दोहोरी साँझका श्रमिक महिलाहरुलाई सेनेटरी प्याड वितरण

स्वास्थ्यसमाचार /महिलाका लागि महिला मञ्च नेपालले बुटवलमा रात्रीकालिन व्यवसायमा काम गर्ने महिला श्रमिकका लागि सेनिटरी प्याड लगायत प्राथमिक उपचारको सामग्री वितरण गरेको छ । महिला हिंसा विरुद्धको १६ दिने अभियान अन्र्तगत बुटवलमा संचालित दोहारी साँझमा काम गर्ने महिलाहरुलाई महिनावारी हुँदा सहज रुपमा सेनेटरी प्याडको व्यवस्था तथा अन्य प्राथमिक उपचारको व्यवस्था सहज रुपमा होस भन्ने उदेश्यले दोहोरी साँझका संचालक तथा प्रतिनिधिमार्फत सेनिटरी प्याड लगायत प्राथमिक उपचारको सामग्री प्रदान गरिएको हो । कार्यक्रममा हिमचुली दोहोरीका संचालक रेशम थापा, खस्योली रोधी क्लवका खिम सापकोटा, गोधुली रोधी घरकी प्रतिनिधि संगिता चितौरे र देउराली दोहोरी…

तिलोत्तमाका ५ हजार ज्येष्ठ नागरिकको घरमैं स्वास्थ्य परीक्षण

स्वास्थ्यसमाचार/  तिलोत्तमा नगरपालिकामा ज्येष्ठ नागरिकहरुको लागि ‘ज्येष्ठ नागरिक घरदैलो स्वास्थ्य परीक्षण’ कार्यक्रम सञ्चालन गरिएको छ । ज्येष्ठ नागरिकलाई आधारभूत स्तरको स्वास्थ्य सेवा सहज रुपमा पुर्याउने नीतिअनुसार नगरपालिकाले यो कार्यक्रम सञ्चालन गरेको हो । कार्यक्रमअनुसार हरेक वडामा ७० वर्ष उमेर माथिका ज्येष्ठ नागरिकहरुको घर–घरमैं पुगेर स्वास्थ्यकर्मीहरुले स्वास्थ्य परीक्षण गर्नुको साथैं निःशुल्क औषधि समेत प्रदान गरेका छन् ।१७ वडामैं सरकारी स्वास्थ्य संस्था पुर्याएको तिलोत्तमा नगरपालिकाले ज्येष्ठ नागरिकको स्वास्थ्यलाई केन्द्रमा राखेर यो कार्यक्रम सञ्चालन गरेको नगर प्रमुख बासुदेव घिमिरेले वताए । कार्यक्रमअनुसार हरेक वडामा दुई–दुई स्वास्थ्यकर्मीहरु नागरिकको घरदैलोमैं पुगेर ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण,…

कपिलबस्तुको बुद्धभूमिमा हैजावाट एकको मृत्यु तीन पालिका थप प्रभावित

स्वास्थ्यसमाचार /कपिलवस्तुमा नियन्त्रणउन्मुख रहेको हैजा तीन पालिकामा पुनः देखिएको छ । १८ असोजमा कृष्णनगर नगरपालिकामा देखिएको हैजा जिल्लाको पाँच पालिकामा फैलिएको थियो । मंसिरयता कपिलवस्तु नगरपालिका, बुद्धमूमि नगरपालिका, मायादेवी गाउँपालिकामा हैजाका बिरामी फेला परेका छन् । हैजा प्रभावित शिवराज नगरपालिका, कृष्णनगर नगरपालिका, महाराजगन्ज नगरपालिका, यशोधरा गाउँपालिका, विजयनगर गाउँपालिकामा भ्याक्सिन खुवाउने कार्यक्रम सञ्चालन हुँदै गर्दा तीन पालिकामा हैजाको जीवाणु पुनः सक्रिय भएका छन् । बुद्धभूमि नगरपालिकामा हैजाको कारण थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुद्धमूमि नगरपालिका(६ महुवाका १३ वर्षीय बालिका सिर्जना यादव (खुस्वु) रहेकी छिन् । एन्टिजिन परीक्षणमा…

