देवदहमा प्रादेशिक बायोमेडिकल कार्यशालाको उद्घाटन

मेडिकल क्षेत्रमा देखिएका समस्या समाधान गर्न बायोमेडिकल कार्यशाला महत्वपूर्ण : मन्त्री थारु

स्वास्थ्यसमाचार /रुपन्देहीको देवदह नगरपालिका–५, पानवारीमा रहेको प्रदेश स्तरीय स्वास्थ्य तालिम केन्द्रमा प्रादेशिक बायोमेडिकल कार्यशालाको उद्घाटन गरिएको छ ।

लुम्विनी प्रदेश स्वास्थ्य मन्त्रालयले स्वास्थ्य तालिम केन्द्रमा प्रादेशिक बायोमेडिकल कार्यशालाको उद्घाटन गरिएको हो ।कार्यशालाको एक कार्यक्रमका वीच लुम्विनी प्रदेश स्वास्थ्य मन्त्री ईन्द्रजीत थारुले उद्घाटन गर्नु भएको हो । स्वास्थ्य मन्त्री थारुले नागरिकको स्वास्थ्यको लागि प्रदेश सरकार प्रतिवद्ध रहेको बताउनु भयो ।

उहाले उहाले अस्पताल संगै स्वास्थ्य उपकरण प्राविधिकको आवश्यक रहेको बताउदै बायोमेडिकल कार्यशालाले स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने बताउनु भयो । मन्त्री चौधरीले मेडिकल क्षेत्रमा देखिएका समस्या समाधान गर्न बायोमेडिकल कार्यशालाले महत्वपूर्ण भूमिका खेल्नेमा जोड दिनु भयो ।

उहाले बायोमेडिकल कार्यशालाले सामान्य अवस्थामा स्वास्थ्य उपकरण विग्रिदा समेत उपकरण नै हटाउने कार्यको अन्त्य गर्ने बताउनु भयो । उहाले नागरिकको सहयोगले मात्र सरकारले अगाडि सारेका योजना कार्यान्वयन हुने भन्दै सहयोग गर्न आग्रह गर्नु भयो ।

सोही अवसरमा बोल्दै लुम्विनी प्रदेश सभा सदस्य डा. कृष्णप्रसाद न्यौपानेले स्वास्थ्य प्रविधि शिक्षा प्रदान गर्ने गरी प्रदेश सरकारले प्रादेशिक स्वास्थ्य तालिम केन्द्र स्थापना गरेको बताउनु भयो । उहाले बायोमेडिकल अध्ययन केन्द्रको रुपमा विकास गर्दै जानेमा जोड दिनु भयो ।

उहाले बायोमेडिकल शिक्षाको पढाई शुरु गर्दा देवदह क्षेत्रका विद्यार्थीहरुलाई विशेष प्राथमिकता दिने बताउनु भयो । स्वास्थ्य तालिम केन्द्रका निमित्त निर्देशक  नोदनारायण चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा देवदह नगरपालिका प्रमुख धु्रवप्रसाद खरेल, देवदह नगरपालिकाका पुर्वनगर प्रमुख हिराबहादुर खत्री, स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदकुमार गिरी, पुर्व स्वास्थ्य मन्त्री  विद्याधर मल्लीक, एनएसएका निर्देशक प्याट्रिसिया वाइसनफिल्ड लगायतले आ–आफना भनाई राख्नु भएको थियो ।

कार्यक्रममा लुम्बिनी प्रादेशीक अस्पतालका मेसु डा ईन्द्र ढकाल,देबदहनगरपालिका उपप्रमुख बिद्यालक्ष्मी गुरुड, राजनितिक दलका प्रतिनिधिहरु,क्यामपस प्रमुख लगायतको सहभागीता रहेको कार्यक्रममा  स्वास्थ्य तालिम केन्द्र का बायोमेडिकल ईन्जिनियर सुदन वस्यालको स्वागत र  स्वास्थ्य तालिम केन्द्र रुपन्देहीका शाखा अधिकृत माधव पोख्रेलको संञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

सम्बन्धित शिर्षक :