असमान तलववृद्धी तत्काल सच्चाउ :राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल

स्वास्थ्यसमाचार /  सरकारले आर्थिक वर्ष ०७९र८० को वजेट वक्तव्य विपरित असमान तरिकाले तलब बृद्धी गरेको भन्दै राष्ट्रिय स्वास्थ्यकर्मी महासंघले विरोध जनाएको छ ।

सोमवार प्रेसविज्ञप्ती जारी गर्दै कुनै पनि बहानामा असमान किसिमले गरिने तलव वृद्धि स्वीकार्य नहुने उल्लेख गरेहको छ । महासंघले पक्षपातपूर्ण र असमान किसिमले तलब बृद्धी गरिएमा त्यसबाट सृजना हुने बिरोध र आन्दोलनका कार्यक्रमबाट निस्कने परिणामको जवाफदेही सरकार हुनुपर्ने चेतावनी दिएको छ ।

महासंघका महासचिव डा सन्तोष पौडेलद्धारा जारी विज्ञप्तीमा सार्वजानीक भएको नया तलवमान प्रस्तावले आम कर्मचारी र स्वास्थ्यकर्मीमा अन्यौलता छाएको उल्लेख छ ।

सम्बन्धित शिर्षक :