मातातीर्थ औँसी :यसरी राख्नुहोस् आमाको स्वास्थ्यको ख्याल

स्वास्थ्यसमाचार/आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन । आजको दिन सबै सन्तानले आफ्नो जन्म र कर्म दिने आमाको मुख हेरेर मिठो खाने कुरा र उपहार दिएर मनाउने गर्छन् । आमा नभएकाहरु आमातीर्थ कुण्डमा गएर यो दिन मनाउने गर्छन् । मातातीर्थ औँसी मनाइरहँदा आमाको स्वास्थ्यलाई तपाईंले कतिको ख्याल गर्नुहुन्छ भन्ने पनि आवश्यक हुन्छ । मातातीर्थका दिन आमालाई दिइने उपहार उनको जीवनभरि नै ख्याल गर्नु हो । आमाको स्वास्थ्यको ख्याल तपाईंले सँधैभरि गरिरहनुभयो भने आमालाई आजको दिन मात्रै ख्याल गर्नुपर्दैन । आमाको लामो आयू र स्वास्थ जीवन चाहनुहुन्छ भने उनको स्वास्थ्यको…

तिलोत्तमाका सबै माध्यमिक विद्यालयमा नर्स राख्ने एमालेको योजना

स्वास्थ्यसमाचार /एमालेले रुपन्देहीको तिलोत्तमाका नगरपालिकाका सबै माध्यमिक विद्यालयहरुमा विद्यालय नर्स कार्यक्रम लागू गर्ने योजना अगाडि सारेको छ । विद्यार्थीहरुको स्वास्थ्य चेकजाँचलाई मध्यनजर गर्दै एमालेले यस्तो योजना अगाडि सारेको हो । चुनावी प्रतिवद्धता पत्र मार्फत एमालेले नर्स कार्यक्रम लागू गरी विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुको स्वास्थ्य चेकजाँचको व्यवस्था गर्ने र प्राथमिक उपचारको समेत प्रवन्ध गर्ने योजना ल्याएको छ । हाल तिलोत्तमा नगरपालिकाभित्रका १२ वटा सामुदायिक माध्यमिक विद्यालयमा विद्यालय नर्स कार्यक्रम लागु भएको छ । आगामी पाँच वर्ष भित्रमा सबै माध्यमिक विद्यालयहरूमा विद्यालय नर्स कार्यक्रम विस्तार गर्ने र यसका लागि संघ र प्रदेश सरकारसँग…

अपाङ्गमैत्री स्वास्थ्य सेवाको लागी लुम्बिनी प्रादेशिक अस्पतालका स्वास्थ्यकर्मिलाई अभिमुखिकरण

स्वास्थ्यसमाचार लुम्बिनी प्रादेशिक अस्पतालमा अपाङ्ग मैत्री स्वास्थ्य सेवाको लागी स्वास्थ्यकर्मिहरुलाई अभिमुखिकरण गरिएको छ।उपचारका लागी आउने अपाङ्गहरुलाई सहजहोस भन्ने उदेश्यका साथ स्वास्थ्य सेवा प्रदायकलाई अभिमुखिकरण गरिएको हो । लुम्बिनी प्रदेश स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालयका सचिव डा विकास देबकोटाको प्रमुख आतिथ्य,लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा ईन्द्र ढकालको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथी डा देवकोटाले अपाङ्गमैत्री स्वास्थ्य सेवाका लागी मन्त्रालयले निति नियम तथा बजेट बिनियोजन गरेर यो सेवालाई प्रभाबकारी बनाउदै गएको बताए।   उनले सबै अस्पताल तथा स्वास्थ्य संस्थामा उपचारमा आउने लाई सहज सेवादिने ब्यबस्था मिलाउन पहल गर्ने बताए ।लुम्बिनी…