नयाँ स्वरुपमा देखा परेको कोरोना संक्रमण झनै घातक :डब्ल्यूएचओ

स्वास्थ्यसमाचार/विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० ले कोरोना भाइरसको नयाँ संक्रमण नयाँ स्वरुपमा फैलन थालेको भन्दै चिन्ता व्यक्त गरेको छ । डब्लुएचओले दक्षिण अफ्रिकामा देखिएको नयाँ स्वरुपको कोरोना भाइरस विश्वमा फेरि पनि फैलन सक्ने भन्दै चिन्ता व्यक्त गरेको छ । सो भाइरस विश्वभर फैलन नदिन यात्रामा प्रतिबन्ध लगाउन पनि डब्लुएचओले आग्रह गरेको छ । नयाँ स्वरुपमा देखा परेको भाइरसलाई ओमिकर्न नामाकरण गरेको डब्लुएचओले बेलैमा सचेत नभए यसअघिको भन्दा बढी क्षति व्यहोर्नुपर्ने चेतावनीसमेत दिएको छ । यो भाइरस पहिलो पटक दक्षिण अफ्रिकामा देखा परेकाले अन्यत्र फैलन नदिन सावधानी अपनाउन पनि डब्लुएचओले आग्रह गरेको…

लुम्बिनी वौद्ध विश्वबिद्यालयमा मंसिर १४ गते मुटृुरोग शिबिर हुने

स्वास्थ्यसमाचार /लुम्बिनी बौद्ध विश्वविद्यालयले १७ औं विश्वविद्यालय दिवसको अवसरमा मंसिर १३ गते बुटवलको नयाँगाउँस्थित सिटी कलेजमा रक्तदान र मंसिर १४ लुम्बिनीमा मुटृुरोग स्वास्थ्य शिबिर आयोजना गरेको छ । गंगालाल हृदयरोग केन्द्र र हर्ट टु हर्ट नेपालको सहकार्यमा हुने स्वास्थ्य शिबिरमा मुटुरोगसहित पेट, छात्ति तथा हार्डजोर्नीका १५ जना चिकित्सकहरु सहभागि शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गर्दै विश्वविद्यालयका रजिष्ट्रार डा. तिलकराम आचार्यले वताए। शिबिरमा औषधी देखी सबै निशुल्क हुने बताए । ०६१ सालमा स्थापना भएको विश्वविद्यालयले मंसिर १३ गतेदेखि १७ औं विश्वविद्यालय दिवस मनाउदैछ । दिवसको मुख्य कार्यक्रममा प्रमुख अथितिका रुपमा राष्ट्रपति विद्यादेवी…

विश्व प्रतिजैविक सप्ताह२०७८सरोकारवाल संग अन्तरक्रिया गरि सम्पन्न

स्वास्थ्यमाचार /विश्व प्रतिजैविक सप्ताह २०७८ बुटबलमा सरोकारवाल संगअन्तरक्रिया गरि सम्पन्न भएको छ । समापन कार्यक्रममा बोल्दै सरोकारहरुवाले यसलाई रोक्न सबैको सामुहिक पहल आबश्यक हुने बताएका छन । लुम्बिनी प्रदेश स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालयको आयोजनामा भएको  कार्यक्रममा वोल्ने बक्ताहरुले एन्टिबायोटिक जथाभावी प्रयोग गर्ननहुने बताएका हुन ।कार्यक्रममा वोल्दै लुम्बिनी प्रदेश स्वास्थ्यजनसंख्या तथा परिवार कल्याण मन्त्री ईन्द्रजित चौधरीले विश्व स्वास्थ्य संगठनको भुमिकाम महत्वपुर्ण हुने छ एन्टिबायोटिक जथाभावी प्रयोग गर्नुहुन्न भनेर रोकथामको लागी लाग्नुपर्ने बताए । बिचौलीया हाबी भएको ठाउमा सरकारलेमात्र एक्लै केहि गर्नसक्दैन सबैको सामुहिक पहिल आबश्यक हुन्छ ।मन्त्री चौधरीले एन्टिबायोटिक…

अस्पताल विकास समितिका अध्यक्ष परिवर्तन गर्दे लुम्बिनी प्रदेश सरकार

स्वास्थ्यसमाचार /लुम्बिनी प्रदेशका अस्पताल बिकास समितिका पदाधिकारीहरु परिर्वतन हुने भएका छन ।तत्कालिन मुख्यमन्त्री पोखरेल नेतृत्वको सरकारले नियुक्ती गरेका अध्यक्षहरु केसी सरकारले परिवर्तन गरि नयाँ ल्याउने भएको छ । लुम्बिनी प्रदेश स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्री ईन्द्रजित थारुले भने तत्कालिन मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारले नियुक्ती गरेका पदाधिकारी हटाई केहि दिनमा नयाँ नियुक्ती गर्ने तयारी गरेको बताए।मन्त्री चौधरीले भने बिकास समिति गठन आदेश परिवर्तन गर्न लागेको र केहि दिनमा बस्ने मन्त्रीपरिषदले त्यो अनुमोदन गर्ने र नयाँ बिकास समिती नियुक्ती गर्ने बताए । नेकपाको सरकारले २०७६ सालमा लुम्बिनी प्रदेशका १२ बटा…

