बुटबलमा लामखुट्टेको लार्भा खोज र नष्ट नष्टगर अभियान सुरु

स्वास्थ्यसमाचार /कोरोना संक्रमितको ग्राफमा डेंगु पनि सामेल भएपछि बुटबल उपमहानगरपालिकाले लामखुट्टेको लार्भा खोज र नष्ट नष्टगर अभियान सुरु गरेको छ।बुटबल नगरपालिका स्वास्थ्य शाखा प्रमुख युवराज पान्डेका अनुसार आज बुटबलका वडा नं ४ र६मा लामखुट्टेको लार्भा खोज र नष्ट नष्टगर अभियान सुरु गरिएको बताए ।

अभियानमा जनप्रतिनिधि स्वास्थ्य शाखाका कर्मचारीहरु र स्थानिय हरुको सहभागी रहेको थियो।यो अभियान बुटबलका सबै वडामा संञ्चालन गरिने पान्डेले बताए ।बुटबलमा १सय १५ जना डेंगु संक्रमित रहेको पान्डेले बताए। जनवरीदेखि अगस्ट ४ गतेसम्मको तथ्यांकअनुसार सबैभन्दा बढी केस रुपन्देहीमा पाइएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका (ईडीसीडी) का अनुसार रुपन्देहीमा १ सय २३ जना डेंगुका बिरामीहरू फेला परेको बताईएको छ।एक प्रकारको विषाणुबाट डेङ्गु भइसकेको व्यक्तिलाई अर्को प्रकारको विषाणु भएको लामखुट्टेले टोकेको अवस्थामा डेंगु घातक हुन्छ ।

अमेरिकास्थित सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) को तथ्यपत्रअनुसार डेंगुले गर्दा शरीरको रगत जम्न (क्लटिङ) प्रक्रिया अव्यवस्थित हुन्छ । यसको घातक रुप हुँदा सम्पूर्ण शरीरमा रक्तस्राव हुन थाल्छ ।डेंगु ज्वरो ५ देखि ७ दिनसम्म रहन सक्छ । डेंगु लागेमा मानिसको रक्तकोष घट्न गई रोग प्रतिरोधात्मक क्षमतामा ह्रास आउँछ । फलस्वरुप मानिसहरु सिकिस्त हुने गर्छन् ।

डेंगुका लक्षणहरु

–ज्वरो आउने,

–आँखाको गेडीहरु दुख्ने,

– शरीरमा डाबरहरु आउने,

– खाना नरुच्ने,

–जोर्नी तथा मांसपेसीहरु दुख्ने,

– पेट गडबडी हुने,

डेगुका बिरामीले यस्तो कुरामा ध्यान दिनुस्

–डेंगुको लक्षण देखिएमा जथाभावी औषधि तथा एन्टीबायोटिक नखाने,

–झोलिलो खानेकुरा खाने,

–झुलको प्रयोग गर्ने,

–लामो बाहुला भएको कपडा लगाउने,

–घर वरपरको वातावरणमा पानी जम्न नदिने,

– लामखुट्टेको लार्भा विकास हुने स्थानहरु खोजेर नष्ट गर्ने,

–घरायसी प्रयोजन वा पीउनका लागि ड्रम, गाग्री वा अन्य भाडामा राखिएको पानी राम्रोसँग छोपेर राख्ने ।

 

सम्बन्धित शिर्षक :