तिलोत्तमामा कांग्रेस–माओवादीको प्रतिबद्धतापत्र सार्बजनिक

स्वास्थ्यसमाचार/ भ्रष्टचारमुक्त तिलोत्तमा नगर भन्ने मुल मन्त्रसहित रुपन्देहीको तिलोत्तमामा गठबन्धनले प्रतिबद्धतापत्र सार्बजनिक गरेको छ ।यहि बैसाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेस र नेकपा माओबादी केन्द्रको गठबन्धनले संयुक्त घोषणापत्र सार्बजनिक गरेको हो । नगरमा प्रमुखका उम्मेदबार रामकृष्ण खांण र उपप्रमुखका उम्मेदवार हेमन्त पाण्डेले संयुक्त प्रतिबद्धता पत्र सार्बजनिक गर्दै गठबन्धनका उम्मेदवारलाइ मतदान गर्न आब्हान गर्नुभयो ।प्रतिबद्धतापत्रमा नगरमा प्रमुखका उम्मेदबार रामकृष्ण खांणकोे प्रतिबद्धतापत्रमा हालको तिलोत्तमा नगरपालिकाको भवनलाई तिलोतमा नगर अस्पतालमा रूपान्तरण गरिने उल्लेख छ । नगरका प्रत्येक वडामा रहेका स्वास्थ्य चौकीको गुणस्तर वृद्धि गरिने र हरेक वडामा अपाङ्गता भएका…

नर्सिङ काउन्सिलकी पूर्व सदस्य जिता बरालको नर्सिङ लाइसेन्स खारेज

स्वास्थ्यसमाचार/ दुई वर्षअघि ट्रमा भएको एक घटनामा विवादित बनेकी नर्स जिता बरालको नाम नर्सिङ काउन्सिलले दर्ता किताबबाट हटाएको छ । ९ बैशाखमा नर्सिङ काउन्सिलले जारी गरेको सूचनाअनुसार नर्स बरालको दर्ता नं ८८९४ परिषद्को दर्ता किताब हटाइएको छ । नर्सिङ काउन्सिलको सदस्य रहेकै बखब २०७७ असोज ६ मा ट्रमा सेन्टरमा बरालले जथाभावी गालीगलौज र अभद्र व्यवहार गरेको भिडियो सार्वजनिक भएको थियो । सो भिडियो सार्वजनिक भएसँगै ट्रमा सेन्टरका तत्कालीन नि। प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा सन्तोष पौडेलले काउन्सिललाई आवश्यक कारवाहीका लागि पत्र पठाएका थिए । डा पौडेलको उक्त पत्रपछि काउन्सिलले छानविन प्रक्रिया…

लुम्बिनी मेडिकल कलेजको पाचौँ तलाबाट हाम फाल्दा गंगा बहादुरको मृत्यु

स्वास्थ्यसमाचार/ पाल्पा स्थित लुम्बिनी मेडिकल कलेजबाट हाम फालेर एकजनाको मृत्यु भएको छ । रामपुर नगरपालिका –७ कठानका ४२ वर्षीय गंगा बहादुर सोमैको अस्पतालको छतबाट हाम फालेर मृत्यु भएको हो । गत बैशाख ९ गते भाइको घर पाल्पा रामपुरबाट आफ्नो घरतर्फ जाने क्रममा घर नजिकै सडकको नालीमा लडेको अवस्थामा स्थानीयले उनलाई फेला पारेका थिए ।लडेर घाइते भएका सोमैलाई उपचारका लागि रामपुर अस्पताल पुर्‍याइएकोमा त्यहाँ उपचार हुन नसक्दा थप उपचारका लागि लुम्बिनी मेडिकल कलेजमा रिफर गरिएको थियो। उपचारका क्रममा रहेका सोमैले अस्पतालको पाचौं तलाबाट हाम फालेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ…

प्राकृतिक चिकित्सा पद्धति विस्तारका लागि सचेतना फैलाऊँ

प्रा देवी भक्त ढकाल/ प्राणी मात्रको जीवनसँग एउटामात्र यस्तो साथी छ जसले सधैं-सधैं जीवलाई साथ दिन्छ । दुःखमा होस्, सुखमा, आँसु वा रोदनमा होस्, बाल्यकाल, यौवनकाल, वृद्धावस्थामा नै किन नहोस् सबै समयमा साथ दिने भनेको एउटामात्र साथी छ । त्यो हो जीवनको पर्यायवाची शब्द श्वासप्रश्वास । श्वासप्रश्वास र जीवनको सम्बन्धको व्याख्यान जटिल विषय हो । जीवसँग श्वासप्रश्वास छुट्टिने कल्पनासम्म गर्न सकिन्नँ । श्वासप्रश्वास र जीवनको नितान्त अभिन्न सम्बन्ध छ । जीवनसँगबाट श्वासप्रश्वासको तत्व छुट्टियो भने जीवको अस्तित्व तत् क्षण नै समाप्त हुन्छ । श्वासप्रश्वास र जीवनलाई भिन्नाभिन्नै कल्पना नै गर्न…

