लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा. बिनोद गिरी नियुक्त

स्वास्थ्यसमाचार / डाक्टर विनोदकुमार गिरी लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा नियुक्त भएका छन् । सोमबार बसेको लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले एघारौँ तहका डा गिरीलाई स्वास्थ्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।

यसअघि त्यहाँ सचिव रहेका डा विकास देवकोटा बाह्रौँ तहमा बढुवा भई संघीय स्वास्थ्य मन्त्रालयमा आएपछि लुम्बिनीको स्वास्थ्य मन्त्रालय सचिव विहीन थियो । डा गिरी यसअघि प्रदेश स्वास्थ्य निर्देशनालयमा निर्देशकको जिम्मेवारीमा थिए ।

लुम्बिनी प्रदेश सरकार (मन्त्रिपरिषद्) को मिति २०७९/१२/ २० गतेको निर्णानुसार तपाईलाई थप हार्दिक दायित्व नपर्ने गरि अर्को व्यवस्था नभए सम्मको लागि स्वास्थ्यं मन्त्रालय लुम्बिनी मा रिक्त रहेको प्रदेश सचिव पदको जिम्मेवारीमा रहि कामकाज गर्ने गरि खटाइएको व्यहोरा अनुरोध छ ।

डा गिरीले आजको मन्त्रिपरिषद् बैठकको निर्णयपछि आजै देखि नै आफूले स्वास्थ्य मन्त्रालयमा गई कार्यभार सम्हालेको बताए ।

 

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :