नेपाललाई कोरोना मुक्त बनाउन ध्यान केन्द्रित गर्छु : स्वास्थ्यमन्त्री खतिवडा

स्वास्थ्यसमाचार/नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले केही महिनाभित्रै नेपाललाई कोरोनामुक्त गर्ने अभियानमा आफूले सबैभन्दा बढी ध्यान केन्द्रित गर्ने बताए। नवनियुक्त मन्त्री खतिवडाले अनियमितता, भ्रष्टाचारलगायतका कुराहरूलाई अन्त्य गर्न कामै गरेर देखाउने प्रतिबद्धतासमेत व्यक्त गरे। शुक्रबार साँझ सिंहदरबारमा पदभार ग्रहण गरेपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले आफ्नो मन्त्रालयसँग सम्बन्धित बजेटले देखाएका कामहरूलाई समयमै सम्पन्न गर्ने काममा पनि आफ्नो ध्यान केन्द्रित हुने बताए। ‘नेपाललाई कोरोनामुक्त बनाउने अभियानमा हामी सबभन्दा बढी ध्यान केन्द्रित गर्छौँ। र, यस मन्त्रालयसँग गाँसिएका सबै काम बजेटले देखाएका र गर्नुपर्ने कामहरूलाई समयमै सम्पन्न गर्ने र बाहिर चर्चामा आउने गरेका अनियमितता,…

स्वास्थ्यमन्त्री विरोध खतिवडा,राज्यमन्त्रीमा भवानी प्रसाद खापुङ

स्वास्थ्यसमाचार/ बिरोध खतिवडा स्वास्थ्य मन्त्री नियुक्त भएका छन । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार खतिवडालाई स्वास्थ्य मन्त्रीमा नियुक्त गरेकि हुन । भने स्वास्थ्यराज्यमन्त्रीमा भवानीप्रसाद खापुङ नियुक्त भएका छन । दुबैनेकपा(एकीकृत समाजवादी) पार्टीकै नेता हुन । स्वास्थ्यमा समाजवादीका मन्त्री र राज्यमन्त्री नियुक्त भएसँगै स्वास्थ्य राज्यमन्त्री रहेका उमेश श्रेष्ठलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा तानिएको छ। बिहीबार राति नेता रामकुमारी झाँक्रीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी दिने निर्णय भएको थियो। तर, राज्यमन्त्रीका रुपमा सरकारमा सहभागी हुने खापुङले स्वास्थ्य मन्त्रालयमा नै जान नचाहेको हेरफेर गरिएको नेकपा एकीकृत समाजवादीका एक नेताले जानकारी…

कपिलवस्तुमा झाडापखालाका बिरामी ४सय ६१ पुगे , नियन्त्रण गर्न स्वास्थ्य मन्त्रालयको टोली पखालाग्रस्त क्षेत्रमा

विपना पौडेल कपिलबस्तु / असोज १८ गतेदेखी कपिलवस्तुको कृष्णनगर नगरपालिकामा फैलीएको झाडापखालाका बिरामी ४ सय ६१ पुगेका छन । कृष्णनगर नगरपालिका वडा नं ७, ८, ९ मा १८ गते रातिदेखि बान्तासँगै झाडापखाला लाग्ने बिरामीको ह्वातै बढेको छ । चेतनाको अभावका कारण सरसफाईमा ध्यान नदिँदा तथा दूषित पानीका कारण झाडापखालाको प्रकोप बढेको कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताव शाहाले वताए । साथै प्रकोप फैलियको ठाउँमा चेतना कार्यक्रम सुरु गरेको बताउदै के कारणले झाडापखाला फैलियो भन्ने रिर्पाट शुक्रबार शाझ सम्म आउने मेयर शाहले बताए । शिवराज अस्पतालका निमित्त प्रमुख डाक्टर मुकेश चौधरीले…

