नवीन औद्योगिक माबिमा डेंगु रोग नियन्त्रणको लागि सचेतना कार्यक्रम

स्वास्थ्यसमाचार/  नवीन औद्योगिक कदर बहादुर रीता मा वि देवीनगरमा डेंगु रोग नियन्त्रणको लागि सचेतना कार्यक्रम मंगलवार सम्पन्न भएको छ ।

नवीन औद्योगिक कदर बहादुर रीता मा वि देवीनगरमा व्यवस्थापन समुहमा अध्ययनरत विद्यार्थीहरुलाई सचेतनापुर्वक डेंगु, यसका लक्षणहरु,डेंगु भाइरस, यसको रोकथाम, सावधानीका सम्बन्धमा विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर बस्नेतले प्रशिक्षण दिनु भएको थियो ।

व्यवस्थापन समुहका शिक्षक केशव भण्डारीको नेतृत्वमा विद्यालय परिशर र विद्यालय परिशर नजिक डेंगु बस्ने स्थानहरुको पहिचान नियन्त्रण गर्ने कार्य गरेका थिए उक्त कार्यक्रममा जुनियर इन्जिनियर विशाल रावतले सहजीकरण गर्नु भएको थियो ।

सम्बन्धित शिर्षक :