कृष्ण पंगेनीले सम्झौता पत्रमा हस्ताक्षर गरेकाथिए ।

साउन १ गतेदेखि अस्पतालको सिफारिसमा रक्तसंचार केन्द्रले कुनै पनिसेवा शुल्क नलिई रगत उपलब्ध गराउने भएको हो । लुम्बिनी प्रदेश सरकारलेविनियोजन गरेको बजेटवाट रगतमा लाग्ने सेवा शुल्क सरकारले दिने रंकतसंचारकेन्द्र बुटवलका संयोजक तथा नेपाल रेडक्रश सोसाईटी लुम्बिनी प्रदेशकामहामन्त्री कृष्ण पंगेनीले बताए ।

उनले प्रदेश भरि ६० हजार रगत संकलन र व्यवस्थापन रेडक्रशमार्फत भैरहेकोभन्दै अव सरकारी अस्पतालमा रगतका लागि लाग्ने सेवा शुल्क पनि सरकारलेदिने भएपछि लुम्बिनीमा रगत पुर्णरुपमा निशुल्क भएको बताए । अस्पतालमाआएका विरामीलाई रगत आवश्यक पर्ने भए चिकित्सकहरुको सिफारिसक रक्तसंचारकेन्द्रले पुर्णरुपमा निशुल्क रगत उपलब्ध गराउने अस्पतालका मेडिकलसुपेरिटेण्डेन डा ईन्द्र ढकालको भनाईछ । यस अघि रगतका लागि आवश्यक पर्नेकवर, ग्रुपिङ, स्टोर म्यापिङ लगायतका गरि ८ सय रुपैयासम्म शुल्क लाग्ने
गर्दथ्यो ।

सम्बन्धित शिर्षक :