रुपन्देहीमा १८ वर्षमाथिका सबैलाई कोरोनाबिरुद्धको खोप लगाउने

स्वास्थ्यसमाचार/रुपन्देहीमा दशै अघिनै १८ वर्षमाथिका सबै नागरिकले कोरोना बिरुद्धको खोप लगाउने भएका छन । जिल्ला स्वास्थ्य स्वास्थ्य कार्यालय रूपन्देहीका प्रमुख डा राजेन्द्र गिरीले रुपन्देहीमा १८ बर्षमाथिका सबैलाई कोरोना बिरुद्धको भेरोसिल खोप लगाउन थालिएको बताए । डा गिरीले भने जिल्लाका १६बटै पालिकामा असोज २२ र २३ १८ बर्षमाथि उमेर समूहका सबै व्यक्तिलाई खोप लगाउन निर्देशन दिइसकेको छ ।जिल्लामा कुल जनसंख्या १ लाख ८१ हजार मध्ये वालवालिका हरु १लाख २५ हजार र वाकी २ लाखले दुईमात्रा लगाई सकेका र २लाख ५० हजारले पहिलो डोज खोप लगाएको र वाकी ४ लाखलाई दशै अघि…

कपिलवस्तुमा झाडापखालाका बिरामीको संख्या तीन सय नाघ्यो

स्वास्थ्यसमाचार/कपिलवस्तुको कृष्णनगर नगरपालिकामा झाडापखालाको महामारी बढ्दो छ । आइतबारदेखि फैलिएको महामारीबाट दुर्इ जनाको मृत्यु भएको छ भने तीन सय बढी बिरामी छन् । झाडापखालाको महामारीका कारण कृष्णनगर नगरपालिकाको वडा नम्बर– ९ बहादुरगञ्जका ५ वर्षीय राज कश्यप र वडा नम्बर ८का ४० वर्षीय रामप्रसाद केवटको मृत्यु भएको बताइएको छ । कश्यपको निजी क्लिनिकमा उपचारको क्रममा तथा केवटको उपचार अभावमा घरमै मृत्युभएको मृतक परिवारका सदस्यले बताएका छन् । अस्पताल श्रोतका अनुसार ३५ जना बिरामीलाई अन्य अस्पतालहरूमा रेफर गरिएको छ भने एक सयजना सञ्चो भइ घर फर्केको अवस्था छ । शिवराज अस्पतालका निमित्त…

टिकट काट्न २० रुपैया भएन, घर मै राख्दा झाडा पखालाले मृत्यु

स्वास्थ्यसमाचार/कृष्णनगर नगरपालिका ८ बहादुरगन्जका वर्ष ४८ का राम प्रसाद केवट दिउसो ४ बजे शौचालय गएका थिए । घरमा शौचालय नभएको कारण उनी गाउँ नजिकैको खेतमा शौच गरे । उनलाई ४ पटक सम्म पातलो दिशा गएको थियो । दैनिक ज्यादा मजदुरी गर्दै केवट त्यो दिन काम पाएका थिएनन् । काम नभए पछि उनी घर मै थिए । राती ९ बजे पछि उनको स्वास्थ्यमा थप समस्या आउन सुरु गरेको थियो । पातलो दिसा सँगै बान्ता समेत सुरु भयो । त्यही झाडा बान्ताका कारण केवटले उपचार नपाई ज्यान गुमाए । केवटको घर देखी…

लुम्बिनी प्रदेश सरकारको नयाँ बजेट : स्वास्थ्य क्षेत्रलाई प्राथमिकता

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेश सरकारले ४० अर्व ९५ करोड ९७ लाख रुपैयाँको नयाँ बजेट प्रस्तुत गरेको छ। सरकारका आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले प्रतिस्थापन विधेयक मार्फत नयाँ बजेट घोषणा गरेका छन । कूल बजेटमध्ये चालुखर्च तर्फ १३ अर्ब ६४ करोड ५७ लाख १० हजार रुपैयाँ र पूजीगत खर्चतर्फ २२ अर्ब ४७ करोड १५ लाख रुपैयाँ रहेको छ। प्रतिशतका आधारमा कुल बजेटको ३३.३१ प्रतिशत चालु खर्चतर्फ र ५४.८७ प्रतिशत पूजीगत खर्चतर्फ हुन आउँछ। त्यसबाहेक ११.८२ प्रतिशत अर्थात् ४ अर्ब ८४ करोड २३ लाख रुपैयाँ स्थानीय तहमा वित्तीय हस्तान्तरणका लागि विनियोजन…

