स्वाथ्य र शिक्षा प्रदेश सरकारको पहिलो प्राथमिकता :मुख्यमन्त्री केसी

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशवासीलाइ समृद्ध बनाउनको जनताको स्वाथ्य र शिक्षालाई प्रदेश सरकारले पहिलो प्राथमिकता दिएको बताएका छन् । यूके डेलिगेट्सका इन्डो पेसिविक डाइरेक्टर बेन मिलरको टोलीसँग सिष्टाचार भेटघाटको क्रममा बोल्दै मुख्यमन्त्री केसीले दातृ निकायबाट पनि प्रदेश सरकारले प्रदेशवासीको स्वास्थ्य र शिक्षामा सहयोगको अपेक्षा गरेको बताए । मुख्यमन्त्री केसीले लुम्बिनी प्रदेशका धेरै नागरिकले युकेमा रोजगार एवं बसोबास गरिरहको उल्लेख गर्दै ती नागरिकको लागि सकरात्मक कार्य गरी दिन डाइरेक्टर बेनलाई आग्रह गरे । उनले प्रदेश सरकार सधै यूकेका नागरिक र सरकारसँग सकरात्मक समन्धको अपेक्षा गरेको समेत बताए । उनले…

नयाँ भेरियन्ट ‘ओमिक्रोन’लाई अहिले प्रयोगमा अ‍ाएकै खोपले काम गर्छ :डब्लूएचओ

स्वास्थ्यसमाचार/ कोभिड–१९ भाइरसको नयाँ भेरियन्ट ओमीक्रोन अहिले विश्वका ४० भन्दा धेरै देशमा फैलिइसकेको छ । यो भेरियन्ट यसअघिका बिटा र डेल्टा भन्दा खतरनाक हुने अनुमान विज्ञहरुले गरिरहेका छन् । अहिले लगाइएका कोभिड–१९ विरुद्धको खोपले ओमीक्रोन भेरियन्टलाई रोक्न नसक्ने होकि भन्ने आशंका भइरहेको छ । नयाँ भेरियन्टबारे खास अनुसन्धान भइसकेको छैन । तर विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले ओमीक्रोन भेरियन्टबाट बचाउन अहिलेनै खोपले काम गर्ने बताएको छ । ओमिक्रोन भेरियन्टबाट संक्रमित भए पनि खोप लगाइसकेका व्यक्तिगम्भीर बिरामी नपर्न डब्लुएचओका अधिकारीको दावी छ ।दक्षिण अफ्रिकामा फाइजर खोपको ओमिक्रोनमा रहेको प्रभावकारितालाई लिएर गरिएको…

रुपन्देहीमा कोरोनाका को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ भित्रिन नदिन उच्च सर्तकता

स्वास्थ्यसमाचार/ रुपन्देहीको सीमा क्षेत्रमा कोभिड– १९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को सङ्क्रमण भित्रिन नदिन उच्च सर्तकता अपनाइएको छ । प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अध्यक्षतामा बसेको जिल्ला कोभिड– १९ सङ्कट व्यवस्थापन समिति ९डिसिसिएमसी०को बैठकले सो निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज मरासिनीले जानकारी दिए । उनले बढी आवतजावत हुने जिल्लाको बेलहिया नाकालगायतका अन्य विभिन्न नाकामा पनि उच्च सर्तकता अपनाउन सम्बन्धित पालिकालाई पत्राचार गरिएको समेत जानकारी दिए । “विदेशी नागरिकको निगरानी गर्नुका साथै, जाँचलाई कडाइ गर्न र सचतेना फैलाउने काम गर्ने विषयलाई ध्यान दिइएको छ” उनले भने। बेलहिया नाकाबाट भारतलगायत,…

