स्वास्थ्यसमाचार /लुम्बिनी प्रदेश सरकारले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको मेडिकल सुपरिटेण्डेन्टमा डाक्टर सुदर्शन थापालाई नियुक्त गरेको छ ।
आज बसेको मन्त्रिपरिषद बैठकले डा. थापालाई लुम्बिनी प्रादेशिक अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट नियुक्त गर्ने निर्णय गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।
थापा १०औं तहका फिजिसियन डाक्टर हुन् । कोरोना संक्रमणकालको सुरुमा प्रादेशिक अस्पतालमा उनले फोकल पर्सनको रुपमा काम गरेका थिए ।
बैठकले जिल्ला अस्पताल पाल्पामा कार्यरत डा. विष्णु गौतमलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा र लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा कार्यरत डा. इन्द्र ढकाललाई जिल्ला अस्पताल पाल्पामा सरुवा गर्ने निर्णय गरेको छ ।
लुम्बिनी प्रदेश सरकारको आजको मन्त्रीपरिषद्का निर्णयहरु
१ लुम्बिनी प्रादेशीक अस्पताल बुटवलको मेडिकल सुपरिटेण्डेण्टमा डा. सुदर्शन थापा नियुक्त ।
२ जिल्ला अस्पताल पाल्पामा कार्यरत डा. विष्णु गौतमलाई लुम्बिनी प्रादेशीक अस्पताल बुटवलमा सरुवा र लुम्बिनी प्रादेशीक अस्पताल बुटवलमा कार्यरत डा. इन्द्र ढकाललाई जिल्ला अस्पताल पाल्पामा सरुवा ।
प्रतिकया दिनुहोस्