फ्रान्सबाट नेपाल आएकी एक नेपालीलाई कोरोना पुष्टि

स्वास्थ्यसमाचार/ काठमाडौंमा एक जनामा कोरोना पोजेटिभ भेटिएको पुष्टि भएको छ। फ्रान्सबाट नेपाल फर्केकी १९ बर्षिय एक युवतीमा कोरोना पोजेटिभ भेटिएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको हो। मन्त्रालयमा आयोजित पत्रकार सम्मेलन मार्फत यसबारे जानकारी दिइएको हो। गत मंगलबार चैत ४ गते फ्रान्सबाट कतार हुदै नेपाल आएकी उनमा कोरोना पोजेटिभ भेटीएको हो। उनी हाल टेकु अस्पतालमा रहेको स्वास्थ्य मन्त्रालयले मन्त्रालयले जनाएको छ । उनको सम्पर्कमा रहेका केही व्यक्तिलाई पनि निगरानी राखिएको देवकोटाले बताए।

कोरोना विरुद्धमा उभिए बुटबलका राजनितिक दल

स्वास्थ्यसमाचार/ विश्वमा महामारीको रुपमा फैलिएको कारोना भाईरस (कोभिड–१९) नेपाल भित्रिन नदिनकालागि आवश्यक पहलकदमी उठाउन बुटवलमा क्रियाशिल बिभिन्न ८ राजनीतिक दलहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । बुटवलमा कृयाशिल बिभिन्न राजनीतिक दलहरुले संयुक्त रुपमा प्रेस विज्ञप्ती जारी गरि भारतीय सिमानाकामा आवतजावत व्यबस्थित र चेकजाँच व्यबहारिक हुन नसकेको भन्दै आवतजावतलाई अभिलेख राख्न र चेकजाँचलाई कडाईका साथ लागु गर्न आग्रह गरेका हुन । राजनीतिक दलहरु नेपाली काँग्रेसका नगर सभापति खेलराज पाण्डे, राष्ट्रिय जनमुक्ति पार्टीका नगर अध्यक्ष थर्कबहादुर बाह्रघरे, राप्रपाका नगर अध्यक्ष निरजप्रताप खाँण, राष्ट्रिय जनमोर्चाका नगर अध्यक्ष तुलसीराम शर्मा, नेपाल मजदुर किसान पार्टी रुपन्देहीका…

कोरोना भाइरसबाट बेलायतमा एक नेपालीको मृत्यु

लन्डन /कोरोना भाइरसको महामारीबाट बेलायतमा एक पूर्व गोरखा सैनिकको मृत्यु भएको छ । संखुवासभा खांँदबारी नगरपालिका १० स्थायी घर भई हाल लण्डन साउथ ह्यारोमा बस्दै आएका ६६ वर्षीय लीलाबहादुर राईको मंगलबार (मार्च १७) लण्डनस्थित नर्थवीक पार्क अस्पतालमा निधन भएको पारिवारिक स्रोतले बताएको छ । पारिवारिक स्रोतका अनुसार राई केही दिनअघि मात्र अस्पतालबाट घर आएका थिए । मंगलबार दिउँसो ४ बजेतिर उनको स्वास्थ्यमा अचानक समस्या देखिएपछि उनलाई फेरि अस्पताल लगिएकोमा सांझ ८ बजेतिर चिकित्सकले मृत घोषणा गरेका थिए । राईको निधनको तीन दिनपछि अस्पतालले परिवारलाई सम्पर्क गरेर उनको निधन कोरोना भाइरसका…

चीनद्वारा नेपालसहित ८२ देशलाई पीपीइसहित परीक्षण किट सहयोग

काठमाडौं, ८ चैत/चीनले कोरोना भाइरस संक्रमणसँग जुधिरहेका ८२ वटा देशलाई पीपीई सहित परीक्षण किट सहयोग गर्ने भएको छ । विदेशमन्त्रीका प्रवक्ता जेङ सुयाङले ८२ देश, विश्व स्वास्थ्य संगठन र अफ्रिकन युनियनलाई कोरोना विरुद्दको अभियानमा सहयोग गर्ने घोषणा गर्नुभएको हो । सहयोग पाउनेमा नेपाल पनि पर्दछ । नमुना परीक्षण किट, मास्क, व्यक्तिगत सुरक्षा उपकरण पीपीई सहयोग गर्न लागेको हो । इरान, इराक, इटाली, दक्षिण कोरिया, जापान इटाली लगायतका देशमा सहयोग पठाइसकेको पनि विदेशमन्त्रीले जानकारी दिनुभयो । उहाँले मेडिकल प्रविधिमा सहकार्य गर्दै चीनको उपचार निदान प्रक्रिया र उपचार योजनाका सम्बन्धमा अन्य देशसँग…

इटली: कोरोनाको उपचारमा संलग्न १३ डाक्टर मृत्यु २ हजार बढी स्वास्थ्यकर्मी संक्रमित

इटली, ७ चैत / नोवेल कोरोना भाइरसको संक्रमणका कारण इटलीमा थप ५ जना डाक्टरको मृत्यु भएको छ । यो सँगै इटलीमा कोरोना भाइरसका कारण मृत्यु हुने डाक्टरहरुको संख्या १३ पुगेको छ । चीनको वुहानपछि सबैभन्दा प्रभावित बनेको इटलीमा अहिलेसम्म २ हजार ६ सय २९ जना स्वास्थ्यकर्मी संक्रमित भएका छन् । कोरोना भाइरसका कारण इटलीका विभिन्न स्वास्थ्य संस्था र स्वास्थ्य क्षेत्रमा कार्यरतको संख्या ८ दशमलव ३ पुगेको छ । कोरोना भाइरस संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मी यसबाट प्रभावित हुने क्रम बढेको छ । यस्तै बुल्गेरिका दुई दर्जन बढी स्वास्थकर्मीले राजीनामा दिएका छन्…

प्रदेशका सबै अंगहरुलाई सतर्क रहन मुख्यमन्त्रीको निर्देशन

स्वास्थ्यसमाचार/ प्रदेश ५ सरकारका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशका सबै अंगहरुलाई सतर्क रहन निर्देशन दिएका छन । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पन्न प्रदेश अन्तर्रगतका जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू, ३ वटै सुरक्षा निकायका प्रादेशिक प्रमुखहरू संगको बैठकमा कोरोना भाइरसको सम्भावित जोखिम अन्त गर्नका लागि सतर्क रहन निर्देशन दिएका हुन । वैठकमा प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखहरुले कोरोनाको सम्भावित जोखिम कम गर्न आ आफ्नो जिल्लामा भएका तयारी बारे मुख्यमन्त्रीलाई जानकारी गराएका थिए। मुख्यमन्त्रीले यस क्षेत्रमा रुपन्देहीको भीम हस्पिटल, दाङको आर्युबेद अस्पताल, बाँकेको क्यान्सर अस्पताललाई आईसुलेसन अस्पतालको रुपमा प्रयोग गर्न निर्देशन दिए ।…

संक्रमण रोकथाम र उपचारका लागि कुनै कसर बाँकी नराख्नेः प्रधानमन्त्री ओली

काठमान्डौ /प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमण रोकथाम र उपचारका लागि कुनै कसर बाँकी नराख्ने बताए। देशबासीका नाममा सम्बोधन गर्दै उनले उपचारमा संलग्न स्वास्थ्यकर्मी र चिकित्सक, सुरक्षाकर्मीलाई उचित प्रोत्साहन सहित उच्च मनोबलका लागि परिचालन गर्ने व्यवस्था मिलाइएको बताएका हुन । प्रधानमन्त्रीले उपचारका लागि आवश्यक औषधि, उपकरण, अवाश्यक जनशक्तिको प्रबन्ध मिलाउने कार्यलाई उच्च प्राथमिकतामा राखिएकोे बताएका छन्।महामारीसँग जुध्न सजिलो नभएको भन्दै प्रधानमन्त्री ओलीले सरसफाइ, आनीबानी र दैनिक जीवनमा परिवर्तन गर्न आग्रह गरेका छन्। उनले भने,‘नियमित हात धुने गर्नुस, स्यानिटाइजर प्रयोग गर्नुस, सकेसम्म घरमै बस्नुस, चिकित्सकको सल्लाह मान्नुस तर आंतकित नबन्नुस।’कोरोना भाइरस…