अबदेखि विद्यार्थीलाई विद्यालयबाट कोरोना बिरुद्धको खोप लगाइने

स्वास्थ्यसमाचार/ शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले ३१ बुँदे कार्ययोजना सार्वजनिक गरेका छन्। मन्त्री पौडेलेले मंगलबार पत्रकार सम्मेलन गर्दै ३१ बुँदे कार्ययोजना सार्वजनिक गरेका हुन्।उनले सार्वजनिक गरेको कार्ययोजनाको पहिलो प्राथमिकतामा सबै विद्यार्थीलाई कोभिड १९ विरुद्धको खोप व्यवस्था गर्ने उल्लेख गरेका छन्। विद्यार्थीहरुले खोप केन्द्रमा लाइनमा बसेर खोप लगाउनुपर्ने बाध्यता हटाउन देशैभर एकैपटक एकसाताको अभियान नै सञ्चालन गरी विद्यालयमै खोप लगाउने व्यवस्था मिलाउन स्वास्थ्य मन्त्रालयलाई आग्रह गरिएको पनि मन्त्री पौडेलले जानकारी दिए। चीनमा पढेर इन्टर्नसीप गर्न नपाएका विद्यार्थीको जिम्मा सरकारले लिने मन्त्री पौडेलले बताए ।‘चाइना पढेर इन्टर्नसीप गर्न नपाएका विद्यार्थीको जिम्मा…

कपिलवस्तुमा ‘महामारी र भ्याक्सिन’ कार्यशाला सम्पन्न

स्वास्थ्यसमाचार/ कपिलवस्तुमा ’महामारी र भ्याक्सिन’ कार्यशाला सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा प्रहरी  प्रमुख प्रहरी उपरीक्षक दान बहादुर कार्की, विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का नेपाल प्रमुख राजेश सम्भाजि रवि पाण्डव, विश्व स्वास्थ्य संगठन नेपालस्थित सूचना तथा समन्वय शाखा प्रमुख सुदन ज्ञवाली, विश्व स्वास्थ्य संगठनका प्रतिनिधिहरु, जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख हेमराज पाण्डे लगायतको उपस्थितिमा कपिलवस्तुमा ’महामारी र भ्याक्सिन’ कार्यशाला सम्पन्न भएको हो । उक्त बैठकमा उपस्थित प्रतिनिधिहरुले कोरोनासँगै कपिलवस्तु जिल्लामा हैजाको प्रकोप कायमै रहेको र त्यसको नियन्त्रण तथा रोकथामका लागि डब्लुएचओले विकास गरेको खान मिल्ने हैजाविरुद्धको भ्याक्सिन कपिलवस्तुका जनतालाई आवश्यक…

स्वास्थ्य जनशक्ती राष्ट्रिय रणनिति समन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

स्वास्थ्यसमाचार /स्वास्थ्य तथा जनसंख्या मन्त्रालय समन्य महाशाखाको आयोजनामा बुटबलमा एकदिने स्वास्थ्य जनशक्ती सम्वन्धी राष्ट्रिय रणनिति समन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । जनशक्ती सम्वन्धी राष्ट्रिय रणनिति समन्धी अभिमुखीकरण कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक भिम प्रसाद सापकोटाले संघिय स्वास्थ्य मन्त्रालयले वनाएको जनशक्ती सम्वन्धी राष्ट्रिय रणनिति २०२१को बारेमा जानकारी गराएका थिए । उनले संघिय सरकारले बनाएको यो राष्ट्रिय रणनिति सबै प्रदेशमा सरोकारवालाहरु लाई जानकारी गराएको वताए । उनले लुम्बिनी प्रदेशले पनि प्रदेश जनशक्ती सम्वन्धी रणनिति वनाउदा यसैलाई आधारमानेर बनाउन सकिने बताए ।उनले पहिलेको अहिले २०२१को र २०३० सम्मको…