८० प्रतिशतसम्मका स्वास्थ्य समस्या मानिसको आफ्नै कारणले हुने

स्वास्थ्यसमाचार/ सरकारले अस्पतालको स्तरबृद्धि मात्रै नभई नागरिकलाई रोग नलाग्ने वातावरणको सृजना गर्नु पर्ने एक कार्यक्रममा बताईएको छ।

बुटबलमा मिडियाकर्मी र स्वास्थ्यकर्मीहरुका लागि स्वास्थ्य प्रवध्र्दन सेवा सम्बन्धी पैरवी कार्यक्रममा वोल्दै लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका स्वास्थ्य शिक्षा अधिकृत भरत कुँवरले ८० प्रतिशतसम्मका स्वास्थ्य समस्या मानिसको आफ्नै कारणले हुने गरेकोले वताए।

उनले सरकारले अस्पतालको स्तरबृद्धिलाई ध्यानमा नराखि रोगलाई रोक्ने वातावरण तर्फ पनि ध्यान दिन आवश्यक रहेको वताए । बाँकी २० प्रतिशत रोग मात्रै विभिन्न कारणले लाग्ने उनको भनाई छ।  कुंवरले मानिस स्वास्थ्य रहनु भनेको शारीरिक रुपमा मात्रै ठिक हुने मात्रै नभई मानसिक र भावनात्मक रुपमा समेत ठिक हुनु रहेको बताए ।

विश्व स्वास्थ्य संगठनले कम्तीमा पनि १० प्रतिशतसम्म बजेट सरकारले स्वास्थ्यका क्षेत्रमा लगानी गर्नु पर्ने बताउने गरे पनि ५/६ प्रतिशत मात्रै स्वास्थ्यमा बजेट छुटाउने गरिकाले यसतर्फ ध्यान दिन आग्रह गरे ।

कार्यक्रममा बुटवल उपमहानगरपालिका स्वास्थ्य शाखाका प्रमुख युवराज पाण्डेले खानपानमा ध्यान दिए नसर्ने रोगबाट बच्न सकिने भएकाले खानपानमा विशेष ध्यान दिनु पर्ने बताए। साथै बुटवल उपमहानगरपालिका भित्रका नागरिकमा पनि नसर्ने रोग लाग्नेको संख्या बढ्दै रहेकाले स्वास्थ्यमा विशेष ध्यान दिन आग्रह गरे ।

कार्यक्रममा बुटवल उपमहानगरपालिका प्रेस बिज्ञ सिपि खनालले मोफोसलका पत्रकारहरुले सबै विटमा कमल चलाउनु पर्ने बाध्यता रहे पनि पछिल्लो समयमा स्वास्थ्य सम्बन्धी धेरै रिपोर्ट मोफोसलबाट नै आउने गरेको बताए ।

सम्बन्धित शिर्षक :