स्वास्थ्यसमाचार/ भिम अस्पतालमा विशेषज्ञ सहितको सुविधा सम्पन्न नयाँ बहिरङ्ग विभाग (ओपिडी) सञ्चालनमा आएको छ । नयाँ बहिरङ्ग विभागको लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालले भवनको उद्घाटन गरे । भवनको उद्घाटन कार्यक्रममा वोल्दै सामाजिक विकास मन्त्री सुदर्शन बरालले स्वास्थ्य सेवा सुधारलाई सबैभन्दा बढी प्राथमिकता दिएको बताए ।उनले अस्पताल मा कुनै प्रकारको कमिहुन नदिन भरपुर बजेट प्रदान गरिएको बताए ।स्वास्थ्य सेवामा अहिले पनि जनशक्ति अभाव रहेकोले मन्त्री बरालले बताए । ‘स्वास्थ्यमा अहिलेपनि २०३५ सालकै जनशक्तिले थेगी रहेको वताउदै थोरै जनशक्तिले पनि उच्चस्तरिय सेवा दिएको बताएं । मैले सामाजीक बिकास मन्त्रालय ‘सम्हाले…
समाचार
भीम अस्पताललाई दियो थाई बौद्ध विहारले ४० थान पीपीई
स्वास्थ्यसमाचार/ भीम अस्पताल भैरहवालाई लुम्बिनीस्थित थाई बौद्ध विहारले ४० थान व्यक्तिगत सुरक्षा सामाग्री (पीपीई) प्रदान गरेको छ । अस्पतालका प्रमुख मेडिकल सुपरीटेण्डेण्ट डा. शकुन्तला गुप्तालाई विहारका प्रमुख भिक्षु सुपथ र अष्ट्रिया विहारका भिक्षु सोनमले उक्त पीपीर्ई हस्तान्तरण गरेका हुन । त्यस्तै सोही विहारले बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताललाई आइतबार ४० थान पीपीई प्रदान गरेको छ ।थाई बौद्ध विहारले लुम्बिनी प्रादेशिक अस्पताल, युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज र भीम अस्पताललाई पीपीई प्रदान गरिसकेको छ । विहार प्रमुख भिक्षु सुपथले अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग गर्दै जाने बताए ।अस्पतालका मेसु डा गुप्ताले कोरोनाको महामारीको…
गुल्मी आयुर्वेद स्वास्थ्य केन्द्रको वार्षिक समिक्षा गोष्ठि सम्पन्न
स्वास्थ्यसमाचार गुल्मी २० मंसिर गुल्मी आयुर्वेद स्वास्थ्य केन्द्रको वार्षिक समिक्षा गोष्ठि सम्पन्न भएको छ ।केन्द्रका प्रमुख डाअर्चना शुक्लाको अध्यक्षता जिल्ला समन्य समितिका गुल्मीका उपाध्यक्ष तुल्सी श्रेष्ठको प्रमुख आतिथ्य धुर्काेट गाउँपालिका अध्यक्ष भुपाल पोखरेलको बिशिष्ठ आतिथ्तमा सम्पन्न वार्षिक समिक्षामा भएको थियो । वार्षिक समिक्षा गोष्ठिमा बर्ष भरिभएगरेका कामको बारे छलफल र अब गर्नुपर्ने कामको बारेमा छलफल भएको थियो । उक्त वार्षिक समिक्षा गोष्ठिमा बोल्दै धुर्काेट गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले अन्य गाउँपालिकामा भन्दा धुर्काेटमा आयुर्वेद क्षेत्रमा पछि परेको बताए। उनले आफु स्वयम अरुपालिकामा भएका आयुर्वेकेन्द्रको अबस्था र काम बारे जानकारी लिने उदेश्यका…
मालिका गाउँपालिका गुल्मीमा अस्पताल बनाउन दिएको जग्गा अलपत्र