बुटबलमा एकद्वार संकट व्यवस्थापन सम्वन्धि दुईदिने तालिम समापन

स्वास्थ्यसमाचार /लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको समन्वय सिद्धार्थ सामाजिक विकास केन्द्र कपिलबस्तुको आयोजना र यूनिसेफको सहयोगमा एकद्धार संकट ब्यवस्थापन केन्द्र तथा सरोकारवालाको क्षमता अभिबृद्धि सम्बन्धी २ दिने तालिम बुटवलमा सम्पन भयो । तालिममा एकद्धार संकट ब्यवस्थापन केन्द्रलाई कसरी हिंसा प्रभावित व्यक्तिहरु सम्म सहज तरिकाले पुर्याउन र लैङ्गिक हिंसा रोक्न कसरी काम गर्न सकिन्छ भन्ने सन्दर्भमा छलफल गरिएको थियो । तालिममा यूनिसेफका प्रकास कनैले बालबालिका बढि हिंसामा पर्ने र आफ्ना कुरा राख्न नसक्ने भएकाले पनि सरोकारवाला व्यक्ति संबेदशील भएर काम गर्नुपर्ने बताए । त्यस्तै जेबिभी प्रशिक्षक सूर्य प्रसाद पौडेलले ओसिएम्सी सेवा प्रभाबकारी…

सरकार जनतालाई स्वास्थ्य सेवा उपलब्ध गराउन प्रयत्नशिल : मन्त्री थारु

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्री ईन्द्रजित थारुले मृगौला रोगी लगाएत बिभिन्न दिर्घरोगीहरुको उपचारमा सरकारले सघाउ पुराउने वताएका छन । मृगौला पीडित सरोकार समाज नेपालले मृगौला बचाऔं, आफु पनि बचौं र अरुलाई पनि बचाऔं भन्ने मुल नाराका साथ बुटवलमा आयोजना गरेको सम्मान तथा जनचेतना मुलक कार्यक्रममा बोल्दै मन्त्री थारुले मृगौला रोगीहरुका लागि सरकारले करिब ५ करोड बजेट बिनियोजन गरेको वताए । मन्त्री थारुले मृगौला फेर्ने बिरामीलाई २ लाखका दरले रकम उपलब्ध गराउने, प्रदेशभर रक्तसंचार केन्द्रबाट निःशुल्क रगत सेवा उपलब्ध गराउने, महंगो ईन्जेक्सनमा ५० प्रतिशत अनुदान दिने, निःशुल्क…

पुर्व मुख्य सचिव पौडेलअक्सिजन कन्सन्टेटर बोकेर गुल्मीका गाउँ गाउँमा

स्वास्थ्यसमाचार/पुर्व मुख्यसचिव तथा नेपालका लागि चिनियाँ राजदुत लीलामणि पौडेल चिनियाँ सहयोग बोकेर पटक–पटक जिल्ला आउने गरेका छन् । पौडेलले कोभिड–१९ को दोस्रो लहरमा गुल्मीलाई पुग्ने माक्ससहितका स्वास्थ्य सामग्री वितरण गरेका थिए । अहिले पनि जिल्लाका विभिन्न स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री वितरण गरिरहेका छन् । उनले गुल्मी अस्पतालसहित चार प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्यचौकीहरुलाई अक्सिजन कन्सन्टेटर वितरण गर्दै छन्् । गुल्मी अस्पताललाई ८ थान, रुरु, श्रृङा, जुहाङ र धुर्कोट प्राथमिक स्वास्थ्य केन्द्रलाई दुई/दुई थान कन्सन्टेटर प्रदान गरिने छ । त्यो बाहे चन्द्रकोट, मुसिकोट लगायतका स्वास्थ्यचौकीहरुमा पनि एक÷एक थान कन्सन्टेटर प्रदान गरिने…

ओमिक्रोनबाट आतंकित हुनु पर्दैन, पहिलेजस्तै सावधानी अपनाए पुग्छ:भाइरोलोजिस्ट लुना भट्ट

