लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयद्धारा ५५ कर्मचारीको सरुवा

स्वास्थ्यसमाचार /लुम्बिनी प्रदेशको स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालयले ५५ कर्मचारीको सरुवा गरेको छ। मन्त्रालयले २५ जनाको सरुवा र ३० जनालाई कामकाज गर्न खटाएको हो । मन्त्रालयले असोज १५ गते सचिवस्तरिय निर्णय अनुसार कर्माचारीको सरुवा र कामकाजका लागि खटाएको हो।  

ज्येष्ठ नागरिक दिवसका अबसरमा अस्पतालमा फलफुल बितरण

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा ज्येष्ठ नागरिक दिवसका अबसरमा ज्येष्ठ नागरिकलाई फलफुल बितरण गरिएको छ। अस्पतालमा आज उपचाररत बिरामी तथा बिरामीका आफन्तलाई फलफुल बितरण गरिएको हो । अस्पतालका भर्ना भएका ज्येष्ठ नागरिकलाई फलफुल र जुस बितरण गरिएको अस्पतालका नर्सिड ईन्र्चाज ज्योती पौडेलले बताईन। फलफुल बितरण कार्यक्रम अस्पतालका तपसी चौधरी,चेतनारायण न्यौपाने ,श्रीराम पान्डे ,ज्योती पौडेल, नेत्र आर्चाय,राम प्रसाद अर्याल ,रुपलाल पन्थी ,नेत्रलाल पान्डे ,सुनिल खत्री ,गिता ज्ञाबली, माधुरी ज्ञाबली लगायतको सहभागी रहेको थियो। सन् २००१ देखि हरेक वर्ष ज्येष्ठ नागरिकको सम्मानमा यो दिवस मनाउने गरिन्छ । यस वर्षको ज्येष्ठ नागरिक दिवसको…

भेरी अस्पताल नेपालगञ्जको मेसुमा डा विरेन्द्रबहादुर चन्द नियुक्त

स्वास्थ्यसमाचार / भेरी अस्पताल नेपालगनजको मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी डा विरेन्द्रबहादुर चन्दलाई दिइएको छ। स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले राज्यमन्त्रीस्तरीय निर्णय गर्दै डा चन्दलाई उक्त जिम्मेवारी दिएका हुन्। चन्दले यसअघि पनि मेसुको जिम्वेवारी निर्वाह गरिसकेका छन्। डा चन्द एघारौँं तहका वरिष्ठ कन्सलट्यान्ट रेडियोलोजिष्ट हुन्। यसअघि, भेरी अस्पतालको मेसुको जिम्मेवारीमा प्रकाश थापा कार्यरत थिए।

मृगौलापीडित ठकुरीको उपचारका लागि लायन्स भैरहवा ग्रीन सिटीद्वारा सहयोग

स्वास्थ्यसमाचार /सामाजिक क्षेत्रमा क्रियाशिल लायन्स क्लब अफ भैरहवा ग्रीन सिटीले मृगौलासम्बन्धि समस्या भएका विरामीलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ । क्लबले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–९ गोलिगढका पृथ्वी बहादुर जियु ठकुरीको उपचारका लागि आर्थिक सहयोग हस्तान्तरण गरेको हो । ठकुरीको उपचारका लागि केही भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले उनको घरमा पुगेर ५६ हजार ५ सय २५ रुपैयाँ हस्तान्तरण गरिएको क्लबका वर्ष २०२१/२२ का अध्यक्ष गोविन्द प्रसाद गिरीले बताए । मृगौलाले काम गर्न छाडेपछि उनले आफूसंग भएको सबै जायजेथा र रकम खर्चेर उपचार गराउदा समेत अहिलेसम्म निको हुन सकेको छैन । ठकुरीलाई…

कोभिड अस्पताल संचालन तथा व्यवस्थापन समितिको संयोजक डा खनाल नियुक्त

स्वास्थ्यसमाचार /लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्र खनाल कोभिड अस्पताल संचालन तथा व्यवस्थापन समितिको संयोजक बनाईएको वनाईएको छ । लुम्बिनी प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को बैठकले लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्टबाट डा. राजेन्द्र खनाललाई हटाई कोभिड अस्पताल संचालन तथा व्यवस्थापन समितिको संयोजक वनाईएको सरकारका प्रवक्ता कृष्णध्वज खड्काले बताए । डा खनालको ठाउमा अस्पतालका अर्काे डाक्टर ईन्द्र ढकाललाई नियुक्त गरिएको छ । यस्तै बैठकले लुम्बिनी प्रदेशमा कोभिड १९ महामारीको चुस्त दुरुस्त व्यवस्थापन गर्नका लागि कोभिड विशेष अस्पताल सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०७८ स्वीकृत गर्ने निर्णय गरेको छ ।

लुम्बिनी प्रादेशिक अस्पतालको निमित्त मेसुमा डा ईन्द्र ढकाल नियुक्त

स्वास्थ्यसमाचार /लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा मेडिकल सुपरिटेन्डेन्ट परिर्वतन भएका छन। बिहीबार बसेको लुम्बिनी प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को बैठकले लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्टबाट डा. राजेन्द्र खनाललाई हटाएर डा. इन्द्र ढकाललाई नियुक्त गरेको सरकारका प्रवक्ता कृष्णध्वज खड्काले बताए । डा. ढकाललाई अर्को व्यवस्था नभएसम्मका लागि निमित्त भै कामकाज गर्न अनुमति दिईएको छ । डा. खनाललाई भने कोभिड अस्पताल संचालन तथा व्यवस्थापन समितिको संयोजक बनाईएको सरकारका प्रवक्ता कृष्णध्वज खड्काले बताए । यस्तै बैठकले लुम्बिनी प्रदेशमा कोभिड १९ महामारीको चुस्त दुरुस्त व्यवस्थापन गर्नका लागि कोभिड विशेष अस्पताल सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०७८ स्वीकृत…