सन्तोष महतारा गुल्मी २० मंसिर/गुल्मीमा स्थानीय सर्वसाधारणको जग्गा आफ्नो नाममा लिएपछि सरकारले जग्गाधनीलाई अलपत्र पारेको छ । जिल्लाको मालिका गाउँपालिकामा सर्वसाधारणको १२ रोपनी जग्गा अस्पतालको नाममा बनाएपछि अस्पताल नै नबनाई आफुहरुलाई अलपत्र पारिएको जग्गाधनी धनु गिरीले बताए । “स्थानीय, प्रदेश र केन्द्र तहका तिनै सरकार मिली अस्पताल बनाउने आश्वासनमा हाम्रो जग्गा अस्पतालको नाममा लिएका हुन् ।” जग्गाधनी गिरीले भने, “विभिन्न आशामा १२ रोपनी जग्गा निशुल्क दिएका थियौं ।”सरकारको ‘एक स्थानीय तह–एक अस्पताल’ कार्यक्रम अनुसार गाउँपालिकामा अस्पताल बनाउनको लागि स्थानीय धनु गिरी, इश्वर गिरी र देविराम अर्याललको १२ रोपनी जग्गा निशुल्क…
नेपालमा २०प्रतिशत नागरिकलाई पुग्नेगरी कोरोना विरुद्धको खोप ल्याइने
स्वास्थ्यसमाचार/सरकारले कोभिड–१९ को विरुद्धको खोप २० प्रतिशत नागरिकलाई पुग्नेगरी ल्याउने भएको छ । विभिन्न देशमा अन्तिम परीक्षण भइरहेको खोप कूल जनसङ्ख्या २० प्रतिशतलाई पुग्नेगरी ल्याउने तयारी गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खोप ल्याउनदेखि लगाउनसम्मको तयारी गर्नका लागि विभिन्न ८ उपसमिति समेत बनाएको छ । मन्त्रालयले विश्वस्वास्थ्य सङ्गठन डब्लुएचओ ‘गाभी र सेपी’ नामक तीन सङ्गठनको ‘कोभ्याक्स सुविधा’ नामक सयन्त्रअन्तर्गत सहुलितय दरमा २० प्रतिशत जनसङ्ख्यालाई पुग्ने खोप ल्याउन थालेको बालबालिका तथा खोप सेवा शाखाका प्रमुख डा झलक शर्मा गौतमले जानकारी दिए। अझै खोप परीक्षणकै क्रममा रहेकाले कुन खोप ल्याउने भन्ने…
स्वास्थ्य मन्त्रालयले भन्यो :स्थानिय र प्रदेशका स्वास्थ्यकर्मि सरुवाका लागी नआउनुस
स्वास्थ्यसमाचार/स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश तथा स्थानीय तहमा समायोजन भएका कर्मचारीको सरुवा सम्बन्धि काम मन्त्रालयबाट नहुने प्रष्ट पारेको छ । कर्मचारीको समायोजनपछि पनि मन्त्रालयमा सरुवा सम्बन्धि निवेदन आउने क्रम बढेपछि मन्त्रालयले सूचना जारी गर्दै सो कुरा स्पष्ट गरेको हो । मन्त्रालयले स्थानीय र प्रदेश तहमा समायोजित कर्मचारीहरुको सरुवा गर्ने अधिकार कानुनतः मन्त्रालयलाई नरहेको पनि प्रष्ट पारेको छ । समायोजन हुन बाँकी र गुनासो सम्बोधनका केही काम भने बाँकी रहेको मन्त्रालयले उल्लेख गरेको छ ।
लुम्बिनी प्रदेशको बर्दियामा नेपालकै पहिलो सिकलसेल उपचार केन्द्र
स्वास्थ्यसमाचार/लुम्विनी प्रदेशको बर्दियामा नेपालकै पहिलो सिकलसेल उपचार केन्द्र स्थापना हुने भएको छ। बारबर्दिया नगरपालिका नगर प्रमुख दुर्गाबहादुर थारुले भवनको शिलान्यास गरेका छन् । चार करोड ३३ लाख ५० हजार लागतमा सिकलसेल उपचार केन्द्रको भवन निर्माण हुने भएको छ । सिकलसेल उपचार कै लागि निर्माण सुरु गरीएको यो नेपाल कै पहिलो उपचार केन्द्र भएको नगरपालिका प्रमुख थारुले बताए ।सिकल सेल रोग पश्चिम नेपालका थारु जातिमा मात्र देखिएको वंशाणुगत रोग हो । थारुहरुको बाहुल्यता रहेकोले सिकलसेलका रोगीहरुलाई सहज उपचार गर्नका लागि उपचार केन्द्रको स्थापना गरेको बारबर्दिया नगर प्रमुख थारुले बताए । नगरभित्र…