अस्पतालको माया र कोरोनाको कहालीलाग्दो अवस्था सम्झेर भाव बिभोर हुँदै बिदा भए :डा खनाल

स्वास्थ्यसमाचार /लुम्बिनी प्रादेशिक अस्पतालका निवर्तमान प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा राजेन्द्र खनालले २१ महिना सम्म अस्पतालमा रहदा आफुले गरेका काम र अब गर्नुपर्ने कामको बारेमा जानकारी गराएका छन । अस्पतालमा आज संञ्चारकर्मि चिकित्सक नर्स तथा अस्पतालका कर्मचारी सहभागी कार्यक्रममा वोल्दै डा खनालले २१ महिना सम्म अस्पतालका सबैबाट आफुलाई सहयोग रहेको बताए । खनालले आफु मेडिकल सुपरिटेण्डेन्ट वाट बिदा भएपनि अस्पताल प्रति आफनो सहयोग निरन्तरता रहने बताए । लुम्बिनि प्रादेशिक अस्पताल बुटवलको प्रमुख मेडिकल सुपरिटेण्डेन्ट पदको जिम्मेवारी बहन गर्दाको कार्य सम्पादन प्रदेश सरकारको प्रदेश नं. ५ को तत्कालिन मन्त्रि परिषद् मिति २०७६…

कपिलबस्तुको कृष्णनगरमा झाडापखला २ सय बिरामी २ को मृत्यु

स्वास्थ्यसमाचार /कपिलवस्तुको कृष्णनगरमा गए राति देखि झाडापखलाको संक्रमण फैलिएर २ सय भन्दा बढि बिरामी परेका छन । जिल्ला स्वास्थ्य, कार्यालय कपिलवस्तुका अनुसार कृष्णनगर नगरपालिका वडा नम्बर ७, ८ र ९ मा सोमबार रातिदेखि झाडापखला र वान्ता गर्ने बिरामीहरु बढेको छन । कृष्णनगर भारतसँग नजिककै पर्छ जहाँ २ सय भन्दा बढी बिरामी परेका छन् । भने, दुई जनाको मृत्यु भइसकेको छ । उनीहरुको कपिलवस्तुका विभिन्न अस्पताल र मेडिकलहरुमा उपचार भइरहेको बताइएको छ । स्वास्थ्य कार्यालय, कपिलवस्तुका प्रमुख हेमराज पाण्डेले विभिन्न अस्पतालमा गरी २ सय जना विरामी परेको बताए । उनले भने,…

एच आइ भी संक्रमितद्धारा खोपलगाउन माग गर्दे मन्त्रालयमा बुझाए ज्ञापनपत्र

स्वास्थ्यसमाचार /रुपन्देही एच आइ भी एड्स संक्रमितलाई कोरोना बिरुद्धको खोपलगाउन माग गर्दे लुम्बिनी प्रदेश स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालय जिल्ला स्वास्थ्य कार्यलय रुपन्देही र जिल्ला प्रशासन कार्यलय रुपन्देहीमा ज्ञापन पत्र बुझाएका छन । जिल्ला १५ सय संक्रमित रहेकोमा ५ सय जनाले खोप लगाई सकेको र वाकीलाई खोप लगाउन माग गर्दे ज्ञापनपत्र बुझाएका हुन ।ज्ञापन पत्र बुझदै लुम्बिनी प्रदेश स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालय सचिब डा बिकास देवकोटाले उनीहरुलाई तत्काल खोप लगाउने ब्यबस्था मिलाउने बताए ।सचिब डा देबकोटाले जिल्लामा रहेका संक्रमितलाई पाएक पर्ने ठाउमा गएर खोप लगाउने ब्यबस्था मिलाउन…