डेंगीबाट जोगिन घरबाटै सचेतना आबश्यकता अध्यक्ष यादव

स्वास्थ्यसमाचार / तिव्र रुपमा फैलिरहेको डेंगीबाट जोगिन घरबाटै सचेतना आवश्यक रहेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । ओमसतिया गाउँपालिका वडा नम्बर १ मा आयोजित डेंगीबाट हुने जोखिम तथा यसबाट जोगिने उपाय बिषयमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

सोही कार्यक्रममा बोल्दै ओमसतिया गाउँपालिका अध्यक्ष मञ्जित कुमार यादव (सोनु)ले डेंगबाट जोगिन घरटोलबाट नै सचेतना अपनाउन आग्रह गरे ।पडसरी स्वास्थ्य चौकीको आयोजनामा स्वास्थ्य संस्था सञ्चालन तथा ब्यवस्थापन समितिका लागि आयोजित कार्यक्रममा बोल्दै यादवले यसको लागि ६ वटै वडामा अभियान लैजाने बताए ।

उनले स्थानियहरुले पनि आफु छेउछाउमा पानी जम्न नदिन तथा लामखुट्टेको टोकाईबाट जोगिने उपायहरु अवलम्बन गर्न आग्रह गरे । गाउँपालिकाले डेंगी परिक्षण तथा यसका उपचार पालिकाबाट नै गर्ने र यसको लागि आफु ब्यवस्थापनमा लागेको उनले जानकारी दिए ।

सोही कार्यक्रममा बोल्दै गाउँपालिकाकी उपाध्यक्ष सुनिता चौधरीले टोल टोलमा सरसफाई अभियान तथा लामखुट्टेको बासस्थान मास्ने गरि अभियान चलाउन आवश्यक रहेको जानकारी दिईन । डेंगीका कारण ज्यानकै जोखिम भएको हुनाले यसबाट सचेत हुन उनले सबैलाई आग्रह गरिन ।

स्वास्थ्य चौकीका मुंगेरीलाल चौधरीले डेंगी रोगको परिचय, यसको लक्षण, हुन सक्ने क्षति तथा यसबाट जोगिने उपायको बारे समितिलाई जानकारी गराएका थिए । उनले डेंगीबारे समयमै पालिकाले किट उपलब्ध गराई यसको नियन्त्रणमा गम्भिर हुन आग्रह गरे ।

ओमसतिया गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष बेल बहादुर बराल मगरको अध्यक्षता तथा गाँउपालिका अध्यक्ष मन्जित कुमार यादवको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा स्वास्थ्य संस्था सञ्चालन तथा ब्यवस्थापन समितिका सदस्यहरु ईश्वरी गौतम, लक्ष्मी पौडेल लगायतको सहभागीता रहेका थियो।

सम्बन्धित शिर्षक :