रुपन्देहीमा २ सय बढी बालबालिका अटिजम प्रभावित

स्वास्थ्यसमाचार /विश्व अटिजम जागरुकता दिवसको अवसरमा बुटवलमा जनचेतनामुलक ¥याली प्रदर्शन गरिएको छ ।
अटिजम केयर शोसाईटी लुम्बिनीले १६ औं विश्व अटिजम जागरुकता दिवसको अवसरमा आईतबार बुटवलमा जनचेतनामुलक ¥याली प्रदर्शन गरेको हो ।

अटिजम प्रभावित बालबालिकाको लागि आवश्यक सहयोग बढाउन चेतना फैल्याउने उद्देश्यले सन् २००८ देखि अप्रिल २ मा विश्व अटिजम जागरुकता दिवस मनाउन थालिएको हो ।

अटिजम स्पेन्ट्रम डिसअर्डर रोग नभई एउटा अवस्था हो भनेर समुदायमा जनचेतना फैल्याउनको लागि अटिजम भएका बालबालिकाका अभिभावक सहित चेतनामुलक ¥याली प्रदर्शन गरिएको अटिजम केयर शोसाईटी लुम्बिनीका अध्यक्ष डा. सतिस रुपाखेतीले बताउनु भयो ।

समुदायमा अटिजमको विषयमा चेतना नहुँदा अटिजम प्रभावित उपचारको दायरामा आउन नसकेको उहाँको भनाई छ ।उहाँका अनुसार रुपन्देहीमा करिव २ सय जना बालबालिका अटिजम प्रभावित छन् । त्यसमध्ये एक सय जना बालबालिकाका अभिभावक अटिजम केयर शोसाईटीमा आवद्ध छन् ।

अटिजम बालबालिकामा देखिने एक प्रकारको मानसिक जस्तै समस्या हो । अटिजम प्रभावित बालकालिकामा उनीहरुले गर्ने संवाद, कृयाकलाप लगायतका कुराहरुमा अस्वभाविक व्यवहार देखा पर्दछ । यो जन्मजात समस्या हो । तर के कारणले हुन्छ ? यस विषयमा अहिलेसम्म केही पत्ता लागेको छैन ।

यद्यपी वैज्ञानिकहरुले वंशाणुगत समस्या भएको अनुमान गरेका छन् । नेपालमा कुल जनसंख्याको १ प्रतिशतमा यो समस्या रहेको अनुमान गरिएको छ ।

बालबालिकाले संकेत देखाउने हुँदा ती संकेतका आधारमा अटिजम पहिचान गर्न सकिन्छ । अटिजम भएका बालबालिकाले बोलाउँदा नसुने जस्तो गर्ने, आँखा जुधाएर हेर्न नसक्ने, समूहमा समायोजन हुन नसक्ने, एउटै काम दोहोराएर गर्ने जस्ता संकेत देखाउने गर्दछन् ।

त्यस्तो संकेत देखिएका बालबालिकालाई चिकित्सकसँग परामर्श लिनु पर्ने अध्यक्ष रुपाखेतीको सल्लाह छ । अटिजमको बारेमा विश्वमा धेरै अध्ययन भएका छन् । उपचार पद्धतीको बारेमा भने प्रमाणित हुन सकेको छैन ।

सम्बन्धित शिर्षक :