स्वास्थ्यमा सिद्धार्थनगरको फड्को जिल्लाकै,उत्कृष्ट पालिका बन्न सफल

स्वास्थ्यसमाचार/ रुपन्देही जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीको बार्षिक प्रगति समिक्षा तथा योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ। आर्थिक बर्ष २०७८÷०७९ मा गरिएका कामको समिक्षा सगै सुरु भएका कार्यक्रमको बार्षिक प्रगति समिक्षा तथा योजना तर्जुमा गोष्ठी सियारीमा सम्पन्न भएको हो।

कार्यक्रममा पालिकाका स्वास्थ्य शाखाले ७८/७९ मा बर्ष भरीमा गरेका कामको बारेमा समिक्षा गरिएको स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख गौरब ढकालले वताए। उनले रुपन्देहीका १६ वटै पालिकामा स्वास्थ्यको अबस्था त्याहा संञ्चातिल कार्यक्रम औषधी, पोषण, खोप, शुरक्षित मातृत्व, क्षयरोग, कुष्ठरोग, एचआईची, मलेरिया, सिकलसेल एनेमिया लगाएतका क्षेत्रमा गरिएको सुचकहरु राम्रो रहेको बताए ।

कार्यक्रममा जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमकान्त चपाईले जिल्लामा मर्चबार दुर्गम रहेको भनेर भन्ने सबैलाई स्वास्थ्यले राम्रो नतिजा देखाएर उदाहरणीय कार्यगरेको बताए। त्यस क्षेत्रका जन प्रतिनिधिहरुले स्वास्थ्यवाट पाठ सिकेर अघिबढनु पर्ने चपाईले बताए। उनले रुपन्देहीको स्वास्थ्यको सुचकहरु राम्रो रहेको र अझै गुणस्तरि सेवाका लागी लाग्नु पर्ने बताए।

कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका मेयर ईश्तियाक अहमद खानले स्वास्थ्यकर्मिहरुले मानब सेवा गर्नु भएको छ यो भन्दा ठुलो सेवा केहि हुन नसक्ने वताए ।उनले अझै गुणस्तरीय सेवा दिनु पर्ने बताए । कार्यक्रममा लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिब डा. बिकास देबकोटा, स्वास्थ्य निर्देशक डा. बिनोद गिरी, तथ्याक अधिकृत टुक प्रसाद पोखरेलले सेभद चिल्डेनका मिन बहादुर सिह वोल्दै रुपन्देहीका पालिकामा रहेका स्वास्थ्य कार्यलय प्रदान गर्ने सेवा गुणस्तरीय र जनमुखि रहेको वताए ।

उनले स्वास्थ्यकर्मिलाई आबश्यक तालिम लगायका कार्यक्रम संञ्चालनका लागी बजेट बिनियोजन गरेको बताए।उनीहरुले स्वास्थ्य कार्यालय रुपन्देहीको समन्यनकारी भुमिकाले रुपन्देहीे स्थानियतहका स्वास्थ्यकार्यलयले कोभिड १९ को खोप, पोषण लगाएतमा उत्कृष्ट काम गरेको वताए ।समिक्षा कार्यक्रममा स्वास्थ्य कार्यालय, १६ बटै पालिकाका स्वास्थ्य शाखामा कार्यरत प्रमुख तथा अन्य कर्मचारी लगाएत सहभागिता रहेको कार्यक्रमको जिल्ला स्वास्थ्य कार्यलयका प्रमुख गौरव ढकालको अध्यक्षता र खोप अधिकृत भेषराज शर्माको संञ्चालनमा भएको थियो।

सुचकहरुका आधारमा मुल्यांकन सिद्धार्थनगरपालिका प्रथम

पालिकाले स्वास्थ्य क्षेत्रमा गरेका गतिविधिको आधारमा मुल्यांकन गर्दा सिद्धार्थनगरपालिका प्रथम समरीमाई र मर्चवारमाई दोश्रो देबदह नगरपालिका तेश्रो र सियारी गाउँपालिका चाथौ भएको जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका प्रमुख गौरव ढकालले बताए ।

सिद्धार्थनगरपालिका स्वास्थ्य शाखा प्रमुख गिता पोखरेलले गत अथक प्रयासका बिच पहिलो भएकोमा खुसी ब्यक्तगदै भनिन गत बर्ष हामी अन्तिम दोश्रोमा थियौ अहिले प्रथम बन्न सकेका छौ अर्काे बर्षको लागि पनि पहिलो बन्ने छौ पोखरेलले भनिन। जिल्लाको अत्यन्त विकट रुपन्देहीकोे कर्णाली मानिने रुपन्देहीका समरीमाई र मर्चवारीमाई गाउँपालिकाले विभिन्न समस्याका बाबजुद पनि स्वास्थ्य क्षेत्रमा उल्लेखनीय कार्य गरेका छन।

स्वास्थ्यमा यिनीहरुले अब्बल गाउँपालिकाका रुपमा परिचीत बनाएका छन। प्रथम दाश्रो तेश्रो र चौथो हुनेलाई जिल्ला समन्य समिति प्रमुख ,जिल्ला स्वास्थ्य प्रमुख ,सिद्धार्थनगर प्रमुखले प्रमाणपत्र खादा द्धारा सम्मान गरेका थिए ।

बिभिन्न संस्थाहरुलाई सम्मान

जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीको बार्षिक प्रगति समिक्षा तथा योजना तर्जुमा गोष्ठीमा बिभिन्न संस्था तथा ब्यक्तीलाई सम्मान गरिएको छ । जिल्ला स्वास्थ्य कार्यसंग सहकार्य गर्ने बिभिन्न संस्थाहरु कोरोना बिरुद्धको पुर्ण खोप सुनिश्चीता पहिलो पालिका सैनामैना नगरपालिका र तिलोत्तमा नगरपालिका ,देसकै पहिलो कोरोना बिरुद्धको पुर्ण खोप सुनिश्चीता उपमहानगरपालिका बुटबल उपमहानगरपालिका,संस्थागत सुत्केरी वडा मायादेबि गाउँपालिका,पोषण मैत्री वडा मर्चबारी गाउँपालिका कोरोना बिरुद्धको खोप सुनिश्चीता मर्चबारी गाउँपालिका, स्वास्थ्य कार्यलयका अधिकृतहरु तथा अन्य कर्मचारीहरुलाई सम्मान गरिएको थियो। समिक्षा तथा योजना तर्जुमा गोष्ठि २ दिन सम्म चलेको थियो।

सम्बन्धित शिर्षक :