बुटवल स्वास्थ्यको समिक्षा : गुणस्तरीय सेवा प्रदान गर्नुपर्नेमा जोड

स्वास्थ्यसमाचार/ बुटवल उपमहानगरपालिकाले आफु् मातहतका स्वास्थ्य संस्थाहरुबाट थप गुणस्तरीय सेवा प्रवाह गर्नुपर्नेमा जोड दिएको छ । उपमहानगरपालिकाबाट गत आर्थिक वर्ष २०७८/ ०७९ मा सञ्चालन भएका स्वास्थ्य सेवा सम्बन्धी समिक्षा कार्यक्रममा उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय,प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी लगायतले उक्त कुरामा जोड दिएका हुन् ।

उपमहानगरपालिकाका १२ वटा स्वास्थ्य संस्थाहरुबाट सञ्चालित भएका योजना र कार्यक्रमको समिक्षा गरिएको हो ।नियमित खोप कार्यक्रम , कोरोना विरुद्धको खोप अभियान प्रभावकारी देखिएपनि अन्य कार्यक्रम सन्तोषजनक रुपमा सञ्चालन हुन नसेको कार्यक्रममा प्रस्तुत गरिएका सुचाङ्कमा उल्लेख छ । खोप कार्यक्रमको सुचाङ्क सय प्रतिशतमा पुगे पनि अन्य कार्यक्रम ७० प्रतिशतको हाराहारीमा रहेका छन ।

क्षयरोग निवारण कार्यक्रम सञ्चालनको लागि गत वर्ष संघीय सरकारबाट आएको १ करोड बजेट आएपनि कार्यान्वयन हुन सकेन । बजेट फ्रिज हुँदा यस आर्थिक वर्षमा संघीय सरकारबाट आउने अनुदानमा कमी आएको उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक अधिकृत कल्पना भुषाल पाण्डेयले जानकारी दिइन् ।

कार्यक्रममा विभिन्न सुचाङ्कका आधारमा उपमहानगरपालिकाबाट सञ्चालनमा आएका स्वास्थ्य संस्थाहरुको सेवाको समिक्षा गरिएको र स्वास्थ्य क्षेत्रमा अभैं सुधार गर्नु पर्ने देखिएको उनले बताइन् ।सेमलार स्वास्थ्य केन्द्रमा २४ अ‍ै घण्टा बर्थिङ् सेन्टर सञ्चालनमा आएपनि सेवा लिनेको संख्यामा कमी आएको र थप सुधार गर्नु पर्ने देखिएको पाण्डेयको भनाई छ ।त्यस्तै गर्भवती सेवा , गर्भवती पछिको सेवा , प्राथमिक उपचारका सेवालाई प्रभावकारी सञ्चालनको लागि स्वास्थ्य संस्थाहरुलाई कार्यक्रममा निर्देशन दिईएको छ ।

उपमहानगरपालिकामा २ वटा स्वास्थ्य चौकी , ५ वटा शहरी स्वास्थ्य केन्द्र ,१ वटा शहरी स्वास्थ्य प्रबद्धन केन्द्र र ४ वटा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालमा रहेको स्वास्थ्य शाखाका प्रमुख युवराज पाण्डेयले जानकारी दिए ।कार्यक्रममा गत वर्षका कार्यक्रमको समिक्षासँगै यस आर्थिक वर्षमा गरिने कार्यक्रमहरुको तर्जुमा गरिएको उनले बताए । यस वर्ष उपमहानगरपालिकाले स्वास्थ्य क्षेत्रमा करिब ८ करोड बजेट छुट्टाएको पनि उनले जानकारी दिए ।

उपमहानगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत टेकराज पन्थीले तत्कालन देखिएका समस्या र सामाधानका उपाय सहितको समिक्षा र योजना तर्जुमा गरिनु पर्ने शुझाब दिए ।उनले स्वास्थ्य क्षेत्रमा आवश्यक पर्ने उपकरण ,तालिमको आवश्यकता , जनशक्तिको अवस्था र अब गर्नु पर्ने काम र लाग्ने बजेट सहितको योजना बनाउन स्वास्थ्य संस्थाहरुलाई निर्देशन दिए ।

लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोद गिरीले नगरका स्वास्थ्य संस्थाले प्रदान गर्ने सेवाहरुका सुचाङ्क सन्तोषजनक रहेपनि अझैं सुधार गर्नु पर्ने सुझाब दिए ।उनले संघ र प्रदेश सरकारबाट आउने स्वास्थ्य क्षेत्रका बजेटलाई प्रभावकारी रुपमा कार्यान्वयन गरिनु पर्ने बताए । दैनिक ओपिडी सेवा , खोप कार्यक्रम , सुरक्षित मात्तित्व सेवा , परिवार नियोजन , कुष्टरोग र क्षयरोग उपचार कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गर्न उनले शुझाब दिए ।

कार्यक्रममा उमहानगरपालिकाका मेयर खेलराज पाण्डेयले बुटवलमा नगर स्तरिय अस्पतालको आवश्यकता रहेको बताउदै नागरिकलाई सहज स्वास्थ्य सेवा प्रदान गर्नको लागि स्वास्थ्य कार्डको ब्यवस्था गरिने बताए । मेयर पाण्डेयले बुटवलको आम्दा अस्पतालको क्षमता बृद्धि गरि ३०० शैंयाको अस्पतालको रुपमा विकास गरिने जानकारी दिए ।

 

सम्बन्धित शिर्षक :