स्वास्थ्यसमाचार/सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा दुई जना व्यक्तिमा कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनका संक्रमित फेला परेको पुष्टि गरेको थियो। मंसिर ३ गते नेपाल आएका दुई जना विदेशी नागरिकमा ओमिक्रोन भेटिएको मन्त्रालयले विज्ञप्तिमार्फत् जानकारी गराएको हो। संक्रमण पुष्टि भएका दुबै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरूको सम्पर्कमा आएकाहरूमा संक्रमण नेगेटिभ देखिएको विज्ञप्तिमा उल्लेख छ। ३५ भन्दा बढी देशहरूमा भेरियन्टका संक्रमित फेला परिसकेकाले पनि पछिल्लो समय यसलाई लिएर विश्व नै तरंगित छ। नेपालमा पनि ओमिक्रोन भेरियन्ट फेला परेसँगै यसलाई लिएर धेरै जनालाई यसबारे चासो छ। भाइरोलोजिस्ट डाक्टर लुना भट्ट ओमिक्रोन भेरियन्टलाई…

लुम्बिनी प्रादेशिक अस्पताललाई आइस लाइन रेफ्रिजरेटर हस्तान्तरण

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पताल बुटबललाई भ्याक्सिन भण्डारणमा सहजहोस भन्ने उदेश्यका साथ लुम्बिनी प्रदेश आपुर्ति केन्द्रले आइस लाइन रेफ्रिजरेटर हस्तान्तरण गरिएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ड डा ईन्द्र ढकाललाई प्रदेश आपुर्ति केन्द्रका हरि आचार्यले रेफ्रिजरेटर हस्तान्तरण गरे । रेफ्रिजरेटर हस्तान्तरण कार्यक्रममा अस्पतालका शाखा अधिकृत सुरेन्द्र भन्डारी,नर्सिड प्रमुख ज्योति पौडेल, एमसिएच ईन्चार्ज मन्जु घर्ति ,स्टोर प्रमुख रुपलाल पन्थी लगायतका सहभागी रहेका थिए ।

बुटवल उद्योग वाणिज्य संघद्धारा तीनजना चिकित्सकलाई सम्मान

स्वास्थ्यसमाचार/ बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले तीनजना चिकित्सकलाई सम्मान गरेको छ । कोभिड महामारीको समयमा संघले सञ्चालन गरेको कोभिड हेल्पडेस्कमा बसेर स्वास्थ्य परामर्श गरेका डाक्टरहरु द्वारिका प्रधान, सुशील श्रेष्ठ र सुशान्त श्रेष्ठलाई सम्मान गरिएको हो । संघको ६८ औं साधारण सभामा आयोजित कार्यक्रममा उहाँहरुलाई नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल र संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले कदरपत्र प्रदान गरे । कारोना महामारीको समयमा सर्वसाधारणलाई स्वास्थ्य परामर्शको लागि निःशुल्क मोवाईल हेल्पडेस्क सञ्चालन गरेको थियो । उक्त हेल्पडेस्कमा बसेर तीनजना डाक्टरहरुले स्वास्थ्य परामर्श प्रदान गरेका थिए । त्यस्तै संघका गतिविधि र…

बुटबलमा एकद्वार संकट व्यवस्थापन सम्वन्धि दुईदिने तालिम सुरु

स्वास्थ्यसमाचार /लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको समन्वय सिद्धार्थ सामाजिक विकास केन्द्रको आयोजना र युनिसेफको सहयोगमा बुटवलमा एकद्वार संकट व्यवस्थापन केन्द्र तथा सरोकारवालाहरुको क्षमता अभिबृद्धि गर्ने उदेश्यका साथ २ दिने तालिममा सुरु भएको छ । लैंगिक हिंसा पीडित वा प्रभावितहरुलाई एकिकृत रुपमा स्वाथ्य सेवा, मनोसामाजिक विमर्श, चिकित्साजन्य प्रमाण संकलन र संरक्षण, अल्पकालिन आश्रय, कानूनी उपचार आवश्यकता अनुसार सुरक्षा ब्यवस्था र परिवार तथा जिविकोपार्जनमा सहयोग गर्ने सम्वन्धि जानकारी दिने उद्देस्यले क्षमता अभिबृद्धि तालिम सुरु गरिएको हो । तालिममा वोल्ने अधिकासं सरोकारवालाहरुले स्थानिय सरकार सबैभन्दा नजिकको सरकार भएकोले निति नियम बनाउने र कडाईका साथ लागु…