नेपाल स्वास्थ्यकर्मी युनियन लुम्बिनी प्रदेश संयोजकमा अर्याल

स्वास्थ्यसमाचार /नेपाल स्वास्थ्यकर्मी युनियन लुम्बिनी प्रदेश संयोजकमा नारायणप्रसाद अर्याल सर्वसम्मत निर्वाचित भएका छन् । गुल्मीको तम्घासस्थित बालमन्दिरमा आयोजित स्वास्थ्यकर्मीहरुको भेलाले अर्यालको नेतृत्वमा कार्यसमिति चयन गरेको हो ।

युनियनको उपाध्यक्षमा दिलबहादुर थापा, महिला उपाध्यक्षमा इन्दु घर्तिमगर, सचिवमा प्रमोद ज्ञवाली, सहसचिवमा सपना टण्डन, कोषाध्यक्षमा रेनुका पाण्डेय र सहकोषाध्यक्षमा ढुण्डिराज पन्थी निर्वाचित भएका निर्वाचन समिति संयोजक पशुपति आचार्यले वताए ।

सदस्यहरुमा भगवती ज्ञवाली, मिलन खासु, मनिषा नेपाली, लक्ष्मी श्रेष्ठ, सुमन पन्थी, श्यामसुन्दर पोख्रेल, ठाकुर ज्ञवाली, पशुपति कँडेल, रोशन घर्ति, शेषराज खत्री, तोमबहादुर श्रीष, गोविन्दराज अर्याल र रमेशराज मरासिनी निर्वाचित भएका छन् ।

नेपाल स्वास्थ्यकर्मी युनियनका केन्द्रीय अध्यक्ष उज्जल शर्माले स्थानीय तह सवलीकरण नहुँदा थुप्रै स्वास्थ्यकर्मीहरुले दुःख पाएका बताए । संघ, प्रदेश र स्थानीय तहमा ऐन तथा श्रोत र साधनबीना स्वास्थ्यकर्मी समायोजन गरिएकाले अवस्था अस्तव्यस्त बनेको शर्माले टिप्पणी गरे।

गर्दै शर्माले स्वास्थ्यकर्मीलाई ग्रेड २ को लोभ देखाएर स्थानीय र प्रदेश तहमा पठाउने र पछि खोस्ने प्रवृत्तिको विरोध गरे । उनले कोभिडको विषम परिस्थितिमा निजामती कर्मचारीले दुई वर्ष सुतेर तलब खाएपछि जोखिमयुक्त सेवामा दिनरात भिडेका स्वास्थकर्मीलाई एक रुपैयाँ प्रोत्साहन भत्ता नदिनु निकै दुखको विषय भएको बताए ।

कार्यक्रममा केन्द्रीय सचिव डाक्टर संगम खाईजुले आवश्यकताले संगठन र आन्दोलन जन्मने उल्लेख गर्दै नेपाल स्वास्थ्यकर्मी युनियन गठन भएको बताए । पेशामा छुट्टा–छुट्टै विचार बोकेर उद्देश्य प्राप्त नहुने भएकाले सवै एकजुट बन्नुपर्नेमा उनको जोड थियो।

युनियनका वरिष्ठ सदस्य सुमेन्द्रराज जोशीले संघीयताको नाममा थुप्रै स्वास्थ्यकर्मीहरुको अधिकारका मुद्दा ओझेलमा परेको उल्लेख गरे । केन्द्रीय सचिवालय सदस्य लता महतले हरेक अप्ठ्यारामा स्वतन्त्र संगठन चाहिने भएकाले गाउँ–गाउँबाट सवै स्वास्थ्यकर्मीहरु एकताबद्ध बन्नुपर्नेमा जोड दिइन् ।

 

सम्बन्धित शिर्षक :