प्रदेश स्वास्थ्य आपुर्ति व्यबस्थापन केन्द्र लुम्बिनीको निर्देशकमा चौधरी

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको प्रमुखको जिम्मेवारी रोशनलाल चौधरी पाएका छन्।

स्वास्थ्य मन्त्रालय लुम्बिनीले चौधरीलाई स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको प्रमुखमा सरुवा गरेको हो।गत फागुन १० गते प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निर्देशक दिनेश कुमार चापागाई उमेरहदको कारण अबकास भएपछि खाली रहेको केन्द्रमा चौधरीलाई प्रमुखको जिम्मेवारी दिएको छ।

बरिष्ठ जनस्वास्थ्य प्रशासक चौधरी प्रदेश स्वास्थ्य निर्देशनालयमा कार्यरत रहेका थिए। प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र लुम्बिनी प्रदेश यस प्रदेशमा स्वास्थ्य आपूर्तिको प्रमुख प्राविधिक र प्रशासनिक इकाई हो। यस केन्द्रले प्रदेशमा स्वास्थ्यसंग सम्बन्धित आपूर्तिको उचित व्यवस्थापन सुनिश्चित गर्दछ ।

आपूर्ति श्रृखला व्यवस्थापन सम्बन्धमा भएका सुधारका कार्य तथा प्रदेश स्तरमा अत्यावश्यक औषधीहरु एवं सबै किसिमका स्वास्थ्य सामाग्री प्रवाहको पुनरावलोकन एवं आवश्यक प्रक्षेपण अत्यावश्यक औषधिहरु एवं सबै किसिमका स्वास्थ्य सामग्रीहरु औजार उपकरणकोको खरिद, भण्डारण, वितरण र ढुवानी चुस्त–दुरुस्त राख्ने गर्दछ।

सम्बन्धित शिर्षक :