स्वास्थ्य सम्बन्धि गतिविधिमा उत्कृष्ट बन्यो मायादेवी गाउँपालिका

स्वास्थ्यसमाचार /आर्थिक वर्ष २०७७/०७८ मा रुपन्देहीका पालिका र अन्र्तगतका संस्थाहरुबाट सञ्चालित स्वास्थ्य सम्बन्धि गतिविधिहरु उत्कृष्ट रुपमा सम्पन्न गरे बापत स्वास्थ्य कार्यालय रुपन्देहीले जिल्लाका उत्कृष्ट पालिकालाई सम्मान गरेको छ । सबै गतिविधिमा उत्कृष्ट नतिजा ल्याउने मायादेवी गाउँपालिका प्रथम घोषित भएको छ ।बुधबार भैरहवामा स्वास्थ्य कार्यालय भैरहवाद्वारा आयोजित एक कार्यक्रममा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले मायादेवी गाउँपालिकालाई सम्मानित गरेका छन् । ३० वटा सूचकहरु मध्ये मूख्य मूख्य सूचकहरुको आधारमा मूल्याङन गर्दा र प्राप्ताङ्कको आधारमा समेत उत्कृष्ट देखिएको मायादेवी गाउँपालिकाले प्रथम स्थान हासिल गरेको हो ।यस्तै रुपन्देहीको सम्मरीमाई गाउँपालिका दोश्रो र देवदह…

लुम्बिनी प्रादेशिक अस्पतालमा ६ सयले लिए सुरक्षित गर्भपतन सेवा

स्वास्थ्यसमाचार /लुम्बिनी प्रादेशिक अस्पतालमा १ बर्षमा ६सयले सुरक्षित गर्भपतन सेवा लिएका छन । सातौ सुरक्षित गर्भपतन दिवसको अबसरमा आयोजित कार्यक्रममा “सुरक्षित गर्भपतन अधिकारःमौलिक हक सुनिश्चितताको आधार“ भन्ने मुल नाराका अन्तकृर्या कार्यक्रम गरिएको छ । अन्तकृर्या कार्यक्रममा बोल्दै लुम्बिनी प्रादेशिक अस्पतालका स्त्रीरोग बिभाग प्रमुख श्रीधर आर्चायले अहिले अस्पताललमा ६सय बढीलाई सुरक्षित गर्भपतन सेवा दिएको र अझै बढी सेवा आबश्यक भएपनि दिन तयार रहेको बताए । अस्पतालका अर्काे स्त्री रोग विशेषज्ञ डा भक्त वत्सल राउतले अस्पताल भित्र आउनेलाई कानुनी आधारमा सेवा दिन कुनै समस्या नभएको बताए । अस्पतालका मेसु डा राजेन्द्र खनालले…

बालबालिकाका लागि दशैंअघि नै कोरोना बिरुद्धको खोप ल्याउँछौं :राज्यमन्त्री श्रेष्ठ

स्वास्थ्यसमाचार/ स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारले बालबालिकाका लागि आवश्यक पर्ने कोभिड–१९ विरुद्धको खोप ल्याउने तयारी भइरहेको बताए। शुक्रबार सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले दशैंअघि एक लाख डोज खोप ल्याइने बताए। बालबालिकाका लागि आवश्यक पर्ने ‘मोडोनारा’ र ‘फाइजर खोप’ ल्याउने तयारी मन्त्रालयले गरिरहेको जनाइएको छ। ‘बालबालिकाका लागि आवश्यक खोपको सुनिश्चितता भइसकेको छ‚’ राज्यमन्त्री श्रेष्ठले भने‚ ‘फाइजर खोप ल्याउने प्रक्रिया अन्तिम चरणमा पुगेको छ। यो खोप अत्यधिक चिसोमा राख्नुपर्ने भएकाले कसरी भण्डारण गर्ने भन्ने विषयमा छलफल हुँदैछ।’ आगामी चैत महिनाभित्र कोरोनाविरुद्धको पूर्ण खोप लगाइसक्ने गरी ल्याइने तयारी गरिएको मन्त्री श्रेष्ठले जानकारी…

गुल्मीमा एम्बुलेन्स चालक कुटिए : पाण्डेयको अवस्था गम्भिर

स्वास्थ्यसमाचार/ गुल्मीको दोहली स्वास्थ्यचौकीका एम्बुलेन्स चालक माथि स्थानीय युवाले कुटपीट गरेका छन् । इस्मा गाउँपालिका ४ दोहलीका ३८ बर्षीय दान बहादुर पाण्डेयलाई स्थानीय लिल बहादुर अछामीले गम्भिर घाइते हुने गरेर कुटपीट गरेका हुन् । पाण्डेयको कुटपीटबाट आँखामा निल डाम छ । भने आँखा माथिको हड्डी फुटेको छ । दाँत झरेको, खुट्टा र शरिर सुन्निएको पीडितले बताए ।राति नाक र मुखबाट रगत बगेको अवस्था फेला पाारेपछि तत्काल गुल्मी अस्ताल रेफर गरिएको इस्मा कोभिड १९ अस्पतालका प्रमुख डाक्टर निश्चल शर्माले बताए । बिरामी घरमा लैजान स्वास्थ्यचौकी आउँदा बाटोमै कार्यालय नजिकै आफुलाई कुटपीट…