बुटबलको धागो कारखानामा सय शय्याको आइसोलेसन अस्पताल

स्वास्थ्यसमाचार/ बुटवलस्थित धागो कारखानालाई अस्थायी अस्पतालका लागि प्रयोग गरिने भएको छ । बुटवल उपमहानगरपालिका र लुम्बिनी प्रादेशिक अस्पतालको सहकार्यमा बुटवल–१० स्थित कारखानामा कोरोना भाइरसका संक्रमितलाई राख्ने गरी आइसोलेनस अस्पतालको रुपमा प्रयोग गर्न लागिएको हो । बुटबल उपमहानगर पालिका नगर प्रमुख शिवराज सुवेदीको विशेष पहल र लुम्बिनी प्रादेशिक अस्पतालका अध्यक्ष सूर्यबहादुर भट्टराईसहित प्राविधिक, विशेषज्ञको टोली शुक्रवार बिहानैदेखि स्थलमा खटिएको छ । बुटवलमा क्वारेन्टाइनका लागि १सय कोठा तयार पारिएका छन् भने आइसोलेसनका लागि धागो कारखानामा करीब १०० सैयाकाको अस्पताल तयार पार्न लागिएको छ ।प्रादेशिक अस्पताल, निजी तथा सामुदायिक अस्पतालको समेत सहकार्यमा बुटवल…

महामारी नियन्त्रण गर्न जनस्वास्थ्यको अहम भुमिका :मन्त्री बराल

स्वास्थ्यसमाचार/ प्रदेश ५ का सामाजिक बिकास मन्त्री सुर्दशन बरालले महामारी नियन्त्रण गर्नका लागि जनस्वास्थ्यको अहम भुमिका हुने बताए । प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा बुटवलमा आयोजित महामारी रोकथाम सम्वन्धी अभिमुखिकरण कार्यक्रममा बोल्दै उनले जनस्वास्थ्य सम्वन्धी सरोकारका बिषय र जानकारीमुलक सन्देश सर्बसाधारण समक्ष नपुग्दा सोचे अनुसारको प्रगती हासील हुन नसकिरहेको बताए । स्वास्थ्य निकै सम्वेदनसिल बियष भएपनि योजना निर्माण र कार्यन्वयनको ढाँचा भने समय अनुकुल नहुदा बिनियोजन गरिएको बजेट समेत खर्च हुन नसकिरहेको मन्त्री बरालले वताए। कार्यक्रममा स्वास्थ्य निर्देशक डाक्टर बिनोद गिरी ,सामाजीक बिकास मन्त्रालय महाशाखा प्रमुख डाक्टर उमाशंकर चौधरी लगायतले वोलेका थिए…

कोरोना त्रास :रुपन्देहीका अधिकासं साप्ताहिक हाटबजार बन्द

स्वास्थ्यसमाचार/ विश्वका विभिन्न देशमा तीव्ररुपमा फैलिरहेको कोरोना कोभिड– १९ भाइरसको सर्तकता अपनाउनका लागी रुपन्देहीका हाटबजारहरु बन्द गरिएको छ ।   स्थानीय तहहरुले छुट्टाछुट्टै सूचना जारी गरी हाटबजार बन्द गर्ने निर्णय गरेका छन् । कोरोना भाइरसको संक्रमणबाट जोगिन केन्द्र, प्रदेश तथा स्थानीय सरकारले धेरै भिडभाड हुने सबै प्रकारका कार्यक्रम नगर्न आह्वान गरेलगत्तै रुपन्देहीका स्थानीय तहले यस्तो निर्णय गरे । जिल्लाको तिलोत्तमा नगरपालिकाले दुई दिन अगाडि आफ्नो क्षेत्रमा लाग्ने सबै हाटबजार बन्द गरेको थियो भने बिहीबार बुटवल उपमहानगरपालिका सैनामैना नगरपालिका सुद्धोधन गाउँपालिका लगायतले पनि हाटबजार बन्द गर्ने निर्णय गरेका छन । बुटवल…