एकै दिन १६८ जनामा कोरोना संक्रमण, ७७० सक्रिय संक्रमित

स्वास्थ्यसमाचार/ पछिल्लो २४ घण्टामा थप १६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ३ हजार २० जनाको परीक्षणमा १६८ जनामा संक्रमण भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८३४ जनाको पीसीआर परीक्षण गर्दा १२९ जना र ११८६ जनाको एन्टिजेन परीक्षण गर्दा ३९ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ।

योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ७७० पुगेको छ। पछिल्लो २४ घण्टामा ३७ जना संक्रमणमुक्त भएका छन्।

सम्बन्धित शिर्षक :