धुर्काेट गाउँपालिकामा स्वास्थ्य विमा र फार्मेसीको उद्घाटन
स्वास्थ्यसमाचार/ धुर्काेट गाउँपालिकामा स्वास्थ्य विमा कार्यक्रम तथा विमाको छुट्टै फार्मेसी सेवाको उदघाटन भएको छ । सोमबार धुर्काेट प्राथमिक स्वास्थ्य केन्द्र धुर्काेट ६ गुल्मीमा धुर्काेट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेल र उपाध्यक्ष शिव बहादुर खत्रीले स्वास्थ्य विमा तथा छुट्टै फार्मेसीको उदघाटन गरे । गुणस्तरीय स्वास्थ्य सेवा सर्वसाधरणलाई प्रवाह गर्ने र स्वास्थ्य सेवाको सुनिश्चितता गर्ने उद्धेश्य सहित सुरू भएको स्वास्थ्य विमाको लागि धुर्काेट गाउँपालिकामा यस अघि देखिनै प्रत्येक वडामा एक एक जना दर्ता सहयोगीले विमा गरिरहनु भएको छ । कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष तथा प्रमुख अतिथि भुपाल पोखरेलले विमा गरेवापत पाउने सुविधाको सुरूवात…
धुर्काेट गाउँपालिकामा १५ शैयाको अस्पताल भवनको शिलान्यास
स्वास्थ्यसमाचार/गुल्मी जिल्ला क्षेत्र नं २ का सभासाद गोकर्ण बिष्टले अब प्रत्येक ब्याक्तीको स्वास्थ्य सुरक्षाको सुनिश्चत गर्ने बताए । देशव्यापी रुपमा सुरु भएको ’एक स्थानीय तह(एक अस्पताल’ कार्यक्रमको सुरुवातमा गुल्मी पुगेका पुर्व मन्त्री बिष्टले विभिन्न स्थानीय तहमा १५ शैयाको अस्पतालको भवन शिलान्यास गर्दै यस्तो बताएका हुन् । “जनताले कुनै जहाज चार्टर गरेर घुम्न जाने माग राखेका छैनन्” बिष्टले भने, “जनताका आधारभूत आवश्यकता पुरा गर्दै स्वास्थ्य सुरक्षाको सुनिश्चत गर्ने छौं ।” विभिन्न कार्यक्रममा पुगेका बिष्टले अबका सबै कार्यक्रम आर्थिक वृद्धिसँग जोड्नु पर्ने बिष्टको भनाइ छ । हरेक जनताका आधारभूत आवश्यकता पुरा गरी…
रोटरी क्लव अफ बुटवलले क्यान्सर स्क्रिनिङ सेन्टर सहित ४ परियोजना संञ्चालन गर्ने
स्वास्थ्यसमाचार/ रोटरी क्लव अफ बुटवलले स्वास्थ्य र शिक्षा क्षेत्रलाई लक्षित गर्दै विभिन्न चारवटा प्रोजेक्ट अगाडि बढाएको छ । रोटरीको ग्लोवल ग्रान्ट प्रोजेक्ट अन्तर्गत वर्ष २०२०/२१ को लागि चारवटा परियोजनाको काम अगाडि बढाइएको हो । चारवटा अन्तर्गत क्यान्सर स्क्रिनिङ सेन्टर सहित ब्लड कलेक्सन मोवाइल भ्यान सम्म छन् । रोटरी क्लव अफ बुटवलको २८ औं चार्टड नाइट कार्यक्रमको पुर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा रोटरीले अगाडि बढाएका परियोजनाबारे जानकारी दिइएको हो । जस अन्तर्गत रोटरी क्लव अफ बुटवलले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा द रोटरी क्यान्सर स्क्रिनिङ्घ एण्ड डाइग्नोष्टिक सेन्टर स्थापना, आम्दा अस्पताल बुटवलमा अक्सिजन…