अर्घाखाचीमा स्वास्थ्यको समिक्षा सितगंगा नगरपालिका सर्वेत्कृष्ट

स्वास्थ्यसमाचार/ जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाचीकोे आयोजनामा जिल्लाका ६ वटा स्थानीय तहहरुबाट प्रवाह भएका स्वास्थ्य सेवाहरुको बारेमा प्रगति समीक्षा सम्पन्न भएको छ। तिन नगरपालिका र तिन गाउपालिका रहेको अर्घाखाचीमा बार्षिक समिक्षा सम्पन्न भएको हो।

प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेकोे प्रमुख आतिथ्यमा सम्पन्न वार्षिक समिक्षामा आर्थिक बर्ष ७८/७९ मा भए गरेका सफल कामहरु, हुन नसकेका कामहरुको बारेमा समीक्षा भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाचीका प्रमुख पुस्पा थापाले जिल्लामा स्वास्थ्य क्षेत्रमा गएको बर्ष भएका उपलब्धी, सफल अभ्यासहरु र हुन नसकेका कामहरु र हुन नसक्नु कारण सहित आगामी दिनहरुमा सुधार गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरेको बताए ।

कार्यक्रममा नगरपालिका तर्फ सितगंगा नगरपालिका सर्वेत्कृष्ट भएको छ। भने गाउँ पालिका तर्फ छत्रदेब गाउँपालिका प्रथम भएको छ।समिक्षामा सितगंगा नगरपालिका स्वास्थ्य शाखा प्रमुख नमनारायण बेलवासे र छत्रदेब गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बुद्धि न्यौपानेलार्ई प्रसंसापत्र सहित सम्मान गरिएको छ ।

पछिल्लो समयमा जिल्लाको स्वास्थ्य अबस्थाका बारेमा जानकारी दिदै प्रमुख थापाले कोरोना संक्रमणको अग्रभागमा रहेर स्वास्थ्यक्रर्मीहरुले गरेको कामको प्रशंसा गरेका थिए । उनले अझैं पनि स्वाथ्य कर्मीहरुलाई खटेर लाग्न आग्रह समेत गरेका थिए ।

सम्बन्धित शिर्षक :