‘विश्व औलो दिवस’ : जनशक्ति , किट र बजेटको अभावले लक्ष्यमा पुग्न समस्या

स्वास्थ्यसमाचार /औलोभार कम गर्न नयाँपनमा जोड दिऔं र जीवन बचाऔं भन्ने नाराका साथ सोमबार देशभर विश्व औलो दिवस मनाईएको छ।रुपन्देहीको बुटवल र भैरहवामा पनि औलो दिवस मनाइएको छ।बुटबलमा अन्तरक्रियाको आयोजना गरी विश्व औलो दिवस मनाइएको हो। लुम्बिनी प्रदेश स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालय,स्वास्थ्य निर्देशनालयले अन्तरक्रियाको आयोजना गरेको हो।सन् २०२५ सम्ममा नेपाललाई औलो मुक्त राष्ट्र बनाउने सरकारको परिकल्पना छ। औलोमुक्त राष्ट्र बनाउने लक्ष्य अनुसार २०२२ अर्थात यस वर्ष स्थानीय औलोलाई शुन्यमा पुराउने र औलोबाट हुने मृत्यु दर शुन्यमा कायम गर्ने सरकारको योजना छ। तर दक्ष जनशक्तिको अभाव, किटको अभाव र…

कांग्रेसको स्वास्थ्य संकल्प : निःशुल्क स्वास्थ्य बीमादेखि सुत्केरी महिलालाई ५ हजार भत्तासम्म

स्वास्थ्यसमाचार/कांग्रेसले सबैलाई स्वास्थ्य बीमा, सबल स्वास्थ्य प्रणाली, घरमै स्वास्थ्य सेवा, जनस्वास्थ्यमा लगानी भन्ने नारासहित स्वास्थ्य क्षेत्रमा पनि लोकप्रिय अवधारणा अघि सारेको छ । कांग्रेसले हाल बढ्दो नसर्ने रोगको भार न्यून गर्न, स्वास्थ्यमा जनताको खल्तीबाट हनुे खर्च कम गर्न, संविधान र दिगो विकासका लक्ष्यअनुसार स्वास्थ्य सेवामा नागरिकको सहज पहुँच कायम गर्न गुणस्तरीय स्वास्थ्य सेवालाई आफ्नो सरकारले उच्च प्राथमिकतामा राख्ने घोषणा गरेको छ । कांग्रेसको नेतृत्व भएका स्थानीय तहले स्वास्थ्य क्षेत्रको बजेट कम्तिमा १० प्रतिशत पुर्‍याउने घोषणा गरेको छ । त्यस्तै, हरेक वडामा आधारभूत स्वास्थ्य केन्द्र, गाउँ–नगरपालिकामा विशेषज्ञ सेवा सहितको प्राथमिक अस्पताल,…

पाल्पाको तिनाउ जिल्लामै पहिलो पुर्ण खोप शुनिश्चित गाउँपालिका घोषणा

स्वास्थ्यसमाचार/पाल्पाको तिनाउ गाउँपालिका जिल्लामै पहिलो कोभिड १९ विरुद्धको पुर्ण खोप शुनिश्चित गाउँपालिका घोषणा भएको छ । ९५ प्रतिशत नागरिकलाई खोप लगाई सम्पन्न भएकाले तिनाउलाई पुर्ण खोप शुनिश्चित गाउँपालिका घोषणा गरिएको हो । गाउँपालिकाका १२ बर्ष सम्मका उमेर समुहलाई खोप लगाईएको छ । ३६ जना स्वास्थ्यकर्मी, ३८ जना स्वयंसेवीका र ३ जना निगरानी सदस्य खोप अभियानमा खटिएका थिए । घोषणा कार्यक्रममा स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा राजेन्द्र गिरीले पुर्ण खोप लगाउने काममा तिनाउका स्वास्थ्यकर्मी, कर्मचारी र स्वयंसेविका निकै जिम्मेवार तरिकाले लागिपरेको बताउनुभयो । डाक्टर गिरिले थोरै स्थानिय तहहरुले मात्र मसिनो ढङ्गले…