स्वास्थ्यमा मालिकाको फड्को गुल्मीकै,उत्कृष्ट पालिका बन्न सफल

स्वास्थ्यसमाचार/ गुल्मीको मालिका गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय प्रगति गरेको छ । जिल्ला जन स्वास्थ्य कार्यालय गुल्मीले जिल्ला भरका पालिका मध्ये मालिका गाउँपालिका उत्कृष्ट घोषणा गर्दै सम्मान पत्र प्रदान गरेको हो ।

पालिकाले स्वास्थ्य क्षेत्रमा गरेका गतिविधिको आधारमा मुल्यांकन गर्दा मालिका गाउँपालिका प्रथम,छत्रकोट गाउँपालिका द्वितीय र मुसिकोट नगरपालिका तृतीय भएको स्वास्थ्य कार्यालय गुल्मीका स्वास्थ्य निरिक्षक बोम अर्यालले वताए। दुई दिन सम्म जिल्लाको सत्यवती गाउँपालिका ८ भार्सेमा चलेको समिक्षा गोष्टिमा पालिकाको कार्य प्रगतिको बारेमा समिक्षा समेत गरिएको थियो ।

जिल्लाको अत्यन्त विकट तथा गुल्मीको कर्णाली मानिने मालिका गाउँपालिकाले विभिन्न समस्याका बाबजुद पनि स्वास्थ्य क्षेत्रमा उल्लेखनीय कार्य गरेको थियो । गएको असोज ७ गते गुल्मीमै पहिलो पुर्ण संस्थागत प्रसुती गाउँपालिका घोषणा भएको मालिका गाउँपालिका कोभिड १९ नियन्त्रणमा समेत अब्बल गाउँपालिकाका रुपमा परिचीत बनेको थियो ।

८ वटा वडामै बर्थिङ सेन्टर सहित सुविधा सम्पन्न भवन रहेका छन भने स्वास्थ्य सेवाको पहुँच जनस्तर सम्म पुराउनलाई तीन वटा सामुदायिक स्वास्थ्य इकाई समेत रहेका छन ।

गुल्मी जिल्लामा उत्कृष्ट पालिका बने सङै विगत ५ वर्ष देखि त्यहाँको स्वास्थ्य क्षेत्रको नेतृत्व गरेका स्वास्थ्य संयोजक बसन्त भुसालले खुसी व्यक्त गरे । सबैको सहयोग साथ तथा पुर्व जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीको अहम भुमिकाका कारण पालिका प्रथम बनेको बताए ।

गाउँपालिकाका अध्यक्ष देवीराम अर्यालले मालिका गाउँपालिकाले आगामी दिनमा पनि स्वास्थ्य क्षेत्रमा नयाँ र उल्लेखनीय काम गर्ने बताए ।स्वास्थ्य सबै भन्दा महत्त्वपूर्ण विषय भएकाले जनतालाई स्वस्थ बनाउन आफुहरु लागि रहने अध्यक्ष अर्यालले बताए।

सम्बन्धित शिर्षक :