शुद्धोधनमा सुआरा दोस्रो कार्यक्रमको सिकाइ आदानप्रदान कार्यशाला गोष्ठी सम्पन्न

स्वास्थ्यसमाचार / रुपन्देहीको शुद्धोधन गाउँपालिकामा स्थानीय तहमा एकीकृत स्वास्थ्य तथा पोषण कार्यक्रम अन्तर्गत सुहारा दोस्रो कार्यक्रमको सिकाइ आदानप्रदान सम्बन्धि कार्यशाला गोष्ठी बिहीवार सम्पन्न भएको छ।

शुद्धोधन गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्यालको अध्यक्षता,जिल्ला समन्वय समिती प्रमुख उमाकान्त चपाइको प्रमुख आथिथ्यतामा सम्पन्न कार्यक्रममा सुआहारा कार्यक्रममा लुम्बिनी प्रदेश संयोजक अर्जुन श्रेष्ठले पोषणको अवस्था ,खानेपानी ,कृषि ,स्वास्थ्य ,लैङ्िगक समानताको बारेमा प्रकाश पार्नुभएको थियो।

उक्त कार्यक्रममा जिल्ला समन्वय समिती प्रमुख उमाकान्त चपाई,पालिका अध्यक्ष विष्णुप्रसाद बस्याल, उपाध्यक्ष शान्तादेवी ज्ञवाली, स्वास्थ्य कार्यालय प्रमुख गौरव ढकाल, सेतो गुरास बाल विकास सेवा रुपन्देही अध्यक्ष सकुन्तला पुन, फिल्ड संयोजक मिनु पुन श्रेष्ठ,स्रोत व्यक्ति प्रीतम श्रेष्ठ,पालिका पोषण सहजकर्ता रिता भट्टराईलगायतले बोल्दै बहुक्षेत्रीय पोषण योजनालाई सघाउन सञ्चालित सुआहारा दोस्रो कार्यक्रमले हालसम्म गरेका कार्यक्रमहरुको समीक्षा तथा समुदायमा व्यवहार परिवर्तनका साथै पोषण, स्वास्थ्य, सरसफाइलगायत विभिन्न क्षेत्रमा सकारात्मक परिवर्तनसहित दीगोपनाका लागि गरेका प्रयासहरु सराह्रनीय पाइएको बताए।

यु एस एआइडी ,सेतो गुरास बाल विकास सेवा रुपन्देही, सुहारा पोषण तथा खाद्य शुरक्षा नेपालको आयोजना तथा शुद्धोधन गाउँपालिकाको सहकार्यमा भएको कार्यक्रममा प्रमुख प्रसासकीय अधिकृत झबिलाल भट्टराई, वडा न.२ अध्यक्ष कमल खड्का,स्वास्थ्य शाखाका प्रमुखहरू,स्वास्थ्यकर्मी,स्वास्थ्यस्वयं सेविका,पोषणकर्ता लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रममा पालिकामा कोभिडको समयमा गरेका उपलब्धि तथा सिकाइको आदानप्रदान समेत गरिएको थियो।सो कार्यक्रम संञ्चालन शुध्दोधन स्वास्थ्य शाखा प्रमुख समीर भण्डारीले गर्नु भएको थियो।

सम्बन्धित शिर्षक :